Khabar Dabali Logo
  August 14, Fri

एकाएक नेकपामा कसरी शक्तिशाली बने वामदेव ?

काठमाडौं । नेकपाभित्र वामदेव गौतम फेरि शक्तिशाली भएका छन्। गत प्रतिनिधिसभा चुनावमा पराजित भएयता नेकपाभित्रै गौतमको राजनीतिक भविष्यमा प्रश्न उठिरहेका बेला एकाएक उनी फेरि पार्टीमा शक्तिशाली बनेर उदाएका हुन्।

आजको अन्नपुर्णपोष्ट दैनिकमा खबर छ– उनले संगठन विभागको नेतृत्व मात्र पाएनन्, उनकै लागि विधान संशोधन गरेरै उपाध्यक्ष बनाउने प्रस्तावमा समेत सचिवालय बैठकमा छलफल भएको छ। अब नेकपाको सचिवालयले उनलाई उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी समितिमा लगेर निर्णय लिनेछ। यो निर्णयसँगै नेताहरूको मर्यादाक्रममा पाँचौं नम्बरमै रहे पनि गौतम पार्टी्भित्र बलिया बन्नेछन्।

दुई कम्युनिस्ट पार्टी एकतामा समेत निर्णायक भूमिका खेले पनि उपयुक्त जिम्मेवारी नदिएको, निर्वाचनमा ओली पक्षका नेताहरूकै कारण पराजित हुन परेको र उपचुनावमार्फत फेरि संसद् छिर्न आफूले गरेको तयारीमा समेत ओली नै ‘अवरोधक’ बन्न पुगेको ठानेपछि गौतम ओलीसँग टाढिन पुगेका थिए।

गत स्थायी समिति बैठक (मंसिर २९ देखि पुस १३) मा दुई अध्यक्षको लिखित प्रस्तावमाथि गौतमले फरक मत राखेका थिए। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीको खरो आलोचकका रूपमा देखिएका गौतमले त्यसबेला ‘एक व्यक्ति एक कार्यकारी पद’ को बहस ल्याएर एउटा अध्यक्षलाई प्रधानमन्त्री र अर्का अध्यक्षलाई पार्टी सञ्चालनको प्रस्ताव गरेका थिए। त्यसपछि भने नेकपाभित्रै धेरै नेतालाई लागेको थियो, गौतमको ओलीसँग सम्वन्धविच्छेद हुने भयो। तर ८ महिनामै नेकपाभित्रको समीकरण यसरी बदलियो कि फेरि वामदेव ओलीका लागि सबैभन्दा भरपर्दा व्यक्ति बनेर निस्किए।

भदौ १ गते, २०७६ - ०७:४८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देउवालाई झड्का ! जब निधिले आफ्नो निर्णय सुनाए !

देउवालाई झड्का ! जब निधिले आफ्नो निर्णय सुनाए !

काठमाडौं । विहिबार विहान कांग्रेस सभापति शेर बहादुर देउवाको निवास बुढानिलकण्ठ पुगेका उपसभापति विमलेन्द्र...   
आज बार्सा र वार्यन भिड्दै : स्पेनी क्लब बाहिरहँदा बार्सिलोना के होला ?

आज बार्सा र वार्यन भिड्दै : स्पेनी क्लब बाहिरहँदा बार्सिलोना के होला ?

काठमाडौं । च्यम्पियन्स लिगमा आज राति १२ ः ४५ बजे स्पेनी महारथी बार्सिलोना र बार्यन म्युनिख भिड्न लागिरहेका...   

आज शुक्रबार ५९४ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टा अर्थात शुक्रबार नेपालमा देशभर गरी ५९४ जना नयाँ कोरोना संक्रमित थपिएका...   

पहिरोमा परी मृत्यु भएकाप्रति प्रचण्डद्वारा श्रद्धाञ्जलि, कार्यकर्तालाई उद्धार र राहतमा जुट्न निर्देशन

काठमाडौं । आज बिहान सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२, लिदीमा १३ घर पुरिँदा ठूलो मानवीय र धनमालको...   
सिन्धुपाल्चोक पहिरो अपडेट : ३६ वेपत्ता, ५ गम्भिर घाइतेलाई सदरमुकाम ल्याइयो

सिन्धुपाल्चोक पहिरो अपडेट : ३६ वेपत्ता, ५ गम्भिर घाइतेलाई सदरमुकाम ल्याइयो

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदिमा गएराति गएको पहिरोमा परी हालसम्म ३६ जना वेपत्ता...   
कालिकोटमा पहिरोमा पुरिएर एकै परिवारका ६ जनाको मृत्यु

कालिकोटमा पहिरोमा पुरिएर एकै परिवारका ६ जनाको मृत्यु

काठमाडौं । कालिकोटमा पहिरोमा पुरिएर एकै परिवारका ६ जनाको मृत्यु भएको छ । महाबै गाँउपालिका–३ नकु गाँउमा...   
सिन्धुपाल्चोकमा पहिरोले १३ घर पुरियाे : ५ घरका सदस्य बेपत्ता

सिन्धुपाल्चोकमा पहिरोले १३ घर पुरियाे : ५ घरका सदस्य बेपत्ता

सिन्धुपाल्चोक । जुगल गाउँपालिका–२ लिदिको लामा टोलमा पहिरोले १३ घर पुरिँदा पाँच घर परिवारका सदस्यहरू...   
एक विरामिसहित १० जनामा संक्रमण देखिएपछि धुलिखेल अस्पताल क्षेत्र सिल

एक विरामिसहित १० जनामा संक्रमण देखिएपछि धुलिखेल अस्पताल क्षेत्र सिल

काभ्रेपलान्चोक । सङ्क्रमणदर दिनानुदिन बढेसँगै काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताल क्षेत्र सिल गर्ने...   

कोरोनाबाट नेपालका थप चारको मृत्यु , मृतककाे संख्या ९५ पुग्याे

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा नेपालमा थप चार...   

ओलीसँगको छलफलपछि प्रचण्ड-नेपालबीच छलफल

काठमाडौं । बालुवाटारमा प्रधानमन्त्री ओलीसँग ४ घण्टा कुराकानी भएलगत्तै नेकपा कार्यकारी अध्यक्ष प्रचण्डसहितका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top