Khabar Dabali Logo
  January 18, Sat

प्रियंका चोपडाले भारतीय सेनाको समर्थन गरेको भन्दै अमेरिकामा आक्रोश

एजेन्सी। भारत-पाकिस्तान तनाव चर्किँदै गर्दा भारतीय अभिनेत्री प्रियंका चोपडाले भारतीय सेनाको समर्थन गर्दै एउटा ट्वीट लेखेपछि उनीविरुद्ध युद्ध उक्साउन खोजेको आरोप लागेको छ।

लस एन्जलसमा चोपडा सहभागी एक सौन्दर्य सम्मेलनमा सहभागी एक पाकिस्तानी-अमेरिकी महिलाले उनलाई आडम्बरीको सङ्ज्ञा दिइन्।

गत फेब्रुअरीमा प्रियंका चोपडाले ट्विटरमा लेखेकी थिइन् – “जय हिन्द ##IndianArmedForces”।

त्यतिबेला परमाणुअस्त्र भएका ती दुई छिमेकी देशबीचको सम्बन्ध तनावपूर्ण थियो।

गत सप्ताहान्तमा चोपडा ब्यूटिकन नामक संस्थाले आयोजना गरेको कार्यक्रमको मञ्चमा थिइन्। त्यतिबेला दर्शकदीर्घामा बसेकी पाकिस्तानी-अमेरिकी महिला आयेशा मलिकले उनलाई प्रश्न गरिन्।

‘तपाईँले मानवताको बारेमा कुरा गरेको सुन्न अलि कठिन भयो किनभने तपाईँको छिमेकी पाकिस्तानीको रूपमा मलाई थाहा छ तपाईँ अलि आडम्बरी हुनुहुन्छ, ‘आयेशा मलिकले भनिन्।

उनले पछि एउटा भिडिओ ट्विटरमा पनि राखिन्।

उनले चोपडाले फेब्रुअरीमा लेखेको ट्वीटको प्रसङ्ग कोट्याउँदै भनिन्, ‘तपाईँ (राष्ट्रसङ्घीय बालकोष) युनिसेफको शान्तिदूत पनि हुनुहुन्छ र पनि तपाईँ पाकिस्तानविरुद्ध परमाणुयुद्धलाई उक्साइरहनु भएको छ। यसमा कसैको जित हुँदैन।’

मलिकले अझै बोलिरहने देखिएपछि उनको माइक खोसिएको थियो।

त्यसपछि सन् २०१६ देखि युनिसेफको सद्भावनादूत रहेकी चोपडाले मलिकलाई जबाफ दिइन्। उनले पाकिस्तानमा आफ्ना धेरै मित्रहरू रहेको बताउँदै आफू युद्धको पक्षमा नभएको बरु देशभक्त चाहिँ भएको बताइन्।

भारत-प्रशासित कश्मीरमा ४० जना भारतीय सैनिकको ज्यान जानेगरी भएको आक्रमणको जिम्मेवारी पाकिस्ताबाट सञ्चालन भएको मानिने एउटा आतङ्कवादी समूहले लिएपछि भारत र पाकिस्तानबीचको तनाव चरमोत्कर्षमा पुगेको थियो।

त्यसपछि भारतले पाकिस्तानी भूभागमा हवाई आक्रमण गरेपछि प्रियंकाले ट्वीट गरेकी थिइन्।

चोपडाले आयेशा मलिकको आरोपको जबाफ दिइन्, तर मलिकको बोल्ने शैलीको आलोचना गरिन्।

चोपडाले भनिन्, ‘पाकिस्तानमा मेरा धेरैधेरै साथीहरू छन्। म भारतबाट आएकी हुँ, तर मलाई युद्ध मन पर्दैन। तर म देशभक्त छु। मैले कसैको भावनामा चोट पुर्‍याएकी रहेछु भने क्षमाप्रार्थी छु। तर मलाई लाग्छ हामी सबैले हिँड्ने एउटा बीचको बाटो हुन्छ। त्यो तपाईँको पनि छ होला।’

