Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

गाउँपालिका र वडाकै मिलेमतोमा बालुवा उत्खनन्, दुई जनाको मृत्यु

नुवाकोट । ककनी गाउँपालिकाको कोल्पु खोलामा खाल्डोमा डुबेर दुई जनाको ज्यान गएको छ । स्थानीय खोलामा बालुवा उत्खनन गरेर छाडेको खाल्डोमा डुबेर दुई जनाको ज्यान गएको हो ।
नुवाकोट जिल्ला ककनी गाउँपालिका वडा नं. १ स्थित कोल्पु खोलामा डुबेर ज्यान गुमाएका मध्ये एक जना स्थानीय १३ बर्षकी बिनिता बलामी रहेकी छिन् । यस्तै अर्को सिन्धुली जिल्ला फिक्कल गाउँपालिकाकी ३५ बर्षिय लक्ष्मी तामाङ रहेकी छिन् ।

बिनिता बलामी नुहाउन जाने क्रममा बालुवा झिकेको खाल्डोमा परेर डुबेकी थिईन् । उनलाई बचाउन सँगै रहेकी लक्ष्मी तामाङ पनि बचाउने क्रममा डुेबको प्रत्यक्षदर्शी स्थानीयहरुले बताएका छन् । गाउँपालिका र वडा कार्यालयकै मिलेमतोमा बालुवा उत्खनन् कार्य हुदै आएको थियो ।
ज्यान गुमाएका दुई शबलाई वालुका उत्खनन् गर्ने ब्यक्ति मोहन कृष्ण श्रेष्ठको बालुवा भण्डारण र स्काभेटरसँगै राखेर प्रदर्शन जारी राखेको छ । खोलामा बालुवा झिक्न नपाउने माग सहित स्थानीयले प्रशासन र वडा कार्यालयको विरोध गरिरहेको छ ।

सोबार साँझ ५ बजेर ४५ मिनेटको उक्त घटनालाई लिएर यतिखेर कोल्पुखोलामा तानावपूर्ण अवस्था सिर्जना भएको छ । स्थानीयले क्षतिपूर्तिको माग सहित बालुवा उत्खनन् कार्य तत्काल बन्द गर्नुपर्ने माग राखेका छन् । स्थानीय प्रशासनका अनुसार वडा अध्यक्ष चन्द्र बहादुर श्रेष्ठ बलामी सहितको स्काभेटरहरुले बालुवा उत्खनन् गर्दै आईरहेको बुझिएको छ । घटना घटेको ठाउँमा स्थानीय मोहनकृष्ण श्रेष्ठले बालुवा उत्खनन् गर्दै आईरहेका छन् । उनको स्काभेटरमा भने स्थानीयले कुनै क्षति पु¥याएका छैनन् । घटनाको ज्जिमा मोहनकृष्ण श्रेष्ठले नलिएसम्म शब नबुझ्ने भन्दै अहिले विरोध भईरहेको स्थानीय दिपक बलामीले घटनास्थलबाट जानकारी दिएका छन् ।

गाउँपालिका र वडाकै मिलेमतोमा बालुवा उत्खनन्
नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा नं। १ स्थित कोल्पुखोलामा बालुवा निकाल्ने काम १ बर्षदेखी निरन्तर हुुदै आएको छ । बर्षायाम भन्दा अघि स्थानीय डाँडाँकाडाँमा स्काभेटर लगाएर बालुवा उत्खनन् गर्ने कार्य गरेको ठेकेदारहरुले बर्षायाम शुरु भएदेखी नै कोल्पु खोलाको ठाउँ ठाउँमा बालुवा उत्खनन् गरिरहेका छन् । पटक पटक प्रशासनले यसमा रोक लगाउन खोजेपनि अतेरी भएको स्थानीय प्रहरी प्रशासनले बताएका छन् ।

वडा अध्यक्षको दुई वटा स्कोभेटर छ । दुई वटा स्काभेटरले दिनको २० औं टिप बालुवा वडा अध्यक्षले किाल्नछन्, स्थानीयले बताए । यस्तै वडा अध्यक्ष नै यस्तो कार्यमा लागेपछि अरुले किन नगरोस् । वडा अध्यक्ष र गाउँपालिकाले कमिशनको चक्करमा लापरवाही गरेको आरोप स्थानीयहरुको छ ।

वडा अध्यक्ष चन्द्र बहादुर बलामीको २ वटा स्काभेटर सहित अहिले कोल्पु खोलामा ७०० मिटको बीचमा १० वटा भन्दा बढि स्काभेटर प्रयोग भईरहेको छ । ५०० घरदुरी रहेको गाउँको स्थानीयहरु नुहाउन खोलामा जाने गर्दछन् । त्यहि क्रममा मानवीय क्षति हुने खालको घटनाहरु भएकोले तत्काल बालुवा उत्खनन् कार्य बन्द हुनुपर्ने स्थानीयहरुको माग रहेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies