Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

शिक्षामा रुपान्तरणकारी नीति र कानून ल्याइन्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिक्षा क्षेत्रलाई रुपान्तरणका लागि नयाँ नीति र कानून ल्याउने बताएका छन् । ‘शिक्षालय’ राष्ट्रिय मासिकको १५ औँ ‘एजुकेशन अवार्ड २०७६’ प्रदानपछि अध्यक्ष प्रचण्डले विकसित मुलुकले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिएको उदाहरण लिँदै नेपालले पनि शिक्षालाई प्राथमिकता दिई उपयुक्त नीति र कानून ल्याउन आवश्यक भएको बताए ।

अध्यक्ष दाहालले सरकारले विज्ञहरुको सुझावका आधारमा उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन बुझिसकेको र सङ्घीय शिक्षा ऐनसँगै नयाँ शिक्षा नीति तर्जुमा गर्न खोजेको उल्लेख गरे ।

कार्यक्रममा अध्यक्ष दाहालले शिक्षा क्षेत्रमा योगदान दिने विभिन्न व्यक्तिलाई सम्मानित पनि गरेका थिए । सम्मानित हुनेहरुमा ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ शिक्षासेवी रत्नमान गुरुङ, ‘इन्स्पिरेशनल अवार्ड’ सांसद् शान्ता चौधरी, ‘एजुकेशन भिजन अवार्ड’ प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल, ‘स्कुल अफ दी एयर’ सामुदायिकतर्फ सुर्खेतको जनज्योति मावि र निजीतर्फ बुटवलको न्यू होराइजन माविलाई प्रदान गरियो ।

यसैगरी शिक्षा पत्रकारितातर्फ नेपाल टेलिभिजनका रविचन्द्र पराजुली र कारोवार दैनिकका गोपाल सङ्ग्रौला, ‘एक्सिलेन्स अवार्ड’ ग्लोबल केलज एण्ड म्यानेजमेन्ट’, ‘गुडविल एचिभमेन्ट अवार्ड’ नवलपरासीको अक्फोर्ड कलेज, ‘प्रिन्सिपल अफ दी एयर’ नाइटिङ्गेल स्कुलका रञ्जना प्रधान, ‘डेडिकेशन अवार्ड’ खगेन्द्र नेपाल र मानबहादुर बुढा, ‘कन्ट्रयुब्युसन अवार्ड’ शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, ‘क्रियटिभ अवार्ड’ एनसिसिएस कलेज, ‘राइजिङ अवार्ड’ समृद्धि एजुकेशन फाउण्डेशन, ‘बेष्ट टिचर अवार्ड’ हनुमन्तेश्वर मावि, दोलखाका गोपालध्वज श्रेष्ठ र रु २५ हजार राशिको चौधरी ग्रुपको ‘वाइवाइ ज्ञान पुरस्कार बुटवलस्थित कालिका मानविज्ञान माविका विद्यार्थी सविना सुवेदीलाई प्रदान गरियो ।

शिक्षालय मासिकका प्रधानसम्पादक श्याम तण्डुकारले यस अवार्डलाई क्रमशः स्थानीय तह हुँदै अन्तर्राष्ट्रियस्तरसम्म विस्तार गरी शिक्षामा रुपान्तरण गर्न चाहनेलाई प्रोत्साहन गरिने बताए ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies