Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

सैनिक कल्याणकारी कोषले लघुवित्तका लागि ४ अर्ब ४३ करोड कर्जा दिने

काठमाडौं । सैनिक कल्याणकारी कोषले आफ्ना हिताधिकारीलाई रु चार अर्ब ४३ करोड ११ लाख ८६ हजार लघुवित कर्जा उपलब्ध गराएको छ ।

सेवामूलक व्यवसाय सञ्चालन गरी लाभग्राहीको आय आर्जन वृद्धि गराउने उद्देश्यले सञ्चालन गरिएको लघुवित कर्जा तथा सुलभ घरकर्जा कार्यक्रमबाट हालसम्म २६ हजार ६४१ जना लाभान्वित भएको कोषका निर्देशक सागरबहादुर केसीले जानकारी दिए । नेपाल इन्भेष्टमेन्ट बैंकको सहकार्यमा सहुलियत ब्याजदर(वार्षिक ४.५ प्रतिशत) मा कर्जा दिने व्यवस्था गरिएको छ ।

सैनिक सेवाबाट अवकास भएका व्यक्तिको जीवनलाई सवल र सक्रिय तुल्याउन योगदान पुगोस् भन्ने हेतुले कोषले परिवार तथा आवास अनुदान सहुलियत कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । उक्त कार्यक्रमअन्तर्गत प्रतिव्यक्ति मासिक रु ४०० का दरले कल्याणकारी कोषबाट अनुदान दिई अवकाश हुँदाका बखत एक मुष्ट साँवा ब्याज लिन पाउने व्यवस्थासहित सकलदर्जाका लागि आवास र बीमा कार्यक्रम सञ्चालन भइरहेको कोषले जनाएको छ ।

कोषले विगतको द्वन्द्वमा अशक्त भएकालाई राहत स्वरुप ३७ जनालाई स्कुटर, १५६ जनालाई ह्वाल चियर तथा ६५ जनाको नाममा मुद्दति खाता खोलेर प्रतिव्यक्ति रु एक लाख चार हजार जम्मा गरिदिएको जनाएको छ ।

सैनिक विद्यालय तथा महाविद्यालयमा अध्ययन गर्न मौका नपाएका सैनिक परिवारका एक सन्तानलाई १० हजार प्रतिवर्ष उपलब्ध गर्दै आएको छात्रवृत्ति रकमलाई बढाएर २० हजार पु¥याइएको छ । सेवामा रहँदा मृत्यु भएका सैनिकका दुई सन्तानलाई ६ देखी १४ वर्ष उमेर नपुगेसम्म उपलब्ध गराउँदै आएको रु १२ हजारबाट वृद्धि गरी रु २० हजार प्रतिवर्ष पु¥याइएको जानकारी दिइयो ।

कोषले उपलब्ध गराउने छात्रवृत्तिबाट २१ हजार ४६८ सन्तति लाभान्वित भएको जनाइएको छ । सेवामा रहेका र अवकाश प्राप्त गरेका सैनिकका सन्ततिलाई स्वदेश वा विदेशमा चिकित्साशास्त्र, इञ्जिनीयरिङ, सूचना प्रविधि, कृषि, पशुविज्ञान तथा वन विज्ञान सङ्कायमा स्नातक तहको अध्ययनको लागि सैनिक सन्तति प्राविधिक शिक्षण सहुलियत कर्जा कार्यक्रममार्फत १४५ जनालाई ५ प्रतिशत ब्याजमा २१ करोड ७४ लाख कर्जा उपलब्ध गराउन कोषले सिफारिस गरेको छ ।

सैनिक विद्यालय नभएका प्रदेशका हिताधिकारीका सन्ततिलाई अध्ययन सुविधाका लागि कोषले प्रदेश नं २ र ५ का १९ वटा उत्कृष्ट निजी तथा सामुदायिक विद्यायय छनौट गरी ५२१ जनालाई अध्ययनको व्यवस्था मिलाएको जनाइएको छ । आगामी वर्ष ७७ जिल्लामा उक्त सुविधा विस्तार गर्ने जनाइएको छ ।

कोषद्वारा सञ्चालित विद्यालय र महाविद्यालयबाट माध्यमिक शिक्षा परीक्षमा कूल एक हजार ९४ जना विद्यार्थी सामेल भएकामा ७८।५ प्रतिशत विद्यार्थीले ए भन्दा माथिल्लो ग्रेडिङ प्राप्त गरेको कोषद्वारा शुुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

आव २०७५÷७६मा सैनिक विद्यालयमा अध्ययनरत सैनिकतर्फका ३३२ विद्यार्थीलाई नौ करोड २४ लाख तथा गैरसैनिकतर्फका १३२ विदार्थीलाई सात करोड ७६ लाख बराबरको छात्रवृत्ति उपलब्ध गराइएको जानकारी दिइयो ।

नेपाल मेडिकल काउन्सिलद्वारा लिइएको एमबिबिएसको अनुमति परीक्षामा देशभरको औसत उर्तिण ४० प्रतिशत रहेकोमा कोषद्वारा सञ्चालित नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको नतिजा शतप्रतिशत रहेको बताइयो । सैनिक विद्यालय तथा महाविद्यालयमा कूल विद्यार्थी सङ्ख्याको ४० प्रतिशत विद्यार्थी गैरसैनिकका सन्तति भर्ना लिने व्यवस्था गरिएको छ । बहालवाला तथा अवकाश प्राप्त सैनिकका श्रीमान्÷श्रीमतीलाई सैनिक अस्पतालमा उपचार हुन नसक्ने गम्भीर प्रकृतिको रोग लागेमा प्रतिव्यक्ति पाँच लाखसम्मको उपचार सुविधा प्राप्त गर्ने स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिएको कोषले जनाएको छ ।

कोषद्वारा सञ्चालित वीरेन्द्र सैनिक अस्पतालबाट २०७६ असार मसान्तसम्ममा चार लाखले स्वास्थ्य उपचार सेवा लिएकामा त्यसमध्ये ९३ हजार ११२ थप उपचारका लागि अस्पताल नै भर्ना भएका थिए । उक्त अस्पतालबाट हालसम्म एक हजार ९१ जना गैर सैनिकले पनि स्वास्थ्य उपचार सेवा लिएको कोषले जनाएको छ ।

कोषमार्फत बहालमा रहेका सैनिक तथा भूपूका परिवारजनलाई लक्षित गरेर विभिन्न सीपमूलक स्वरोजगार तालीमसमेत सञ्चालन हुँदै आएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies