Khabar Dabali Logo
  December 8, Sun

१२औं तीज मेला भदौ १० देखि

काठमाडौं । नेपाली महिलाहरुको महान् चाड तीजको अवसर पारेर राजधानीमा ‘१२औं तीज मेला तथा अन्तर्राष्ट्रिय व्यापार मेला २०७६’ आयोजना हुने भएको छ। राजधानीको त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टर (डीईसीसी नेपाल)मा आगामी भदौ १० देखि १४ गतेसम्म मेला हुने छ ।

मेलाको तयारी पूरा भइएसकेको आयोजक इभेन्ट म्यानेजर इन्ट्रोडक्सन ट्रेड शो नेपाल प्रालिले जनाएको छ। तीजको अवसरमा आयोजना गरिने यो मेला नेपालको सबैभन्दा ठूलो उपभोक्ता मेलाको रुपमा पनि परिचित रहँदै आएको छ।

मेलामा यो वर्ष काठमाडौंमा सयभन्दा बढी कम्पनी, संघ, संस्थाहरुको सहभागिता हुनेछ भने ५० हजारभन्दा बढी मानिसहरुले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको छ। मेलामा महिला उद्यमीहरुले बनाएका सृजनात्मक उत्पादनहरु प्रदर्शनमा राखिने छ । महिलाहरुको लागि व्यावसायिक सम्पर्क बढाउने माध्यम बनाउन मेला आयोजना गरिँदै आएको आयोजकले जनाएको छ ।

वर्षेनी हुने तीज मेलालाई यसपालि भने अन्तर्राष्ट्रिय व्यापार मेलाको रुपमा अगाडि बढाइएको आयोजकले जनाएको छ । यसपालिको मेलामा भारत, पाकिस्तान, बंगलादेश तथा अन्य देशका स्टलहरु पनि मेलामा रहनेछन् ।

साउन २८ गते, २०७६ - २३:३० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पक्राउ परे विप्लवका मेचिनगर ईन्चार्ज गिरी

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका मेचिनगर ईन्चार्ज यामकुमार गिरी पक्राउ परेका...   

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १५ जनाको मृत्यु

काठमाडौं । चितवन, काठमाडौं, कैलाली, बाँके, सप्तरी, झापा, बारा, सुनसरी र कैलालीमा भएका छुट्टाछुट्टै सवारी...   
दिल्लीको झोला उद्योगमा भीषण आगलागी, ४३ मजदुरको मृत्यु, दर्जनौं घाईते

दिल्लीको झोला उद्योगमा भीषण आगलागी, ४३ मजदुरको मृत्यु, दर्जनौं घाईते

काठमाडौं । भारतको राजधानी दिल्लीको रानी झाँसी रोडस्थित एक झोला उद्योगमा भीषण आगालागी भएको छ । आइतबार...   
जाडोमा वल्र्डलिंकले ल्यायो तात्तातो अफर, नेट जोड्दा हिटर फ्रि

जाडोमा वल्र्डलिंकले ल्यायो तात्तातो अफर, नेट जोड्दा हिटर फ्रि

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले यस वर्षको जाडो लाई लक्षित गर्दै तात्तातो हिटरनेट...   
रारा तालमा पनि टेलिकमकाे फोरजी सेवा

रारा तालमा पनि टेलिकमकाे फोरजी सेवा

काठमाडाैं । नेपालको सबैभन्दा ठूलो ताल तथा कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थलका रुपमा रहेको रारामा...   

अमेरिकामा यौन शोषण र बलात्कारको मुद्दा बढ्दो, एक वर्षमा ६ हजारभन्दा बढि मुद्दा दर्ता

काठमाडौं । अमेरिकामा पछिल्लो समय यौन शोषण तथा बलात्कारको मुद्दाहरुमा बढोत्तरी आएको छ । अन्तराष्ट्रिय...   
टाट पल्ट्यो भारतीय विमान कम्पनी एयर इण्डिया, बेच्ने तरखरमा मोदी सरकार

टाट पल्ट्यो भारतीय विमान कम्पनी एयर इण्डिया, बेच्ने तरखरमा मोदी सरकार

काठमाडौं । भारतको सरकारी एयरलाईन्स कम्पनी एयर इण्डिया धराशाही बन्दै गएको छ । बितेको आर्थिक वर्ष (२०१८/०१९)मा...   

अर्थमन्त्री खतिवडासहित १९ जनाकाे २ वर्षे कार्यकाल सकियाे, नयाँ निर्वाचनकाे तयारीमा आयोग

काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी निर्वाचनका लागि राजनीतिक दलसँग सोमबार छलफल गर्ने...   
फेरि घट्यो सुनको मूल्य, हेर्नुहोस् कति छ आज सुनको मुल्य ?

फेरि घट्यो सुनको मूल्य, हेर्नुहोस् कति छ आज सुनको मुल्य ?

काठमाडौं । निरन्तर रुपमा घटबढ हुँदै आएको सुनको मूल्य २ दिनदेखि यता घट्दै आएको छ । बिहीबार छापावाला...   
अस्पतालबाट डिस्चार्ज भए प्रधानमन्त्री

अस्पतालबाट डिस्चार्ज भए प्रधानमन्त्री

काठमाडौं । स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि प्रधानमन्त्री केपी शर्मा ओली आज अस्पतालबाट डिस्चार्ज...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top