Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

पर्यटकको रोजाइमा खोटाङको भुलभुले दूधकुण्ड

खोटाङ । बाह्रै महीना एकनाशले बगिरहने सङ्लो पानी । पानीमा एकोहोरो कुदिरहन्छ हरियो रङको माछा । मुहानबाट पानी ओरालो बगिरहँदा माछा मुहानतर्फ कुदिरहेको हुन्छ । एकनासले मुहानतर्फ लाइन लागेर कुदिरहने माछाको रङले पानीको रङ पनि हरियो नै देखिन्छ ।

मुहानमा सात वटा सर्पमाथि किराँतेश्वरको सुतिरहेको मूर्ति छ । मूर्ति वरिपरि मान्छेको हातको औँलाभन्दा अलिक ठूलो माछा खेलिरहेको हुन्छ । माछा बस्ने कुर (बस्ने ठाउँ) छैन । बढेर ठूलोसमेत नहुने माछा कहिले उत्पादन भएको हो पत्तो छैन ।

रुखको फेदमा अनौठो किसिमले जमीनमुनिबाट निस्कने शुद्ध पानीको मुहानसँगै सानो प्राकृतिक पोखरी जोडिएको छ । प्राकृतिक पोखरीका बीचमा किराँत समुदायको पहिलो राजा यलम्बरको पूर्णकदको शालिक राखिएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल भुलभुले दूधकुण्डको दृष्य हो यो । यिनै दृष्य हेर्न र दर्शन गर्न अहिले भुलभुले दूधकुण्डमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ ।

विशेषगरी किराँत र हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र रहेको धार्मिक तथा पर्यटकीयस्थल भुलभुले दूधकुण्डमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेपछि पछिल्लो समय स्तरोन्नतिको काम पनि धमाधम भइरहेको छ ।

मध्यपहाडी लोकमार्गमा पर्ने नेर्पामा अवस्थित भुलभुले दूधकुण्डको प्रवद्र्धन गर्न नगरपालिकाको रु ४१ लाख लगानीमा पुरानो संरचनालाई संरक्षण गर्दै स्तरोन्नति गरिएको स्थानीयवासी एवं निर्माण उपभोक्ता समितिका सचिव लोकेन्द्र राईले बताउनुभयो । सचिव राईका अनुसार प्रवेशद्वार, रेलिङसहितको सिंढी, सात धारा, गणेशको मूर्तिसहितको राउण्ड पोखरी, कम्पाउण्ड, छानासहितको बस्ने फलामे बेञ्च, बगैँचा, रातको समयमा आउने पर्यटकका लागि बत्ती, फोहर फाल्ने टोकरी, जुत्ता चप्पल राख्ने ¥याक, तस्बीरसहितको सूचना पार्टीलगायतका संरचना निर्माण गरिएको छ ।

बाह्रै महीना उत्रै पानी हुने उम्रने भुलभुले दूधकुण्डमा जलशिकारी र सातकन्यादेवीको पूजाअर्चना गरिन्छ । जमीनमुनिबाट भुलभुले गरेर उम्रने भुलभुले दूधकुण्डको पानीले नुहाएमा तथा स्नान गरेका रोगव्याधी नष्ट हुने जनविश्वास रहिआएको छ । पछिल्लो समय सबैको गन्तव्यस्थल बन्दै गएको भुलभुले दूधकुण्डमा आउने भक्तजनले पूजापाठसँगै परेवा जोडी उडाउने गरेका छन् । दिक्तेल बजारबाट यातायातका सवारी साधन प्रयोग गरेर जाँदा करीब आधाघण्टामा पुगिने भुलभुले दूधकुण्डमा प्रेमी/प्रेमिकाले आपसमा गरेको प्रेमले पूर्णता पाओस् भन्ने कामनासमेत गर्ने गर्छन् ।

भुलभुले दूधकुण्डमा खोटाङका सबै स्थानीय तहसँगै छिमेकी जिल्ला भोजपुर, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, धनकुटा, सिन्धुली तथा भारतका समेत दर्शनार्थी आउने गरेका छन् । कालोपत्रको काम भइरहेको मध्यपहाडी लोकमार्ग फराकिलो हुनुका साथै बाह्रै महीना यातायातका साधन सञ्चालन भएपछि दर्शनार्थी तथा पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको वडाध्यक्ष माधव राईले बताए ।

भुलभुले दूधकुण्डबाट करिब एक किलोमिटर उकालो पैदल चढेपछि एकनासले झररर १ गरिरहेको आवाज सहित मनोरम दृष्य देखिन्छ ‘रुवालुङ’ झरनाको । जहिले सङ्लो र सेतो पानी देखिने झरनामा अहिले दैनिक १५० बढी आन्तरिक तथा वाह्य पर्यटक अवलोकन र सेल्फी खिच्ने आउने गरेको स्थानीयवासीले बताएका छन् ।

ठूला पहाड र जङ्गलको बीचमा रहेको प्राकृतिक गुफामा अहिले पनि वन झाँक्रीको पूजाआजा गर्ने चलन रहिआएको छ । गुफामा गएर वन झाँक्रीको पूजाअर्चना गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारबाट करीब दश किलोमिटर उत्तरमा पर्ने भुलभुले दूधकुण्डमा सवारी साधन पार्किङ गरेर झरनासम्म पुग्न पैदल यात्रा गर्नुपर्छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies