Khabar Dabali Logo
  September 21, Sat

निर्वाचन बहिष्कार गरेका तिङ्लावासी भन्छन् – कर्मचारीले मात्रै नचल्ने रहेछ, निर्वाचन होस् ?

ओखलढुंगा । सोलुखुम्बुको तिङ्ला गाउँ जनप्रतिनिधिविहीन छ। तर, निर्वाचन आयोगले उपनिर्वाचनमा समेटेको छैन। अन्य ठाउँका रिक्त पदमा भने मंसिर १४ गते उपनिर्वाचन गर्ने तयारी छ।

आजको कान्तिपुर दैनिकमा खबर छ यहाँका बासिन्दाले पहिले निर्वाचन बहिष्कार गरी आफ्ना माग सम्बोधन गराएका थिए। विकासमा पछि पर्दा जनप्रतिनिधिको अभाव महसुस भएको स्थानीय गम्बु शेर्पा बताउँछन्। ‘वडाध्यक्षको मात्रै भए पनि निर्वाचन होस्’, उनी भन्छन्, ‘कर्मचारीले मात्रै नचल्ने रहेछ।’

सोलुदूधकुण्ड नगरपालिकाको सीमामा पथ्र्यो, साबिकको तिङ्ला गाविस। स्थानीय तह पुनःसंरचनाका क्रममा जिल्लाको सिफारिसविपरीत नेचासल्यान गाउँपालिकामा समेटिएको थियो। त्यसको विरोधमा स्थानीयले तीनै तहका निर्वाचन बहिष्कार गरे। स्थानीय तह निर्वाचनमा ‘नो भोट नो क्यान्डिटेट’ अभियान चलाए। गाउँबाट कुनै पदमा उम्मेदवारी परेन। कसैले मतदान गरेनन्। यहाँको मतदाता संख्या २ हजार ४ सय ७६ छ। अपायक क्षेत्रमा समेटिएको भन्दै स्थानीयले स्वायत्त तिङ्ला गाउँपालिका संघर्ष समिति गठन गरेका थिए।

सरकारले फेरि अन्याय गरेको स्थानीय ललितबहादुर कार्की बताउँछन्। ‘हाम्रो माग निर्वाचन बहिष्कार थिएन। गलत निर्णय सच्याउनुपर्छ भन्ने थियो’, उनी भन्छन्, ‘मागको सुनुवाइ नहुँदा आन्दोलनले बहिष्कारको रूप लियो। निर्वाचन नगर्ने सरकारको लाचारी प्रवृत्ति निन्दनीय छ।’

जिल्लाको प्राविधिक सहयोग समितिले तिङ्ला गाविसलाई सोलुदूधकुण्ड नगरपालिकामा राख्न सिफारिस गरेको थियो। सीमांकनका क्रममा यो गाविस नेचासल्यानमा पारियो। स्थानीयको पहिलो माग सदरमुकामको नगरपालिकामा रहनुपर्ने थियो। विकल्पमा केन्द्र तिङ्लामै रहने गरी नेचासल्यानमा समावेश गर्न सकिने वा स्वायत्त तिङ्ला गाउँपालिका बनाउनुपर्ने माग थियो। डेढ वर्षअघि भने दुवै स्थानीय सरकारको सहमतिमा तिङ्लालाई सोलुदूधकुण्ड नगरपालिका–११ मा समेटियो। तर, निर्वाचन हुने छाँट देखिएको छैन।

साउन ३२ गते, २०७६ - ०७:३४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गोरखा केन्द्रबिन्दु भएर चार रेक्टरको भूकम्प

गोरखा । गोरखा केन्द्रबिन्दु भएर आज बिहान चार रेक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका...   

महत्वपूर्ण विधेयक अझै पनि बिचाराधीन नै

काठमाडौं । संघीय संसद्को करिब पाँच महिनाको चौथो अधिवेशन अवधिभर सातवटा विधेयक दुवै सदनबाट पारित भए...   

नेपाल प्रहरीमा ३ हजार ६०० दरबन्दी थप्न गृह मन्त्रालयको सिफारिस

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीमा ३ हजार ६०० दरबन्दी थप्न सिफारिस गरेको छ । तीन प्रहरी वरिष्ठ...   

दिगो विकास लक्ष्यमा बालविवाह बाधक

काठमाडाैँ । दिगो विकास लक्ष्य प्राप्तिमा बालविवाह बाधक हुनसक्ने भन्दैै चिन्ता व्यक्त गरिएको छ । नेपालले...   

यार्सागुम्बा बेचेर मोटरसाइकल

डोल्पा । तिब्बतसँग जोडिएको गाउँ । मुलुकको सडक सञ्जालले छोएको छैन । आउजाउ र सामान ओसारपसारका लागि घोडा...   

पेन्सनधारीलाई पनि तलब

दाङ । दाङ(जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पूर्व शिक्षक हुन् । निमावि द्वितीय श्रेणीमा...   
महत्वपूर्ण दायित्वलाई  चै बेवास्ता गरी झिनामसिनामै अल्झिए मुख्यमन्त्री

महत्वपूर्ण दायित्वलाई चै बेवास्ता गरी झिनामसिनामै अल्झिए मुख्यमन्त्री

काठमाडौं । मुलुक संघीयतामा गइसकेपछि खडा नयाँ संचना प्रदेशको जग बसाउने मुख्य अभिभारा हालका मुख्यमन्त्रीहरुलाई...   

चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउने तय

काठमाडौँ । चीनका राष्ट्रपति सी जिनपिङ असोज अन्तिम साता नेपाल भ्रमणमा आउने तय भएको छ । नेपाल र चीनबीच...   
तीनकुनेमा बिद्युत सर्ट भएर आगलागी, २ जना घाइते

तीनकुनेमा बिद्युत सर्ट भएर आगलागी, २ जना घाइते

काठमाडौं । तीनकुनेमा भएको आगलागीमा २ जना घाइते भएका छन् । बुधबार बिहान करिव सवा सात बजे तीनकुनेस्थित...   

चितवन मेडिकल कलेजमा १७ दिनदेखि पठनपाठन ठप्प

चितवन । सरकारले तोकेभन्दा बढी शुल्क असुलेको भन्दै विद्यार्थी आन्दोलित हुँदा चितवन मेडिकल कलेजमा १७...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top