Khabar Dabali Logo
  August 21, Wed

गुगल म्यापलाई टक्कर दिन हुवावेले ल्याउँदै छ यस्तो एप

एजेन्सी । चीनको विशाल प्रविधि कम्पनी हुवावेले अहिले अमेरिकी प्रतिबन्ध झेलिरहेको छ। हुवावे चीन सरकारको जासुसीको माध्यम भएकोभन्दै अमेरिकाले यस कम्पनीलाई कालोसूचीमा राखेको छ।

यस कारण हुवावे खुलेर अमेरिकी बजारमा प्रवेश गर्न सकेको छैन। अमेरिकाले प्रतिबन्ध लगाएपछि अमेरिकी कम्पनी गुगलले समेत हुवावेको स्मार्टफोनमा आफ्ना सेवाहरु बन्द गर्ने बताएको छ।

गुगलले एन्ड्रोइड ओपरेटिङ सिस्टमसमेत हुवावेलाई नदिने बताउँदै गर्दा हुवावे आफैँले नयाँ अपरेटिङ प्रणाली विकास गर्ने बताइसकेको छ। उक्त अपरेटिङ प्रणालीको नाम ‘हार्मोनीओएस’ हुने घोषणा भइसकेको छ।

यसैबीच हुवावेले नयाँ म्यापिङ सर्भिस अर्थात् विश्व नक्साको सेवा पनि संचालनमा ल्याउने भएको छ। वर्तमान विश्वमा गुगल म्यापको दबदबा छ। हामी गुगल म्यापकै सहारामा विश्व भ्रमणमा निस्कन्छौं।

अमेरिकी प्रतिबन्ध भोगिरहेको हुवावेले आफ्नै म्यापिङ सर्भिस लन्च गर्ने घोषणा गरेको छ। यसको नाम म्याप किट राखिएको छ। हुवावेले रुसको सहायतामा यसको निर्माण गरिरहेको छ। चाइना डेलीका अनुसार यस म्याप किटबाट १ सय ५० देशको नक्सा हेर्न सकिने छ।

साउन २७ गते, २०७६ - २३:५६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डलर खानेहरुले रवि लामिछानेको पक्षमा आन्दोलन गरेको भन्दै छानविन गर्न माग

काठमाडौं। डलर खानेहरुले रवि लामिछानेको पक्षमा आन्दोलन गरिरहेको आरोप एक सांसदले लगाएका छन् । बुधबार...   

कश्मीर मुद्दामा मध्यस्थता गर्न ट्रम्पको चाँसो, भारत र पाकिस्तानसँग निरन्तर संवादमा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक कश्मीर मुद्दामा मध्यस्थतताको चाँसो देखाएका...   
१६ सचिवको सरुवा, को कहाँ पुगे (सूचीसहित)

१६ सचिवको सरुवा, को कहाँ पुगे (सूचीसहित)

काठमाडौं । कार्यसम्पादन सम्झौता गरेको एक महिना पनि नबित्दै सरकारले १६ सचिवहरुको सरुवा गरेको छ । सोमबारको...   

रवि लामिछानेलाई थप ५ दिन थुनामा राख्न आदेश

काठमाडौं । जिल्ला अदालत चितवनले टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई थप ५ दिन हिरासतमा राख्न...   
यस्तो छ माधव नेपालको ‘नोट अफ डिसेन्ट’ (पूर्णपाठसहित)

यस्तो छ माधव नेपालको ‘नोट अफ डिसेन्ट’ (पूर्णपाठसहित)

काठमाडौं । पछिल्ला सचिवालय निर्णयहरु प्रति असहमत रहेका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र...   
चीनको चेतावनीलाई वेवास्ता गर्दै हङकङमा भयो झनै ठुलो प्रदर्शन (फोटोफिचरसहित)

चीनको चेतावनीलाई वेवास्ता गर्दै हङकङमा भयो झनै ठुलो प्रदर्शन (फोटोफिचरसहित)

एजेन्सी । चीनको स्वशासित क्षेत्र हङकङमा प्रदर्शन झनै चर्किदैं गएको छ । चीनको चेतावनीका वावजुत झन्...   

५० पदका लागि हुने उपनिर्वाचनका लागि ४० करोड लाग्ने अनुमान

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १४ गतेका लागि तोकेको उपनिर्वाचनका लागि करिब ४० करोड रुपैयाँ...   

ज्योतिषीलाई कानुनी दायरामा ल्याउन माग

काठमाडौं । प्रतिनिधिसभामा सांसदले ज्योतिषीलाई पनि करको दायरामा ल्याउनु पर्ने माग गरको छन् । मंगलबारको...   
सुन किनबेच गर्दै हुनुहुन्छ ? यस्तो छ आजको बजारमुल्य

सुन किनबेच गर्दै हुनुहुन्छ ? यस्तो छ आजको बजारमुल्य

काठमाडौं । केहि दिनदेखि नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । आज छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँ...   
सरकारको कारण राँगा भैंसी तस्करी बढ्यो : नेकपा सांसद खतिवडा

सरकारको कारण राँगा भैंसी तस्करी बढ्यो : नेकपा सांसद खतिवडा

काठमाडौं । नेकपाका सांसद विरोध खतिवडाले सरकारको कारण राँगा भैंसी तस्करी बढेको भन्दै विरोध जनाएका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top