Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

शान्ति वार्ताबारे ट्रम्प र अफगानी उच्च सल्लाहकारबीचको छलफल ‘निकै सकारात्मक’

वासिङटन । अफगानी तालिबान समूहसँग शान्ति सम्झौताको तयारीबारेमा राष्ट्रपति डोनाल्ड ट्रम्प र उच्च अमेरिकी सल्लाहकारबीच कुराकानी भएको र छलफल ‘निकै राम्रो’ भएको ह्वाइट हाउस स्रोतले बताएको छ ।

राष्ट्रपति ट्रम्पलाई न्यू जर्सीस्थित आफ्नै गृहनगर बेडमिनिस्टरमा अमेरिकी सुरक्षा सल्लाहकारहरूसहित रक्षा मन्त्री मार्क एस्पर, विदेशमन्त्री माइक पोम्पेओ तथा सैनिक प्रमुख जनरल जोसेफ डनफोर्डबीच अफगानी शान्ति प्रक्रियाका बिषयमा भएको प्रगतिबारे जानकारी गराइएको थियो ।

उक्त अवसरमा राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टन र तालिवानी समूहसँग वार्ता गर्न जिम्मेवारी पाएका जाल्मे खालिलजादको पनि उपस्थिति थियो ।

डेपुटी प्रेस सेक्रेटरी होगान गिड्लीद्वारा ह्वाइट हाउसमा जारी विज्ञप्तिमा भनिएको छ, “अफगानी सरकार, तालिवान समूहसँग शान्ति तथा मेलमिलापका लागि भइरहेको हाम्रो वार्ताबारे केन्द्रित रहेको थियो भने कुराकानी सार्थक बनेको छ ।”

छलफलबारे राष्ट्रपति ट्रम्पले पनि शनिबार ट्वीटरमा लेख्नुभएको छ, “अफगानिस्तानका बिषयमा भएको वार्ता भर्खरै सकिएको छ । १९ बर्ष लामो अफगानी युद्धमा अमेरिकी सहयोगमा बनेको अफगानी सरकारका विरोधमा रहेका धेरैजसो व्यक्ति तथा समूहहरू सम्भवभएसम्म सम्झौता गर्ने पक्षमा देखिएका छन् ।”

यससँगै अफगानिस्तानको शान्तिका लागि सम्झौता हुने सम्भावना बढेको छ भने अमेरिकाले अफगानिस्तानमा लड्दै आएका आफ्ना १४ हजार सेनालाई फिर्ता गर्ने सम्भावना बढेको छ । वासिङ्टनले अफगानिस्तानबाट आफ्नो सेनालाई सकेसम्म छिटो स्वदेश फिर्ता गर्न चाहिरहेको छ ।

संयुक्त राष्ट्रसंघको तथ्याङ्कअनुसार गत बर्ष अफगानिस्तानमा ९२७ बालबालिकासहित तीनहजार ८०४ सर्वसाधारणको द्वन्द्वसम्बन्धी विभिन्न घटनामा परी निधन भएको थियो ।

यस्तै द्वन्द्वका कारण अफगानिस्तानमा यस बर्षको सात महिनामा दुई लाख १७ हजार नागरिक आन्तरिक तथा बाह्यरूपमा विस्थापित बनेका राष्ट्रसंघ मानवीय सहायता मामिला कार्यक्रमले जनाएको छ । द्वन्द्वका कारण अफगानिस्तानमा ठूलो मात्रामा मानवीय सहयोगको आवश्यकता पर्दै आएको छ । एएफपी

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies