Khabar Dabali Logo
  August 21, Wed

रवि लामिछानेविरुद्ध कारवाही प्रक्रिया अघि बढ्याेः चितवन प्रहरी प्रमुख मल्ल

काठमाडौं । चितवन प्रहरी प्रमुख दानबहादुर मल्लले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछानेविरुद्ध कारवाही प्रक्रिया अघि बढेको बताएका छन्।  गत २० गते चितवनकाे एक हाेटलमा पत्रकार पुडासैनी मृत अवस्थामा फेला परेपछि अनुसन्धान थालेको प्रहरीले सुरुदेखि नै रवि लामिछानेको नाम आएकाले अनुसन्धान अघि बढाएको थियो।  बुधबार पुडासैनीले आत्महत्या गर्नुअघिको करिब ८ मिनेट लामो भिडियो नै सार्वनजिक भएपछि प्रहरीमाथि तीव्र दबाब परिरहेको अवस्थामा एसपी मल्लले यस्तो बताएका हुन्। 

पत्रकार शालिकराम पुडासैनीको भिडियो सार्वजनिक  पत्रकार पुडासैनीले भिडियोमा रवि, दीपक बोहोरा र ओखलढुंगाकी युवती अस्मिता कार्कीका कारण आफूले आत्महत्या गर्न बाध्य भएको कुरा भिडियोमा बोलेका छन्। एसपी मल्लले असार २१ देखि नै चितवन प्रहरी यही प्रकरणको अनुसन्धानमा जुटेको बताएका छन्।

‘म यही विषयमा लागि रहेको छु । प्रहरीले उहाँ (रवि लामिछाने) लाई सम्पर्क गरिरहेको छ’, एसपी मल्लले भने, ‘अब पक्राउ गरी कावाही प्रकृया अघि बढाइन्छ। म त्यो प्रकृयामा लागिसकेको छु।’ एसपी मल्लले पुडासैनीको मोबाइल फोन र उक्त फोनमा रहेका अडियो, भिडियो ल्याबमा परीक्षण भइसकेको पनि जानकारी दिए ।

उनका अनुसार ल्याव परीक्षणबाट मोबाइलमा भेटिएको भिडियोको आवाज पुडासैनीकै पुष्टि भएको छ। ‘विधि विज्ञान प्रयोगशालामा गरिएको ल्याव रिपोर्ट पनि आइसेको छ’, मल्लले भने, ‘किटाणी जाहेर आएपछि अब कारवाही प्रक्रिया अघि बढ्छ।’ 

पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भिडियो र रेकर्ड गराएको अडियो प्रहरीले नै गायब गरेको आरोप लागिरहेका बेला मल्लले रविसहित तीनजनाविरुद्ध कारवाही थालिएको जानकारी दिएका हुन्। 

साउन २९ गते, २०७६ - १९:५८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसदीय व्यवस्था असफल भयो, समाजवादी कार्यदिशामा जाऔं : नेता अधिकारी

संसदीय व्यवस्था असफल भयो, समाजवादी कार्यदिशामा जाऔं : नेता अधिकारी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं गोरखा क्षेत्र नं.–१ का सांसद हरिराज...   
तत्कालीन माओवादी नेता राममणि शर्मा अस्पताल भर्ना

तत्कालीन माओवादी नेता राममणि शर्मा अस्पताल भर्ना

बाँके। नेकपा माओवादीका नेता राममणि शर्मालाई उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा भर्ना गरिएको...   
भूकम्पपछिको पुननिर्माणका लागि भारतले दियो २ अर्ब ४५ करोड

भूकम्पपछिको पुननिर्माणका लागि भारतले दियो २ अर्ब ४५ करोड

काठमाडौं । भारतले भूकम्प पछिको पुनर्निर्माणका लागि २ अर्ब ४५ करोड रुपैयाँ नेपाललाई उपलब्ध गराएको...   

लामिछाने समर्थकका अराजक हर्कत परिवर्तनमाथिको धावा : नेकपा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौँ जिल्ला कार्यालयले आज बुधबार प्रेस विज्ञप्ति जारी...   
नेकपा सचिवालय बैठक भोलि बिहान ८ बजे सम्मका लागि स्थगित (भिडियोसहित)

नेकपा सचिवालय बैठक भोलि बिहान ८ बजे सम्मका लागि स्थगित (भिडियोसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोलि बस्ने गरी सकिएको छ । आजको बैठकमा एजेण्डाहरु...   

नयाँ बसपार्कमा युवक र युवती मृत फेला, आत्महत्याको आशंका

काठमाडौं । काठमाडौंको नयाँ बसपार्कमा रहेको एक होटलमा युवक र युवती मृत फेला फेला परेका छन् । मोरङ पर्वत...   
गणतन्त्रमाथि प्रहार गर्ने विरुद्ध दलहरू एकजुट,  कसले के भने ?(भिडियाे)

गणतन्त्रमाथि प्रहार गर्ने विरुद्ध दलहरू एकजुट, कसले के भने ?(भिडियाे)

काठमाडौं । बालुवाटारमा अाज साँझ बसेकाे सर्वदलीय बैठकमा प्रतिपक्षी दलहरूले पनि प्रधानमन्त्री केपी...   
जब शल्यक्रियाको एक हप्तापछि बिरामीको घाँटीमा नक्कली दाँत भेटियो

जब शल्यक्रियाको एक हप्तापछि बिरामीको घाँटीमा नक्कली दाँत भेटियो

ब्रिटेनमा एकजना बिरामीको नक्कली दाँत नियमित शल्यक्रियाका क्रममा घाँटीमा अड्किएको र आठ दिनसम्म फेला...   
रवि लामिछाने बचाउ संघर्ष समितिका अध्यक्षले दिए राजिनामा (विज्ञप्ति सहित)

रवि लामिछाने बचाउ संघर्ष समितिका अध्यक्षले दिए राजिनामा (विज्ञप्ति सहित)

चितवन । रवि लामिछाने बचाउ संघर्ष समितिका अध्यक्ष सरोज घिमिरेले आफू संघर्ष समितिको अध्यक्षमा नरहेको...   

रवि लामिछानेसहित तीन जनाको बयान सकियो

भरतपुर । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top