Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

पूर्वजनमुक्ति सेनालाई सैन्य अदालतले गरेको कारबाहीप्रति नेकपा नेता देव गुरुङ्गको आपत्ति

काठमाडौं । पूर्वजनमुक्ति सेनालाई नेपाली सेनाको सैन्य अदालतले गरेको कैद सजाएँ प्रति नेकपा नेता देव गुरुङ्गले आपत्ति जनाएका छन् । आईतबार संसदको विशेष समयमा बोल्दै नेता गुरुङ्गले संविधान विरोधी ढंगबाट सैन्य अदालतले गरेको फैसला गलत रहेको भन्दै आपत्ति जनाए ।

उनले संविधान विरोधी सैन्य ऐनका आधारमा पूर्व जनमुक्ति सेनालाई सजाएँ फैसला गरिएको भन्दै खारेजीको माग गरे । ‘नेपाली सेना परित्याग गरि जनमुक्ति सेनामा प्रवेश गरेको भनेर गोरखाको शक्ति गुरुङ्गलाई गिरफ्तार गरि सैन्य अदालतले १० वर्षको कैद सजायँ गरेर राखेको छ । आठ महिना अगाडि पूर्वमा भगतलाल भन्ने एकजना पूर्वजनमुक्ति सेनालाई पनि कैद गरेर राखेको छ ।’ नेता गुरुङ्गले भने, ‘सैन्य अदालतको यो कदम नेपालको संविधान विपरित हुन्छ । १२ बुँदे सम्झौता, अन्तरिम संविधान र ०७२ सालमा जुन संविधान जारी भयो यो त्यसको खिलाफ छ ।’

उनले १२ बुँदे सम्झौता नेपालको संविधानकै अंग बनिसकेको भन्दै त्यहि संविधानसँग बाझिने सैन्य ऐनको फैसला सदर हुन नसक्ने बताए । उनले संविधानसँग बाझिएका कुनैपनि कानूनहरु कार्यान्वयन हुन नसक्ने भन्दै खारेज या संशोधनको विकल्प नरहेको प्रष्ट पारे ।

‘०७२ को संविधानको धारा ३०४ ले प्रष्टसँग व्याख्या गरेको छ । संविधानसँग बाझिएको हदसम्मका कानूनहरु खारेज हुनेछन् भनेको छ । संविधानसँग बाझिएको अवस्थामा भएका कानूनहरु एक वर्षसम्म संशोधन भएको अवस्थामा सोही अनुसार हुने र संशोधन नभएको अवस्थामा बाझिएको हदसम्मका कानूनहरु स्वतः निलम्बन हुने, निस्क्रिय हुने व्यवस्था गरेको छ ।’ गुरुङ्गले भने ।

उनले सैन्य अदालतसँग सम्बन्धित सैन्य ऐन २०६३ को दफा ३८ देखि दफा ६५ सम्मका कानूनी व्यवस्थाहरु नयाँ संविधानको धारा ३०४ को उपदफा २ सँग बाझिएको हुनाले त्यो कानून खारेज वा संशोधनको विकल्प नरहेको प्रष्ट पारे । उनले संविधानसँग नै बाझिने त्यस्तो ऐनबाट कसैलाई कारबाही गर्न नमिल्ने भन्दै सरकार र संसदको ध्यानाकर्षण गरेका छन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies