Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

महाकाली सन्धिका कारण दोधारा चाँदनीले पानी पाएनन्

भीमदत्तनगर । नेपाल र भारतबीच एकीकृत महाकाली सन्धि भएको २४ वर्ष बितिसक्दा पनि सन्धिअनुसार दोधारा चाँदनीलाई सिँचाइका लागि दिनुपर्ने पानी दिन भारतले आनाकानी गर्दै आएको छ ।

सन्धिअनुसार १५ किलोमिटर मूल नहर निर्माण गरी महाकाली नगरपालिका (साविक दोधारा र चादँनी गाविस)लाई तीन हजार ५०० हेक्टर क्षेत्रफलमा सिँचाइका लागि पानी पु-याउनुपर्ने भए पनि भारतीय पक्षको बेवास्ताले सन्धि कार्यान्वयन हुन सकेको छैन ।

महाकाली सिँचाइ आयोजना तेस्रो चरणका निर्देशक लोकबहादुर थापाले महाकाली सन्धिअनुसार दोधारा चादँनीमा बनाउनुपर्ने १५ किलोमिटर मूल नहर निर्माणमा ढिलाइ भइरहेको बताए । उनका अनुसार सन्धिअनुसार बनबासा पुल नजिकको शारदा नहरबाट भारतले ३५३ क्युसेक पानी दोधारा चाँदनीलाई दिनुपर्ने उल्लेख छ ।

उनले भने “महाकाली सिँचाइलाई वैदेशिक सहयोग लगानी गर्ने सरकारको निर्णयबमोजिम भारतबाट नै ऋण लिएर बनाउनुपर्ने हो ।” उनले सम्झौता भएको लामो समय बितिसक्दा पनि भारतीय पक्षबाट पानी र नहर निर्माणका लागि ऋण दिन आनाकानी भइरहेको बताए । नेपाली पक्षले केही वर्षअघि दोधारा चाँदनीमा मूलनहर निर्माणका लागि लागत अनुमानसहित विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार गरेर भारतलाई बुझाएको थापाले जानकारी दिए ।

“भारतीको दिल्लीमा जलस्रोत विज्ञसहित दुवै देशका सचिवस्तरको संयुक्त बैठकले शारदा नहरबाट पानी दिने विषय छ महीनाभित्र सहमतिबाट टुङ्गो लगाउने निर्णय गरेका थिए”, थापाले भने, “तोकिएको समयावधि आगामी भदौ मसान्तमा सकिँदै छ ।” स्थानीय र प्रतिनिधिसभाको निर्वाचनका बेला पनि दोधारा चाँदनीलाई सिँचाइका लागि पानी दिलाउने विषय दलीय एजेण्डा बनेको थियो ।

शारदा नहरदेखि नेपाल–भारत सिमानासम्म करीब एक किलोमिटर नहर भारतले बनाइदिनुपर्ने सन्धिमा रहेको निर्देशक थापाको भनाइ छ । “अहिले आएर भारतीय पक्षबाट पञ्चेश्वर परियोजना बनेपछि मात्रै ३५० क्युसेक पानी दिने भन्ने बखेडा झिकेको सुनिन्छ”, थापाले भने ।

महाकाली नगरपालिकाका प्रमुख वीरबहादुर सुनारले दोधारा चाँदनीले सिँचाइका लागि पानी पाउनुपर्ने विषयमा लामो समयदेखि माग गर्दै आएको भए पनि सुनुवाइ नभएको बताए ।

एक हजार २०० मिटर नहर निर्माण असोजपछि
महाकाली सिँचाइ तेस्रो चरणअन्तर्गत कञ्चनपुरको भीमदत्तनगरपालिका–९ देखि मूल नहर निर्माण एक दशकअघि शुरु भयो । झण्डै १३ किलोमिटर मूल नहर निर्माणपछि सिँचाइले थप १५ किलोमिटर मूल नहर निर्माण गरिरहेको छ । तर, सन्धिअनुसार भारतीय पक्षले मूल नहरको ए हजार २०० मिटर निर्माण गर्न लामो समय आनाकानी ग-यो ।

महाकाली सन्धिको धारा ९२० को उपधारा २ ‘क’मा भारतले टनकपुर बाँधको बायाँतर्फ ‘अण्डरस्लुइस’ नजिकै हेड रेगुलेटर तथा नेपाल–भारत सीमासम्म नहर निर्माण गर्नुपर्ने उल्लेख छ । भारतले टनकपुर ब्यारेजदेखि नेपाल–भारत सीमा भीमदत्त–९ मटेनासम्म एक हजार २०० मिटर नहर निर्माण गर्नुपर्नेछ । रासस

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies