Khabar Dabali Logo
  August 21, Wed

अफगानी टोली नेपाल आइपुग्यो

काठमाडौं । काठमाडौँमा आयोजना हुने एभिसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगितामा सहभागिता जनाउन अफगानिस्तानको राष्ट्रिय भलिबल टोली आज नेपाल आइपुगेको छ ।

आगामी भदौ २ देखि ८ गतेसम्म हुने खेलमा सहभागिता जनाउन अफगानिस्तानको राष्ट्रिय भलिबल टोली नेपाल आइपुगेको हो । नेपाल भलिबल सङ्घका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अफगानिस्तान टोलीलाई स्वागत गरे ।

नेपालले अफगानिस्तानसँग यही साउन २९ र ३० गते दुई मैत्रीपूर्ण खेल खेल्दैछ । उक्त खेल लगनखेलस्थित आर्मीको कभर्डहलमा हुनेछ । एभिसी सेन्ट्रल जोनमा आयोजक नेपालसँगै साविक विजेता तुर्कमेनिस्तान, उज्बेकिस्तान, अफगानिस्तान, माल्दिभ्स, किर्गिस्तान र बङ्गलादेश गरी सात राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

यही च्याम्पियनसिपमा नेपालले तीन वर्षअघि माल्दिभ्समा भएको खेलमा कास्य पदक जितेको थियो । नेपालले हालसम्म अन्तर्राष्ट्रिय भलिबलमा प्राप्त गरेको एकमात्र पदक यसै प्रतियोगितामा हो ।

एभिसी सेन्ट्रल जोन खेल्ने नेपाली भलिबल टोलीको कप्तानीको भूमिका इमबहादुर रानाले निभाउनेछन् । त्यस्तै टोलीको अन्य सदस्य खेलाडीमा हरिहजुर थापा, नरेन्द्र गिरी, विशाल विक, राजकुमार निरौला, हरि अधिकारी, दुर्गा खड्का, दीपकराज जोशी, धनबहादुर भट्ट क्षेत्री, राजेन्द्र विष्ट, कुलबहादुर थापा, टेकराज अवस्थी, विनोदबहादुर चन्द र ईश्वर थापा मगर छन् ।

साउन २८ गते, २०७६ - १२:२० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नलसिंङगाड परियोजना अघि बढाउनेबारे उर्जामन्त्री–जापानी राजदूतबीच छलफल

नलसिंङगाड परियोजना अघि बढाउनेबारे उर्जामन्त्री–जापानी राजदूतबीच छलफल

काठमाडाैं । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ र जापानी राजदूत मासामिची साइगोबीच...   
संसद भवनमा सुविधासम्पन्न चमेना गृह

संसद भवनमा सुविधासम्पन्न चमेना गृह

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद् भवनमा तोकिएको अवधिभन्दा अघि नै सुविधासम्पन्न चमेना गृहको निर्माण...   
यसकारण रवि लामिछाने पत्नी निकिताको जाहेरी प्रहरीले लिन मानेन

यसकारण रवि लामिछाने पत्नी निकिताको जाहेरी प्रहरीले लिन मानेन

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजन कार्यक्रम...   

थारू सम्मेलनमा नेकपाले किन असहमति जनायो ?

काठमाडौं । यही भदौ ७, ८ र ९ गते हुने थरूहट/थारूवान् राष्ट्रिय सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०...   
प्रधानमन्त्री र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता, के कुराकानी भयो ?

प्रधानमन्त्री र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता, के कुराकानी भयो ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा आएका भारतका विदेशमन्त्री सुब्रमन्यम् जयशंकरबीच...   

हामीले तिरेको करको सम्मान गर, हिलो धुलो मुक्त सडकमा गुड्न देऊ

काठमाडौं । हामीले तिरेको करको सम्मान गर, हिलो धुलो मुक्त सडकमा गुड्न देऊ’ साँखु शालीनदी यातायात प्रालिका...   

रवि लामिछाने पत्नी निकिताले दिइन् किशोर श्रेष्ठसहित ३ जनाविरुद्ध जाहेरी

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजन कार्यक्रम...   

अस्ट्रेलियाली चर्चमा यौनकाण्डः कार्डिनल जर्ज पेल दोषी ठहर

मेलबोर्न । अस्ट्रेलियाली एक पुनरावेदन अदालतले बुधबार कार्डिनल जर्ज पेलमाथिको बालयौन दुराचारको सजायलाई...   

चर्चमा सामूहिक हत्याको योजना बनाएको आरोपमा पक्राउ

वासिङ्टन । अमेरिकी सङ्घीय जाँच ब्यूरो (एफबिआई)ले अमेरिकाको टेनेसी राज्यस्थित मेम्फिसको इसाई गिर्जाघर...   
काठमाडौं आइपुगे भारतीय विदेशमन्त्री जयशंकर, यस्तो छ भेटघाटको कार्यसुची

काठमाडौं आइपुगे भारतीय विदेशमन्त्री जयशंकर, यस्तो छ भेटघाटको कार्यसुची

काठमाडौं । भारतीय विदेशमन्त्री सुब्रमन्यम् जयशंकर नेपाल आइपुगेका छन् । बुधबार सवा १२ बजे त्रिभुवन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top