चोपडाले भनिन्, ‘तपाईँ नचिच्याउनुहोस्। हामी सबै यहाँ प्रेमका लागि आएका छौँ। नचिच्याउनुहोस्। तपाईँको उत्साह, प्रश्न र आवाजका लागि धन्यवाद।’

मलिकले पछि आफूलाई चोपडाको जबाफ चित्त नबुझेको बताइन् र उनी ट्वीटरकी ‘खराब मान्छे’ भएको प्रतिक्रिया दिइन्।

साउन २९ गते, २०७६ - ११:३३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सामुदायिक विद्यालयलाई सबलीकरण गर्नुपर्छ : शिक्षामन्त्री पोखरेल

गौशाला । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयलाई सबलीकरण गर्न...   

नेपालको पूर्वाधार विकासका लागि मात्र एमसिसी सम्झौता भएको थियो : अध्यक्ष थापा

हेटौँडा । राप्रपाका अध्यक्ष कमल थापाले अमेरिकन सरकारसँग तत्कालीन नेपाल सरकारले राष्ट्रिय सहमतिका...   

साताको शेयर बजार : साढे छ अर्ब माथिको कारोवार, लगानीकर्तामा विश्वास बढ्दै

काठमाडौं । गत साता धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकले उकालो यात्रा तय गर्दै नयाँ इतिहास...   
दुई आयोगको पदाधिकारीको नाम सिफारिस, अध्यक्षमा भट्ट र सुवेदी

दुई आयोगको पदाधिकारीको नाम सिफारिस, अध्यक्षमा भट्ट र सुवेदी

काठमाडौँ । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्तिका...   

अमेरिकामा गोली चल्यो, चार जनाको मृत्यु

लस एन्जेलस । अमेरिकामा भएको गोलीकाण्डमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ । उताह राज्यमा शुक्रबार...   
बाक्लो कुहिरोको कारण २५ वटा कार दुर्घटना, दुई जनाको मृत्यु, १० घाइते

बाक्लो कुहिरोको कारण २५ वटा कार दुर्घटना, दुई जनाको मृत्यु, १० घाइते

रुस । रुसमा शुक्रबार एकसाथ २५ ओटा कार दुर्घटनामा परेका छन् । दुर्घटनामा परी कम्तीमा दुई जनाको मृत्यु...   

भलिबल क्लब च्याम्पियनसिप : एपिएफ र आर्मी विजयी

काठमाडौं । पाँचौ संकरणको आरबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसीपको महिलातर्फ...   
विद्रोहको झण्डा बोक्न आवश्यक छैन : मुख्यमन्त्री पोखरेल

विद्रोहको झण्डा बोक्न आवश्यक छैन : मुख्यमन्त्री पोखरेल

परासी । मुख्यमन्त्री शङ्कर पोखरेलले नेपाली समाजमा अब विद्रोहको झण्डा बोक्न आवश्यक नभएको बताएका छन्...   
आस्था राउतलाई दिपकराज गिरीकाे पत्र – गल्ति तिम्रो फेसबुक लाइभले गर्यो !

आस्था राउतलाई दिपकराज गिरीकाे पत्र – गल्ति तिम्रो फेसबुक लाइभले गर्यो !

काठमाडौ‌। बरिष्ठ कलाकार दिपकराज गिरीले गायिका आस्था राउतलाई फेसबुकमा गरेको लाइभको कारण गल्ती देखिएको...   
राजस्व विभागका महानिर्देशक मैनालीसँगको अन्तर्वार्ता : ‘राजस्व छल्ने साना ठूला कसैलाई छाडिन्न’

राजस्व विभागका महानिर्देशक मैनालीसँगको अन्तर्वार्ता : ‘राजस्व छल्ने साना ठूला कसैलाई छाडिन्न’

काठमाडौं । अर्थ मन्त्रालय मातहत रहेको राजस्व अनुसन्धान विभागलाई वर्तमान सरकार गठन भएपछि प्रधानमन्त्री...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top