Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

अभियाेग प्रमाणित भए हदैसम्मकाे सजाय भाेग्न रवी तैयार !

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको भिडियो बाहिरिएपछि चर्चित सञ्चारकर्मी रवि लामिछानेले आरोप प्रमाणित भएमा हदैसम्मको सजाय भोग्न तयार रहेको बताएका छन् । प्रहरीसँग भएकाे भिडियाे एकाएक मिडियामा अाएपछि प्रहरी पनि अालाेचित बनेकाे छ । किन सबै मिडियालार्इ पत्रकार सम्मेलन गरी हत्याकाे भिडियाे सार्वजनिक गरिएन र एकाएक खास मिडियालार्इ उपलब्ध गराइयाे भन्ने प्रश्न प्रहरीमाथि उब्जिएकाे हाे ।

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणको अनुसन्धानमा जुटेको प्रहरीले भिडियाे लिक गर्नु सन्देहपूर्ण मानिएकाे छ । विभिन्न सञ्चार माध्यमले पुडासैनीको भिडियो सार्वजनिक गरेपछि उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो कुरा राख्ने तयारी गरेका छन् । रविले शालिकरामलाई ठूलो भ्रम परेको बताएका छन् ।

पुडासैनीको मोबाइलबाट पठाइएका र प्राप्त भएका सबै टेक्स, अडियो-भिडियो र कलको विवरणका विषयमा नेपाल प्रहरीको केन्द्रीय डिजिटल ल्याबमा परीक्षण भैरहेको छ ।

नेपाल प्रहरीले आत्महत्या दुरुत्साहन हो वा होइन भन्ने विषयमा अनुसन्धान केन्द्रित गरेको छ । ल्याब परीक्षणको प्रतिवेदनको अध्ययनपछि मात्र चर्चित सञ्चारकर्मी रवि लामिछानेले टर्चर दिएको वा नदिएको भन्ने विषय टुंगो लाग्नेछ । 

आत्महत्याको कारण लामिछानेको टर्चर भएको आरोप मोबाइलमा फेला परेको भिडियो रिपोर्टमा छ । पुडासैनीको मोबाइलमा फेला परेको अडियो भिडियो र च्याटको विस्तृत अध्ययनका लागि जिल्ला प्रहरी कार्यालय चितवनले मोबाइल काठमाडौंमा रहेको नेपाल प्रहरीको डिजिटल ल्याबमा पठाएको थियो ।

टेक्निकल अध्ययन काठमाडौंमा भएपनि घटनाको अनुसन्धान भने जिल्ला प्रहरी कार्यालय चितवनले नै गर्नेछ । पुडासैनीको आत्महत्या प्रकरणमा चर्चित सञ्चारकर्मी लामिछानेमाथि आत्महत्याका लागि दुरुत्साहनको आरोप लागेको छ ।
मोबाइलमा फेला परेका सन्देशमा एक महिलाका विषयमा पत्रकार लामिछानेसहित ३ जनाले धेरै नै टर्चर दिएको आरोप छ । पुडासैनीको मोबाइलमा रेकर्ड गरिएका दुई वटा ८ मिनेट र ३ मिनेटका रिपोर्ट फेला परेको थियो ।

पत्रकार पुडासैनी साउन २० गते सोमबार चितवनको नारायणगढस्थित होटेल कङ्गारुमा झुन्डिएको अवस्थामा मृत भेटिएका थिए । दुई महिना अघिसम्म न्युज २४ मा कार्यरत पत्रकार पुडासैनी केही दिनदेखि माउन्टेन टेलिभिजनका कार्यरत थिए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies