Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

सिक्किममा पूर्वमुख्यमन्त्री चामलिंगकाे पार्टी एसडीएफ संकटमा, १० विधायकले भाजपा प्रवेश गरे

सिक्किम । सिक्किमका पूर्वमुख्यमन्त्री पवन कुमार चामलिंगको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)का १० विधायक मंगलबार भाजपामा प्रवेश गरेका छन् । भाजपाका कार्यकारी अध्यक्ष जेपी नड्डा र पार्टी महासचिव राम माधवले विधायकहरुलाई स्वागत गरे ।

२५ वर्षसम्म निरन्तर सिक्किममा सत्ता चलाएका चामलिंगको पार्टी एसडीएफका १५ विधायक थिए । जसमध्ये १० विधायक भाजपा प्रवेश गरेसँगै सिक्किमको सबैभन्दा लामो इतिहास बोकेको ठुलो पार्टी नै गम्भिर संकटमा पुगेको छ । कानूनत दुई तिहाई विधायक अन्य पार्टीमा प्रवेश गरेमा पार्टीको अधिकार र अस्थित्वमाथि नै प्रश्न उठ्छ ।

पछिल्लो लोकसभा चुनावमा पनि पवनको पार्टीले नराम्रो नतिजा ल्याएको थियो । चामलिंग नेतृत्वको पार्टीलाई केहि वर्षअगाडि गठन भएको सिक्किम क्रान्तिकारी पार्टी (एसकेएम) ले हराएको थियो । विधानसभामा ३२ सिटमध्ये १७ सिट एसकेएम र १५ सिट एसडीएफले पाएको थियो । चुनावी नतिजासँगै एसकेएम नेतृत्वमा प्रेम सिंह तामाङ सिक्किमका मुख्यमन्त्री बनेका छन् ।

पवन कुमार चामलिंग सन् १९९४ देखि २०१९ सम्म निरन्तर सिक्किमका मुख्यमन्त्री बनेका थिए । ६८ वर्षका चामलिंग भारतकै सबैभन्दा बढि (२५ वर्षसम्म) मुख्यमन्त्री बनेका एकमात्र नेता हुन् । तर गत चुनावमा उनको पार्टीले नराम्रो हार बेहोरेको थियो ।

सिक्किममा पनि भाजपाको सरकार : भाजपा महासचिव
भाजपा महासचिव राम माधवले सिक्किममा भाजपाको उपस्थिति बलियो हुँदै गएको भन्दै क्षेत्रीय दलसँगको निर्भरता हट्ने बताएका छन् । विधायकहरुलाई पार्टी प्रवेश गराएसँगै माधवले सिक्किममा सरकार बनाउनको लागि बाटो खुल्ला हुँदै गरेको पनि बताए ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies