काठमाडौं । नेकपाका अध्यक्ष केपी शर्मा ओलीले वामदेव गौतमलाई तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त कास्की २ को उपनिर्वाचनमा उम्मेदवार बन्न आग्रह गरेका छन्। शुक्रबारको सचिवालय बैठकमा ओलीले सो आग्रह गरेको एक नेताले बताए । ओलीको प्रस्तावमा गौतम भने मौन बसेका थिए ।
आजको नयाँपत्रीकामा खबर छ – निर्वाचनमा अन्तर्घातका कारण चुनाव हारेको निष्कर्षमा पुगेका गौतम पछिल्लोपटक काठमाडौंमा उपनिर्वाचन लडेर संसद्मा आउने चाहनामा थिए । तर, अध्यक्ष ओलीकै कारण पूरा हुन नसकेको निचोडमा पुगेका थिए । संसद्मा आउन नपाए पनि शक्तिशाली विकास प्राधिकरणमा उपप्रधानमन्त्रीसरहको भूमिका पाउने अपेक्षा उनले गरेका थिए । तर, त्यो योजना पूरा नहुने देखिएपछि उनी ओलीसँग टाढिएका थिए ।
उच्च स्रोतका अनुसार कास्कीमा उम्मेदवार बनाएर अध्यक्ष ओलीले गौतम भावी प्रधानमन्त्रीको वैकल्पिक उम्मेदवारसमेत हुन् भन्ने सन्देश दिन खोजेका छन्
गत पुसको दोस्रो साता सम्पन्न स्थायी समिति बैठकमा ‘एक व्यक्ति स् एक जिम्मेवारी’ लागू गर्नुपर्ने भन्दै पूरक राजनीतिक दस्ताबेज प्रस्तुत गरेर ओलीसँग करिब–करिब सम्बन्ध–विच्छेद गर्ने बिन्दुमा पुगेका थिए । तर, एक–डेढ महिनायता भने ओली र गौतम पुनः नजिकिन थालेका थिए ।
अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालसँग प्रगाढ सम्बन्ध बनाउँदै गएका गौतमलाई ओलीले फकाउन थालेका थिए । एक महिनायता बालुवाटारमा गौतमको जन्मदिन मनाउनेदेखि दुई नेताबीच पटक–पटक डिनर र लन्च बैठकसमेत भएको थियो । त्यसैले ३२ मध्ये सबैभन्दा शक्तिशाली संगठन विभाग प्रमुखसँगै उपाध्यक्ष पदमा ओलीले नै गौतमलाई प्रस्ताव गरे । उच्च स्रोतका अनुसार कास्कीमा उम्मेदवार बनाएर अध्यक्ष ओलीले गौतम भावी प्रधानमन्त्रीको वैकल्पिक उम्मेदवारसमेत हुन् भन्ने सन्देश दिन खोजेका छन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: