Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

विषादी परीक्षणपछि मात्रै तरकारी भित्र्याइँदै

डडेल्धुरा । भारतबाट आयातित मात्रै नभइ सुदूरपश्चिम प्रदेशमा उत्पादन हुने तरकारीको विषादी परीक्षण एकाइले कडाइ गर्न थालेपछि यस क्षेत्रका उपभोक्ता खुशी भएका छन् । विषादी परीक्षण नगरेको तरकारी र फलफूल नेपालका बजारमा भित्रिनमा भन्सार कार्यालयले रोक लगाएको जनाएको छन् ।

कैलालीे धनगढीको अत्तरियामा रहेको विषादी अवशेष दु्रत विश्लेषण एकाइले तरकारी तथा फलफूलको विषादी परीक्षणमा कडाइ गरेको जनाएको छ । पहिलेदेखि छड्के रुपमा विषादी परीक्षण गर्ने गरेको एकाइले सर्वोच्च अदालतको आदेश पश्चात भारतबाट आयात हुने फलफूल र तरकारीको विषादी परीक्षणमा कडाइ गरेको हो ।

कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी भन्सारबाट नेपाल भित्रिने भारतीय तरकारी र फलफूलको नियमित रुपमा परीक्षण गरिरहेको फलफुल तथा तरकारी बिक्रेता बताउँछन् । भारतबाट आयातित मात्रै नभइ सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा उत्पादन भई कृषि उपज थोक बजार अत्तरीयामा ल्याइने तरकारी तथा फलफूलमा रहेको विषादी परीक्षण भइरहेको र परीक्षण पश्चात मात्रै ती वस्तुलाई उपभोक्तासम्म ल्याइने गरिएको व्यवसायी हेमराज पनेरुले बताए ।

पहिले पनि विषादी परीक्षण हुने गरे पनि पछिल्लो समयमा नेपाल सरकारको निर्देशन अनुरुप नै विषादी परीक्षणमा थप कडाइ गरिएको विषादी अवशेष दु्रत विश्लेषण एकाइका प्रमुख जीतबहादुर थापाले बताए । भारतबाट आयात हुने तरकारी र फलफूलको विषादी परीक्षण गरेपछि मात्रै भन्सारले बजारमा आउन दिने गरेको छ ।

तरकारी तथा फलफूलमा पाँच प्रकारको विषादी परीक्षण गर्नुपर्ने भए पनि स्रोत साधनको अभावमा हाल विषादी अवशेष दु्रत विश्लेषण एकाईले दुई किसिमको विषादी परीक्षण गर्ने गरेको प्रमुख थापाको भनाइ छ । उक्त एकाइमा कर्मचारी अभावमा विषादी परीक्षण गर्ने कार्य प्रभावित हुने गरेको छ । चारजना कर्मचारीको दरबन्दी रहेको सो एकाइमा हाल एकजना कार्यालय प्रमुख मात्रै हुनुहुन्छ । रासस

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies