Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

सर्प जोगाउन सक्रिय सापकोटाको परिवार

रत्ननगर । सर्प झट्ट सम्झँदा जो कोहीलाई डर लाग्छ । अधिकांश सर्प विषालु हुन्छन् । देख्नेबित्तिकै मानिसहरु मार्न अग्रसर भई हाल्छन् तर चितवन भरतपुरका एक परिवार सर्पसँग रमाउँछन्, खेल्छन्, उद्वार गर्छन् । उनीहरु सर्प संरक्षणमा क्रियाशील छन् ।

भरतपुर महानगरपालिका–१५ जयनगरका अनिरुद्र सापकोटाको परिवार सर्प देख्दा निकै खुशी बन्छन् । सर्पलाई समातेर जङ्गलमा लगेर छाडिदिन्छन् । सापकोटा परिवार सर्पलाई सन्तानसरह माया दिन्छन् ।

गाउँघरमा सर्प देखिँदा उनीहरुलाई बोलाइन्छ । उनीहरु तुरुन्तै पुगेर उद्धारमा जुट्छन् । स्थानीयका घरभित्र, आँगन वरपर देखिएका सर्प समात्न जाने गर्छन् । “घरमा सर्प पस्यो भन्दै फोन आउँछ”, उनले भने, “सर्पलाई समाउने औजार र बोरा लिएर जान्छु, करीब १० मिनेटमा उद्वारको काम सकिन्छ ।”

एक महीनामै आठ सर्पको उद्वार भएको छ । उनी सर्पलाई बचाउनुपर्ने तर्क राख्छन् । “सर्पलाई उद्वार गर्र्दा सन्तुष्टि मिलेको छ”, सापकोटाले भने, “सर्प जोगाउन सकिएन भने मानव अस्तित्व पनि समाप्त हुन्छ ।” सर्प लोप भएमा भावी सन्ततिले कथाका रुपमा कल्पना गर्नुपर्ने दिन आउने बताउछन् । सर्प उद्वार गरेवापत कुनै रकम लिदैनन् ।

चितवनमा मात्रै होइन, उनले छिमेकी जिल्ला नवलपुरसम्म पनि पुगेर उद्धार गरेका छन् । बाउन्न वर्षीय अनिरुद्र नेपाली सेनाबाट २०६३ सालमा अवकाश पाएका थिए। नेपाली सेनामा हुँदा उनले सर्पको कहिल्यै उद्धार नगरेको भएपनि सर्प संरक्षणमा जुटेका छोरा सुनिल सापकोटाबाट प्रभावित भएर उनी पनि सर्प संरक्षणमा लागे ।

“छोराले सर्प बचाउनुपर्छ भन्यो, “जियोग्राफी, एनिमल प्लानेट जस्त विदेशी टेलिभिजन च्यानलहरु हेर्दा विदेशीले संरक्षण गरेको देखेँ”, उनले विगत सम्झदै भने, “विदेशीले सर्पलाई चिडियाखानामा पालेको देखेँ । वातावरणलाई यथावत राख्न सर्प बचाउनैपर्ने रहेछ भन्ने थाहा भएपछि यसतर्फ लागेको हुँ ।”

उनी सर्प मार्न नहुनेमा अडिग छन्। “मार्दा एकछिन सुरक्षित भएको अनुभव होला तर यसले वातावरणलार्ई धेरै घाटा हुन्छ र मानव अस्तित्वलाई नै सङ्कट पुर्याउँछ”, उनले भने, “सर्पको विष औषधिका रुपमा समेत प्रयोग हुन्छ, ‘एन्टी स्नेक भेनम’ बन्छ, अन्य रोगविरुद्धको औषधि पनि बन्दो रहेछ ।”

उनी सर्पलाई सम्पत्तिका रुपमा चित्रण गर्छन् । उनले पछिल्लो समय घरभित्र प्रवेश गरेका करेत, अजिङ्गर, धामिनको उद्धार गरेर ल्याएको जानकारी दिए । अहिलेसम्म ४०० भन्दा बढी सर्पलाई उद्वार गरी जङ्गलमा छाडेको उनको भनाइ छ ।

