Khabar Dabali Logo
  September 21, Sat

त्रिवि उपकुलपति छान्न सकस

काठमाडौं । विश्वविद्यालयमा उपकुलपति छनोट कार्य निकै सकसपूर्ण बनेको छ । उपकुलपति छनोट गर्न साउन १८ गते गठन भएको ‘सर्च कमिटी’ले पहिलोपटक पाएको एक साताको समयावधि गुज्रिएपछि पुनः दोस्रोपटक एकहप्ते समयावधि पाएको छ ।

सर्च कमिटीले शुक्रबार पुनः एक हप्ता म्याद थपिएको पत्र पाएको हो । त्रिविको उपकुलपति छनोटमा देखिएको सकसबाट अन्य विश्वविद्यालयको पदाधिकारी छनोटमा पनि उस्तै अवस्था आउनसक्ने देखिएको छ । शक्तिकेन्द्रमा धाउनेहरूको चर्को दबाब र आकाङ्क्षीहरूको सङ्ख्या बढ्दै गएकाले सर्च कमिटीले तोकिएको समयमा आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको चर्चा शैक्षिक वृत्तमा निकै छ ।

सर्च कमिटीका संयोजकसमेत रहेका त्रिविका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सर्च कमिटीको दुईवटा बैठक बसेको जानकारी दिँदै भने, “पहिले दिइएको समय अपुग भएपछि पुनः समय थपिएको पत्र पाएका छौँ । हामीहरू परामर्शमा व्यस्त छौँ । जस्तोसुकै व्यक्तिलाई सिफारिस नगरौँ भन्ने चाहना सर्च कमिटीको छ । हालका उपकुलपतिको समय नसकिँदै त्रिविलाई नयाँ उपकुलपति दिन पाए हुन्थ्यो भन्ने चाहनाअनुरूप काम गरिरहेका छौँ । ” यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकृति अधिकारीले लेखेका छन् ।

भदौ १ गते, २०७६ - १०:०४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वाग्मती सफाइ महाअभियानमा विदेशी नागरिक

काठमाडौं । छ वर्षअघिदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानमा विदेशी नागरिक पनि सहभागी भएका छन् । वाग्मती...   

साताको शेयर बजार, एक अर्ब ८९ कराडको कारोबार

काठमाडौं । धितोपत्र बजारमा यस साता कारोवार उतार चढावपूर्ण अवस्थामा रह्यो । साताको शुरुका दुई दिन र...   
नेकपा सचिवालयको बैठक सुरु, यस्ता छन् एजेन्डा

नेकपा सचिवालयको बैठक सुरु, यस्ता छन् एजेन्डा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा शुरु भएको छ। प्रधानमन्त्री...   

कपडा पेल्ने मेसिन पड्किँदा भारतीय नागरिकको घटनास्थलमै मृत्यु

ताप्लेजुङ । कपडा पेल्ने मेसिन पड्किँदा ताप्लेजुङमा एक भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ। सिरक...   

कानून पालना गराउन सरकार कठोर हुन्छ – मन्त्री ढकाल

काठमाडौं । कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले संसद्ले बनाएका कानून पालना गर्न र...   

शिक्षा प्रणालीमा सुधारको खाँचो – उपराष्ट्रपति पुन

काठमाडौं। उपराष्ट्रपति नन्दबहादुर पुनले शिक्षा प्रणालीमा सुधारको खाँचो रहेको बताएको छ। नेपाल शिक्षक...   

फेसबुकद्वारा दशौँ हजार एप्स निलम्बन

अमेरिका । सामाजिक सञ्जाल फेसबुकले दशौँ हजार एप्सलाई निलम्बन गरिदिएको छ । सन् २०१८ मार्चको केम्ब्रिजको...   

चितवन मेडिकल कलेजलाई बढी शुल्क फिर्ता गर्न त्रिविको अनुरोध

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले एमविविएसको अध्ययनका लागि चितवन मेडिकल कलेज एण्ड साइन्सेज,...   

काङ्ग्रेस सभापति देउवाद्वारा प्रदर्शनी अवलोकन

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भृकुटीमण्डपमा जारी...   

संविधान जलाउन खोज्ने थारू कल्याणकारी सभाका अध्यक्षसहित तीन पक्राउ

बाँके । संविधान जलाएको आरोपमा थारू कल्याणकारी सभा बाँकेका अध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top