Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

फिल्ममा काम लगाई दिने भन्दै जर्बजस्ती शारिरिक शोषण

मधुर भण्डारकर र प्रिती जैन

नायिका प्रिती जैनले निकै चर्चित फिल्मनिर्माता मधुर भण्डारकरमाथि आफूले फिल्ममा काम दिने लोभ देखाई जर्बजस्ती शारिरिक सम्बन्ध बनाएको आरोप लगाएकी छिन् । प्रितीका अनुसार सन् १९९९ देखि २००४ को बिचमा उनीमाथि पटक–पटक शारिरिक शोषण भएको थियो । सन् २००४ पछि प्रितीले मधुरका बिरुद्ध कास्टिङ काउचको केस दर्ता गरेकी छिन् । सन् २००६ मा यो मुद्दा खारेज गरिएको थियो । उक्त मुद्दालाई सन् २००९ मा पुनः खोलियो र यसमा मधुर आरोपबाट मुक्त भए ।

शक्ति कपुर स्टिंग अपरेसन

सन् २००५ मा एक न्यूज च्यानलले शक्ति कपुरको स्टिंग अपरेसन गरेर शक्ति कपुरको कास्टिङ काउचको खुलासा गरेको थियो । स्टिङ अपरेसनमा शक्ति कपुर एक महिला टिभि रिपोर्टरलाई बलिउडमा फिल्म खेल्न इच्छुक भएमा कास्टिङ काउचको लागि तयार हुनुपर्ने बताउँदै थिए । यति मात्र होइन स्टिंग अपरेसनमा शक्ति कपुरले महिलामाथि शारिरिक सम्बन्ध बनाउनका लागि पनि दबाब दिइरहेको देखाइएको थियो । जब स्टिंग अपरेसनको टेप सार्वजनिक भयो तब बलिउडमा निकै तहल्का मच्चिएको थियो । यद्यपी शक्ति कपुरले आफू बिरुद्ध षड्यन्त्र रचेको भन्दै उक्त भिडियोलाई नक्कली भएको बताए ।

अमन वर्मा स्टिंग अपरेसन

शक्ति कपूरका साथसाथै अमन वर्मामाथि पनि कास्टिङ काउचको आरोप लागेको थियो र यसको खुलासा स्टिंग अपरेसनमार्फत भएको थियो । सन् २००५ मा एक न्यूज च्यानले एउटा टेप जारी गरेको थियो जसमा अमन वर्मा एक महिलालाई गलत उद्देश्यले जिस्काइरहेका थिए । यद्यपी अमन वर्माले आफूविरुद्धको उक्त आरोपलाई खण्डन गरेका थिए । मुद्दाको विषयमा सलमानसहित थुप्रै बलिउड स्टारहरुले अमनको बचाउमा उत्रेका थिए ।

दिवाकर बेनर्जी र पायल रोहतगी

सन् २०११ मा पायल रोहतगीले निर्देशक दिवाकर बेनर्जीमाथि शारिरिक शोषणको आरोप लगाएकी थिइन् । पायलका अनुसार जब बेनर्जीले उनलाई फिल्ममा रोल दिनका लागि तयार भएका थिए त्यतिबेला उनले उनीमाथि आफूलाई गलत उद्देश्यले जिस्काएका थिए । पछि निर्देशकले एउटा साथीको सहारामा पायललाई मानसिक रुपमा अस्थिर भएको आरोप लगाएका थिए ।

सुभाष घई र रीना गोलन

इजरायली मोडल रीना गोलनले आफूले नायिका बन्ने सपना बुन्दै भारत आएको समयमा सुभाष घईले उनलाई कास्टिङ काउचको लागि प्रस्ताव गरेको बताइन् । रीनाले आफ्नो अत्मकथामा सो कुराको खुलासा गरेकी हुन् । उनले सुभाष घईलगायत अन्य थुप्रै हस्तीहरुले कास्टिङ काउचका लागि आफूलाई प्रस्ताव गरेको आरोप लगाएकी छिन् ।

राजकुमार सन्तोषी र ममता कुलकर्णी

निकै चर्चित निदेशक राजकुमार सन्तोषीमाथि पनि कास्टिङ काउचको आरोप लागेको थियो । ममता कुलकर्णीले उनीमाथि यस्तो आरोप लगाउँदै फिल्म ‘चाइना गेट’ को सुटिङको दौरान आफूलाई राजकुमारले प्रस्ताव गरेको बताइन् । उनका अनुसार जब ममताले उनको अफरलाई अस्विकार गरिन् तब फिल्ममा उनको रोललाई कम गरिएको थियो । त्यतिबेला ममता अरु कुनै विषयमा पनि चर्चामा थिइन् ।

सुभाष कपूर र गितिका त्यागी

नायिका गितिका त्यागीले सुभाषमाथि शारिरिक शोषण गरेको आरोप लगाएकी थिइन् । यति मात्र होइन् उनले आफ्नो भनाई पुष्टि गर्ने भिडियो पनि सोसल नेटवर्किङ साइटमा अपलोड गरेकी थिइन् । उक्त भिडियोमा कपूरले उनीमाथि दुव्र्यवहारको बारेमा कुराकानी गरेको देखिएको छ । यसका साथसाथै गितिकाले कपूरलाई थप्पडसमेत हानेकी थिइन् । यद्यपी भिडियोमा कति सत्यता थियो त्यो एउटा रहस्यको रुपमा नै रहेको थियो ।

इरफान खान र ममता पटेल

‘पान सिंह तमोर’ मा इरफानका नायिका ममल पटेलले खानमाथि कास्टिङ काउचको आरोप लगाएकी छिन् । ममताका अनुसार फिल्मको सुटिङका क्रममा इरफानले उनको शारिरिक शोषण गरेका थिए । ममताका भनाई अनुसार इरफानले फिल्ममा काम दिलाउने लोभ देखाएर उनीमाथि शारिरिक शोषण गरेका थिए ।

शाइनी अहुजा

अभिनेता शाइनी अहुजामाथि सन् २००९ मा आफ्नी घरेलु कामदारमाथि करणी गरेको आरोप लागेको थियो । उक्त घटना अदालतसम्म पु्ग्यो र शाइनीलाई ७ वर्षको जेल सजायँ भएको थियो । त्यसपछि शाइनीको बलिउडको करियरमाथि ग्रहण लागेको थियो ।

सुचित्रा कृष्णामूर्ति

सन् २००९ मा नायिका सुचित्रा कृष्णामूर्तिले आफ्नो ब्लगमा सबैलाई अचम्मित पार्ने खुलासा गरेकी थिइन् । उक्त ब्लगमा उनले आफू निर्माताको शारिरिक शोषणबाट बचेको आरोप बताएकी थिइन् । प्रस्ताव राख्ने फिल्म निर्माताको फिल्मबाट बाहिरिएसँगै आफू यस्तो शिकारबाट बचेको उनले बताएकी थिइन् । यद्यपी, नायिकाले निर्माताको नामभने खु्लासा गरेकी थिइनन् । एजेन्सी

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies