Khabar Dabali Logo
  December 16, Mon

प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना

काठमाडौ । संविधानको मर्म र समानुपातिक समावेशी सिद्धान्तविपरीत लोकसेवा आयोगले प्रकाशन गरेकोे विज्ञापन रद्द गर्नुपर्ने मागसहित आज प्रधानमन्त्री निवास नजीकै धर्ना दिइएको छ ।

सो विज्ञापन संविधान, कानून तथा सामाजिक न्यायको सिद्धान्तको प्रतिकूल भएको भन्दै आदिवासी, जनजाति र दलित समुदायका अगुवाहरुले आज बिहान १२ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासअगाडि धर्ना दिएका हुन् । आयोगले जेठ १५ गते स्थानीय तहका लागि विभिन्न सेवा र समूह छुट्याएर प्राविधिक र अप्राविधिक पदमा जम्मा नौ हजार १६१ जनाको खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्तिको विज्ञापन गरेको थियो ।

उनीहरुले सो विज्ञापन रद्द गरी आरक्षण सुनिश्चित गरिएको विज्ञापन पुनः प्रकाशित गर्नुपर्नेसमेत माग गरेका छन् । संविधानको धारा ३८ उपधारा (४), धारा ४) र धारा ४२ उपधारा (१) ले समानुपातिक समावेशी सिद्धान्त र धारा १८ उपधारा (३) को प्रतिबन्धात्मक वाक्यांशले पछाडि पारिएका वर्ग, समुदायलाई विशेष व्यवस्था अवलम्बन गर्नु भन्ने व्यवस्था गरेको छ । अधिकारकर्मी भक्त विश्वकर्माले आयोगले उत्पीडित समुदायलाई पाखा लगाउने उद्देश्यले असमावेशी विज्ञापन प्रकाशन गरेको भन्दै आपत्ति जनाए ।

साउन २९ गते, २०७६ - २२:४६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नगरपालिकाले ज्येष्ठ नागरिकको बीमा गरिने

मङ्गलबारे । इलाम नगरपालिकाले नगरभित्रका ज्येष्ठ दलित नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको...   
छिट्टो तौल घटाउछ सेक्सले, कारण थाहापाउनुहाेस्

छिट्टो तौल घटाउछ सेक्सले, कारण थाहापाउनुहाेस्

व्यायाम गर्नका लागि जिमखाना धाउनका लागि समय र साधन छैन भने आफ्नो पार्टनरको सहयोग लिएर बेडरुममा नै आफ्नो...   

बजार पाउँदै बागलुङको किबी

गलकोट । अन्य जिल्लामा किबीखेतीले बजार र मूल्य नपाएको किसानले गुनासो गरिरहेको बेला बागलुङमा उत्पादन...   

चीनद्वारा अमेरिकी वस्तुमा लगाउने भनिएको थप करवृद्धि योजना स्थगित

बेइजिङ । चीनले आइतबारदेखि लागू हुनेगरी यसअघि प्रस्ताव गरेको अमेरिकी वस्तुमा लगाइने करवृद्धि योजना...   
सुर्तीजन्य पदार्थ बिक्री गरे कावाही हुने

सुर्तीजन्य पदार्थ बिक्री गरे कावाही हुने

डोटी । जिल्लाका विद्यालयवरपर सुर्तीजन्य र मादक पदार्थ बिक्री वितरण गर्न नपाइने भएको छ । जिल्लाको दिपायल–सिलगढी...   

शैक्षिक गुणस्तर राम्रो भए विद्यालयलाई स्रोत अभाव हुँदैन : महासचिव पौडेल

रुपन्देही । पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले...   

सम्पन्न हुँदै त्रिपुरेश्वर–नागढुङ्गा सडक

काठमाडौँ । उपत्यकामा चार वर्ष पहिले विस्तार शुरु भएका सडकमध्ये त्रिपुरेश्वर–नागढुङ्गा सडक निर्माण...   
अब कुमारीलाई मासिक १५ हजार भत्ता दिइने

अब कुमारीलाई मासिक १५ हजार भत्ता दिइने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यस वर्षदेखि कामपाका जीवित देवी कुमारीलाई मासिक रु १५ हजारको दरले...   

चितवनमा बस पल्टँदा १३ घाइते

चितवन । पूर्वी चितवनको भण्डारामा आज बिहान बस अनियन्त्रित भई पल्टँदा १३ जना घाइते भएका छन् । जिल्ला...   

जिम्मेवारीबाट विमुख हुने अधिकार प्रहरीलाई छैन : गृहमन्त्री

काठमाडौ । गृहमन्त्री रामबहादुर थापाले जिम्मेवारीबाट विमुख हुने अधिकार प्रहरीलाई नभएको बताएका छन्...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top