Khabar Dabali Logo
  December 8, Sun

मन्त्री खत्रीलाई पक्राउ गर्न अदालतको आदेश

काठमाडौं । कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खडकबहादुर खत्रीलाई पक्राउ गर्न उच्च अदालत पाटनले आदेश दिएको छ। अदालतले मन्त्री खत्री र राजुप्रसाद श्रेष्ठलाई पक्राउ गर्न सोमबार आदेश जारी गरेको हो।मन्त्री खत्रीसहित पाँच जनाले एक करोड १० लाख ८० हजार रकमको कृषि विकास बैंक भोजपुरबाट जारी नक्कली झुटो, किर्ते, बैंक ग्यारेन्टीको पत्र जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेश गरेका अदालतले ठहर गरेको छ।

उच्च अदालतको संयुक्त वाणिज्य इजलासका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको इजलासले उक्त आदेश जारी गरेको सूचना अधिकारी मोहन सुवेदीले जानकारी दिए।

यो प्रकरणमा पाँचै जनाविरुद्ध बैंकिङ कसुर अन्तरगत मुद्दा चलाइएको थियो। अदालतको आदेशमा मन्त्री खत्री र राजुप्रसाद श्रेष्ठलाई फरार अभियुक्त भनिएको छ। अन्य अभियुक्तहरू छबिलाल ढकाल, रणधिर तुम्बा र देवजंग शाहीलाई अदालतमा उपस्थित गराइएको थियो। उपस्थित भएका तीनैजनालाई बैंकिङ कसुर अन्तरगत अदालतले ६ लाख बराबरको धरौटी मागेको छ।

मन्त्री खत्रीलाई भने पक्राउ गरेर तीनदिनभित्र बयानका लागि पेश गर्न भनिएको छ। ‘अभियोगपत्रमा कर्णाली प्रदेशका मन्त्री कृष्ण खत्रीको छोरा भनि उल्लेख गरिएको देखिँदा यसप्रकारको अपराध अनुसन्धान र अभियोजन पद्धति फौजदारी न्यायप्रति मजाक हुने अवस्थातर्फ अनुसन्धान र अभियोजनकर्ताको गम्भीर ध्यानाकर्षण गराउँछौँ’, अदालतको आदेशमा अगाडि भनिएको छ, ‘प्रतिवादी खडकबहादुर खत्री कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री हुन् वा मन्त्रीका छोरा के हुन् सो को यकिन जवाफसहित निज मन्त्री पदमा बहाल रहेको भए तीनदिनभित्र बयानका लागि यी प्रतिवादीलाई यस अदालतमा पेश गर्नू।’

अदालतले यो प्रकरणमा नेपाल प्रहरीको अनुसन्धान अधिकृत र सरकारी वकीलले बदमासी गरेको ठहर गरेको छ। ‘फरार प्रतिवादीहरू राजुप्रसाद श्रेष्ठ र खडकबहादुर खत्रीको नाममा समाव्हान (पक्राउ) गरीपाऊँ भन्ने अभियोगपत्रको माग दाबीको सम्बन्धमा हेर्दा अनुसन्धानका क्रममा हेर्दा यी प्रतिवादीहरूको कागज गराएको देखिएको र निजहरू आरोपित कसुरमा संलग्न हुन् भन्ने स्थिति देखिएपछि कानुनबमोजिम धरौट वा जमानत लिइ छाडेको स्थिति नदेखिएको अवस्थामा अनुसन्धान अधिकृतसमक्ष उपस्थित भइ कागजसमेत गरेका प्रतिवादीलाई अभियोगपत्रसाथ अदालतमा पेश नगरी फरार देखाइ अदालतबाटै म्याद जारी गरिपाउँ भन्ने अभियोगदावी जिम्मेवार अनुसन्धान अधिकारी र अभियोजनकर्ताले लिन नहुने देखिएको’, आदेशमा लेखिएको छ।

साउन २९ गते, २०७६ - ०१:३१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालिकालाई ट्रकले किचेपछि कोहलपुर तनावग्रस्त

बालिकालाई ट्रकले किचेपछि कोहलपुर तनावग्रस्त

बाँके । त्रिभुवन माध्यमिक विद्यालय कोहलपुरमा अध्ययनरत एक बालिकालाई ट्रकले ठक्कर दिएपछि कोहलपुर तनावग्रस्त...   

फुटबलमा कसले मार्ला बाजी ? फाइनल यात्रा तय गर्न बङ्गलादेशलाई बराबरीमा रोक्नै पर्ने दवावमा नेपाल

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलतर्फ लिग चरणको अन्तिम खेलमा आज नेपाल...   
विद्यार्थी र युनिभर्सल मेडिकल कलेज प्रशासनबीच ६ बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता

विद्यार्थी र युनिभर्सल मेडिकल कलेज प्रशासनबीच ६ बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता

काठमाडौं । अतिरिक्त शुल्क फिर्ता माग राख्दै आन्दोलनरत युनिर्भसल मेडिकल कलेजका विद्यार्थी र कलेज प्रशासनबीच...   
विश्व कीर्तिमानको रेकर्ड राखेपछिको खुशी  !

विश्व कीर्तिमानको रेकर्ड राखेपछिको खुशी !

काठमाडौं । नेपालमा जारी तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)को महिला क्रिकेटमा सहभागी हुँदा नेपाली...   

चरेससहित मामा–भान्जी पक्राउ

बागलुङ । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा पाँच किलोग्राम चरेससहित दुई जना पक्राउ परेका छन्...   

मुख्यमन्त्री पौडेलद्वारा खेलाडीको प्रशंसा : दुई बर्षमा भौतिक पूर्वाधार विकाससहित खेलाडीलाई व्यवसायीक बनाउँछौं

काठमाडौं । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग)मा नेपाली...   
कुटनीतिक सम्बन्धको दुई सय बर्षको इतिहाँसमा नेपालको लागि बेलायती राजदुतमा महिला नियुक्त

कुटनीतिक सम्बन्धको दुई सय बर्षको इतिहाँसमा नेपालको लागि बेलायती राजदुतमा महिला नियुक्त

काठमाडौं । नेपाल र बेलायतको कुटनीतिक सम्बन्धको दुई सय बर्षको इतिहाँसमा पहिलो पटक नेपालका लागि बेलायतकी...   

कामुरी आँधीबाट मर्नेको सङ्ख्या १७ पुग्यो (अपडेट)

एजेन्सी । फिलिपिन्समा गत सोमबारबाट आएको आँधीका कारणको ज्यान जानेको सङ्ख्या १७ पुगेको छ । गत सोमबारबाट...   

नेपाली भूमि फिर्ता गराउन अन्तर्राष्ट्रियकरण गराउनुपर्छ : जनमोर्चा अध्यक्ष केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अन्तर्राष्ट्रियकरण गरेर भएपनि भारतले...   

विवादास्पद नागरिकता विधेयक स्वीकृत भएकोमा विपक्षी दलबाट मोदी सरकारको कडा शब्दमा आलोचना

एजेन्सी । भारतीय संघीय मन्त्रिपरिषदले नागरिकता (संशोधन) विधेयक स्वीकृत गरेकोमा विपक्षी दलहरले सरकारको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top