अहिले उनले सर्प राख्नकै लागि काठको कोठा भएको दराज बनाएका छन् । कम विषालु सर्पलाई दराजमा राखे पनि विषालु सर्पलाई प्लाष्टिकको भाँडामा जम्मा गर्दै आएका छन् । उद्वार गरेर जम्मा भएका सर्पलाई नजिकैको देवनगरको जङ्गलमा लगेर छाड्ने गर्छन् । “जङ्गलमा राम्रो वातावरण मिल्छ, हुर्किन पाउँछन्, स्वतन्त्र भएर डुल्न पाउँछन्”, उनले भने, “बस्तीमा आउँदै सबैले खेद्छन्, जोगाउन जङ्गल नै उपयुक्त छ ।”

उनी सर्पको महत्व बुझाउने अभियान पनि चलाउने गर्छन् । उनी भन्छन्, “घातक रोगहरुको औषधि बन्छ । करेतमा धेरै विष हुन्छ, जसलाई प्रशोधन गरेर धेरै मात्रामा औषधि बनाउन सकिन्छ, धामिनले धानका मुसा खान्छ, फाइदा किसानलाई नै पुग्छ ।”

खानाको खोजीमा सर्प घर पस्ने गरेको उनी बताउछन् । घरमा पस्यो भन्दैमा मारिहाल्न नहुने उनको तर्क छ । सापकोटाले अहिलेसम्म सर्प उद्वारसम्बन्धी कुनै औपचारिक तालीम भने लिएको छैन । उनी भन्छन्, “टिभीबाटै सिकेको हुँ, हेरेर सिकेको ज्ञानका आधारमा सर्पलाई समात्ने गरेको छु ।”

पछिल्लो समय उनलाई केही मानिसले सर्प संरक्षण गरेका कारण यसको सङ्ख्यामा वृद्धि भएको आरोप लगाउने गरेका छन् । सापकोटाले उद्वार गरेका सर्पबारे तथ्याङ्क राख्न थालेका छन् । उनी भन्छन्, “विषालु मानिएको राज गोभन (किङ कोब्रा) र करेत समातेपछि मलाई थप हौसला बढ्यो ।” तीन वर्षअगाडि गैँडाकोटको प्रहरी चौकीको भ्यानको इञ्जिनबाट नौ फिट छ इन्चको राज गोभन (किङ कोब्रा) उद्वार गरेको स्मरण गरे ।

सर्पसँग जति नजिक भइन्छ, डर भाग्दै जाने उनको भनाइ छ । “सर्पलाई जिस्क्याएमा मात्रै प्रतिकारमा उत्रन्छ”, उनले भने । सापकोटाले सर्प संरक्षणका लागि सरकारले छुट्टै बजेट छुट्याउन माग गरे । अनिरुद्र आजभोलि गोही संरक्षणमा पनि जुट्न थालेका छन् ।

उनी मात्र होइन, घरका सबै सदस्य अहिले सर्पको संरक्षणमा लागेका छन् । घरपरिवार सबै सर्प संरक्षणमा सकारात्मक देखिएपछि उनलाई यो काम गर्न निकै सजिलो भएको छ । उनकी श्रीमती जानकी भन्छिन्, “कम विषालु सर्प मैले पनि उद्वार गर्छु ।”

सर्पले वातावरणमा रहेका हानिकारक विषादी खाने भएकाले यसको संरक्षण नगरे मानवजातिलाई नै प्रत्यक्ष असर पुग्ने उनको बुझाइ छ । सुत्ने पलङभित्र परेका कयौँ सर्पलाई उद्वार गरेको उनको स्मरण छ ।

उनीहरुका छोरा सुनिल अहिले सर्पको विषबारेको अध्ययन अनुसन्धान गर्न भूटानमै छन्। सुनिलले भूटानमा अध्ययनसँगै त्यहाँका सर्पको प्रकार र सङ्ख्या गणना गर्ने काम गरिरहको आमा जानकी बताउछिन् ।

अहिले सापकोटा परिवारले सर्पबारे जनचेतना फैलाउन श्रव्यदृश्य (भिडियो) निर्माण गरी सामाजिक सञ्जालमा समेत हालेर सर्पको बहुउपयोग गुणबारे सबैलाई बुझाउने प्रयासमा छन्। सर्पबारे भिडियो निर्माण गर्न उनका तीन वर्षका नातिदेखि छोरी, बुहारी र श्रीमतीले सहयोग गर्दै आइरहेका छन् । नेपालमा २०० भन्दा बढी प्रजातिका सर्पहरु पाइन्छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies