Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

ठेक्का रोक्न माझी समुदायको माग

बनेपा । काभे्रपलाञ्चोकको भुम्लुका माझी समुदायले गाउँपालिकाले बोलपत्र आह्वान गरी नदीको बालुवा उत्खनन दिँदा आफूहरुको पेशा नैै सङ्कटमा परेको भन्दै सो बोलपत्र रद्द गर्न माग गरेका छन् ।

गाउँपालिका प्रमुख गुमानध्जव कुँवरलाई ज्ञापनपत्र बुझाउँदै त्यहाँका माझी समुदायले ठेक्का रद्द गर्नुपर्ने माग गरेका हुन् । पालिकाले बोलपत्र आह्वान गरेपछि आदिवासी जनजातिअन्तर्गत अति सीमान्तकृत माझी समुदाय आन्दोलित भएका छन् ।

माझी इम्पावरमेन्ट युथ एशोसिएशन नेपाल काभ्रेका अध्यक्ष होमराज माझीले नदीको बालुवा उत्खनन गरेपछि आफ्नो समुदायको रोजगारीमा सङ्कट आएको कारण आन्दोलित हुनुपरेको बताए । “हामीले पहिलोचोटी ¥यालीसहित गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरलाई ज्ञापनपत्र बुझाएका छौँ” उनले भने, \'सो ज्ञापनपत्रलाई बेवास्ता गरिएमा सङ्घर्षमा जान बाध्य हुनेछौँ ।\'

भुम्लु गाउँपालिका–८ का स्थानीय बासिन्दा लालुमाया माझीले आफूले सुनकोशी नदीमा बालुवा निकाली चालेर बेच्दै आफ्नो परिवार धान्दै आएको बताउने उहाँले पछिल्लो समय गाउँपालिकाले बगर ठेक्कामा दिएपछि आफूहरूले बालुवा निकाल्न नपाएको बताए ।

उनीहरुले पुख्यौली पेशा लोप भएपछि वैकल्पिक पेशाको रुपमा अपनाइएको बालुवा निकाली बेच्ने कामसमेत मेशिन लगाएर निकाल्न थालेपछि जीउनसमेत गाह्रो भएकाले ज्ञापनपत्र बुझाएर गाउँपालिकालाई ध्यानाकर्षण गराएको एशोसिएशनका अध्यक्ष जीवनकुश माझीले बताए । संविधानमा उल्लेखित प्राकृतिक स्रोतको पहिलो अधिकार स्थानीयको हुने व्यवस्थालाई लागू गर्नको लागि माग गरेको बताउँदै उनले आफूहरु देशको कानून विरोधी नभएको तर बोलपत्र आह्वान गर्दा त्यो ठेक्का आफूहरुलाई दिनुपर्ने माग गरेको उल्लेख गरे ।

पछिल्लो समयमा पुख्र्यौली पेशा त लोप भइसक्यो, नदीमा माछा मारेर र डुङ्गा चलाएर खाने काम पुलपुलेसा निर्माणपश्चात लोप भइसकेपछि बगरमा बालुवा निकाल्ने, गिट्टी कुटेर आफ्नो परिवार धान्दै आएका माझी परिवार गाउँपालिकाले बोलपत्र प्रक्रियामार्फत ठेकेदारलाई सुम्पिने काम भएपछि त्यो पेशा पनि सङ्कटमा परेको उनीहरुको भनाइ छ ।

गाउँपालिका अध्यक्ष कुँवरले माझी समुदायले बुझाएको ज्ञापनपत्र कार्यपालिकाको बैठकबाट निर्णय गरिने बताए ।
प्रकाशित बोलपत्रको सूचना रद्द नहुने पनि कुँवरको भनाइ छ ।

भुम्लु गाउँपालिकाले २०७६÷७७ को लागि पनि बोलपत्रको सूचना आह्वान गरिसकेको छ । भुम्लु गाउँपालिका वडा नं १, ६, ७, ८ र १० मा गरी एक हजारभन्दा बढी घरधुरी माझी समुदायको बसोबास रहेको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies