Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

राष्ट्रियता बलियो बनाउने ऐतिहासिक अवसर

विश्वका शक्ति सम्पन्न देशले समेत आफ्नो राष्ट्रिय हित, स्वाधिनता र स्वाभिमानलाई अत्याधिक महत्व दिईरहेको स्थितिमा अस्थिर राजनीति र द्धन्द्धको स्थितिबाट भर्खरै नयाँ परिस्थितिमा प्रवेश गरेको नेपालले बदलिँदो विश्व परिवेश, सैनिक र आर्थिक प्रतिस्पर्धाको वातावरणमा चनाखो भएर आफ्नो हितको रक्षा गरिरहनु पर्दछ । नेपालको संविधानले निर्देशित गरेको तथा नेपालको आफ्नै अनुभवबाट उपयोगी सिद्ध, संयुक्त राष्ट्रसंघको वडापत्र, पञ्चशिलका सिद्धान्त र असंलग्नतामा आधारित परराष्ट्र नीतिमा अडिग रहँदै पारस्परिक सम्मान र हितको आधारमा परराष्ट्र नीति सञ्चालन गर्नुपर्दछ ।

कुनै पनि शक्ति राष्ट्रसँग कुनै पनि प्रकारको सामरिक गठजोडमा संलग्न हुन नेपालको संविधानले अनुमति दिँदैन् । र, त्यस प्रकारको गठजोरमा लाग्नु नेपालको हितमा पनि छैन् । यस सन्दर्भमा देश भित्र वा बाहिर संयुक्त सैन्य अभ्यासमा नेपालको संलग्नता गलत हुन्छ । प्राकृतिक विपदको सामना गर्ने उद्देश्यमा सिमित रहेर सुरक्षा निकायका बीच तालिम र अनुभवको आदानप्रदान गर्न सकिने भएतापनि ठुलो संख्यामा सेनालाई संलग्न गराएर द्धिपक्षीय सैनिक अभ्यासमा पनि नेपाल अब संलग्न हुनु हुँदैन् ।

नेपाली युवा युवतीलाई विदेशी सेनामा भर्ती गरिने नेपालको सार्वभौम सत्तामा आँच पु-याउने निरंकुश राणा शासनले थोपरेको गलत सम्झौताबाट देशलाई मुक्त गर्नुपर्छ । भूतपूर्व गोरखाका न्यायोचित आवाजहरु सुनिनुपर्दछ । र, त्यसलाई सम्बोधन गरिनुपर्दछ । स्वाधिन लोकतान्त्रिक गणतन्त्रले यो काम गर्नेपर्दछ ।

विगतका निरंकुश र अलोकतान्त्रिक सरकारले देशमाथि थोपरेका असमान र अपमानजनक सन्धी सम्झौताहरुबाट देश र जनतालाई मुक्त गर्न आवश्यक कुटनीतिक र राजनीतिक पाईला चाल्नु पर्दछ । किनकी ठुलो बहुमत सरकार भईरहेको बेलामा नेपालको लागि यो एउटा अवसर पनि हो । राष्ट्रिय परिचय पत्र, गाडीका नम्बर प्लेट, कर र भन्सार महसुल संकलन जस्ता संवेदनशील तथ्यांकको अभिलेख विदेशी सर्भरमा राखिनु हुँदैन् । त्यसको नेपालमै नेपाल सरकारको मातहत राखिने व्यवस्था गरिनुपर्दछ ।

माथिल्लो कर्णालीलगायतका जलविद्युत आयोजनाहरु सञ्चालन गर्न नेपाल सरकार र विदेशी कम्पनी पक्ष भई हस्ताक्षरित आयोजना विकास सम्झौताको नेपाल सरकारले द्धढताका साथ कार्यान्वयन गर्नुपर्दछ । सम्झौताका प्रावधान विपरित आयोजनामा ढिलो गर्ने अनुचित अनुमति दिएर देशलाई क्षति पु¥याउने मौका कसैलाई पनि दिइनु हुँदैन् । माथिल्लो कर्णालीको हकमा त्यस्तो भईरहेको छ । अब त्यो कुनै हालतमा पनि नविकरण गरिनु हुँदैन् । अन्तराष्ट्रिय कानून र स्वतन्त्र सभ्य देशहरुबीचको सम्बन्ध सञ्चालनका स्थापित मुल्य अनि मान्यतालाई अबलम्बन गर्दै अगाडि बढ्नु पर्दछ ।

अरु सार्वभौम सत्ता सम्पन्न देशहरुले जस्तो आफ्नो राष्ट्रिय हित, राष्ट्रिय सुरक्षा र अखण्डता तथा जनताका लागि राजनीतिक व्यवस्थाका विषयमा आफैं निर्णय गर्ने गरे झैं नेपालले पनि आफ्नो बारेमा आफैं निर्णय गर्ने अभ्यासलाई दृढताका साथ अनुसरण गर्नुपर्दछ ।

साम्राज्यवाद र उपनीवेशको बिगबिगी भएको समयमा समेत नेपाल स्वाधिन र स्वतन्त्र रहेको गौरवशाली इतिहासको सबैले स्मरण गर्नुपर्दछ । अनि गरिरहनु पर्दछ । कुनै पनि खालको बाह्य दबाब वा हस्तक्षेप देशमा नहोस् भन्नका लागि सत्य निरुपण मेलमिलाप आयोग तथा वेपत्ता व्यक्तिहरुको सम्बन्धमा छानविन आयोगका बाँकी काम अबिलम्ब पुरा गरि द्धन्द्धकालिन अवस्थाका कुनै पनि रुप बाँकी रहन दिनु हुँदैन् । यस तर्फ नेपाल सरकार र जिम्मेवार राजनीतिक दलका शिर्ष नेतृत्वको ध्यान जान आवश्यक छ ।

नेपाली जनताको अत्याधिक मत र समर्थन प्राप्त गरि नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा केन्द्र तथा ६ प्रदेशमा सरकार सञ्चालन गर्न पाएको ऐतिहासिक अवसरलाई आफ्ना पूर्वघोषित नीति र कार्यक्रम अनुरुप देश र जनताको हितको लागि द्धढताका साथ अधिकतम उपयोग गरिनुपर्दछ । यस सन्दर्भमा नागरिकता लगायत हाम्रो देशले लामो समयदेखि आफ्नो राष्ट्रिय हितको सुरक्षा गर्नको लागि हामी जुन आंकाक्षा राख्दै आयौं त्यसको आकांक्षा परिपुर्तिको दिशातर्फ सरकार द्धढतापूर्वक अगाडि बढ्नुपर्दछ । यो हाम्रो लागि ऐतिहासिक अवसर अनि चुनौति पनि हो ।

(प्रतिनिधि सभाको मंगलबारको वैठकमा नेकपाका नेता भीम रावलले गरेको सम्बोधनको सार जस्ताको तस्तै)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies