Khabar Dabali Logo
  August 21, Wed

पहिरोका कारण अन्द्राडीवासीलाई उठीवासको चिन्ता

बाजुरा । गाउँको बीचमा पहिरो बग्न थालेपछि अन्द्राडीको सिङ्गो गाउँमा नै उठीवासको चिन्ता बढेको छ । बाजुराको गौमुल गाउँपालिका–१ मा पर्ने अन्द्राडी गाउँको बीच भागबाटै पाँच दिनयता नियमित पहिरो बग्न थालेपछि सिङ्गो गाउँ नै उठीवास लाग्ने चिन्ता बढेको हो । स्थानीयवासीलाई तत्काल अर्को स्थानमा सार्ने नजिक ठाउँ पनि छैन ।

अन्द्राडी जिल्लाकै सर्वाधिक विकट र दुर्गम गाउँ हो । जिल्ला सदरमुकाम मार्तडीबाट पैदल हिँडेरै दुई दिन लाग्ने गर्छ । गाउँपालिकाको केन्द्र घटमुनाबाटै हिँडेर डेढ दिन लाग्ने गरेको अन्द्राडी नजिकै अम्लीसगाउँका स्थानीयवासी हिक्मत रोकायाले बताए । गाउँमा ३५ परिवारको बसोबास छ । तलतिर खोला र माथि जङ्गलसहितको पहाड छ । माथिको पहाड पहिरोसँगै बग्न थालेपछि सिङ्गो गाउँ नै त्रसित बनेको छ । रातभर ननिदाएरै जागराम बस्नुपरेको स्थानीयवासी धनबहादुर बोहराको भनाइ छ ।

गएको आइतबार रातिबाट पहिरो बग्न थाले पनि गाउँपालिकालाई दुई दिन ढिलो गरी जानकारी गराइएको हो भने स्थानीय प्रशासन र अन्य निकायले पनि ढिलो गरी जानकारी पाएका हुन् । पहाडको भित्री खोंचमा पर्ने गाउँ टेलिफोन सेवाको समेत पहुँच छैन । टेलिफोन सम्पर्कका लागि अर्को स्थानमा गएर सम्पर्क गर्नुपर्ने बाध्यता स्थानीयवासीसँग रहेको छ ।

गाउँका १५ घरपरिवार एकातिर र अरु परिवार एकातिर हुने गरी बीचमा पहिरो बगिरहेको छ । तीमध्ये १३ परिवारले तत्काल घर छाड्नुपर्ने अवस्था छ । नजिकै गोठ छाना पनि नभएको र सबै परिवार गएर बस्न मिल्ने ठूलो चौर नहुँदा घरमै बस्नुपर्ने बाध्यता रहेको स्थानीयवासीको दुखेसो छ ।

सिङ्गो घर छोडेर टाढा जाने अवस्था पनि छैन, भएभरको श्रीसम्पत्ति घरमै छ, त्यो सबै त्यागेर अन्यन्त्र जान पनि स्थानीयवासी तयार नरहेको धनबहादुर बोहराले बताए । स्थानीयवासी पानी आए पनि नआए पनि रातको समयमा जागराम बस्ने गरेका छन् । ढिलोचाँडो जे भए पनि सिङ्गो गाउँ पहिरोसँगै बग्ने अवस्था छ ।

गाउँपालिका उपाध्यक्ष सीता थापा भने पहिरोको अवस्था अध्ययन गरेर फर्किएकी छन् । अन्द्राडीसहित अन्य धेरै गाउँहरु उच्च जोखिममा रहेकाले गाउँ कार्यपालिकाको बैठक बसेर आवश्यक पहल गरिने उपाध्यक्ष थापाले बताइन्। स्थानीय पहिरोको पर्खाइमा बस्नुपरेको जस्तो अवस्था छ । गौमुल गाउँपालिका–६ टुनिमा पहिरो गएर दुई आमाछोरीको मृत्यु भएको दुई दिनपछि अन्द्राडीमा पहिरो बग्न शुरु भएको हो ।

घाम लागेको बेला रोकिएजस्तो भए पनि पानी पर्ने बित्तिकै पहिरो बग्ने गरेको छ । जोखिम बढ्दै गएकाले स्थानीयवासीलाई अर्को स्थानमा सार्न पहल थालिएको वडा सदस्य हर्क बोहराले जानकारी दिए । पहिरोकै कारण यतिबेला जिल्लाका सयौँ बस्ती उच्च जोखिममा छन् । एकीकृत बस्ती विकास गर्ने भनिए पनि राज्य मौन देखिएको छ ।

साउन २४ गते, २०७६ - ११:५९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसद् भवनमा सुविधासम्पन्न चमेना गृह

संसद् भवनमा सुविधासम्पन्न चमेना गृह

काठमाडौ। नयाँ बानेश्वरस्थित संसद् भवनमा तोकिएको अवधिभन्दा अघि नै सुविधासम्पन्न चमेना गृहको निर्माण...   
अब चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइ अन्त्य हुने

अब चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइ अन्त्य हुने

काठमाडाै । चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइ हटाउने उद्देश्यले ‘मास प्रिन्टर’ जडानको काम शुरु...   

गुणस्तर शिक्षाको नीति अन्तिम चरणमा: मन्त्री पोखरेल

काठमाडाै । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उच्च विद्यालयको शैक्षिक गुणस्तरमा...   

अठार वर्षपछि साधारणसभा, एउटा धारा जडान गर्न रु ४० हजार

भक्तपुर । सूर्यविनायक नगरपालिका–१ सिरुटारमा सञ्चालित सिरुटार खानेपानी उपभोक्ता समितिलाई एक महीनाभित्र...   

फुटबल : नेपाल भारतसँग पराजित

काठमाडौ । भारतमा जारी पाँचौँ संस्करणको यू–१५ ९पन्ध्र वर्षमुनि० साफ फुटबल च्याम्पियनसिपको आफ्नो पहिलो...   

दुर्घटनाका कारण रसुवाको राजमार्ग अवरुद्ध

रसुवा । स्याफ्रुबेँसी धुञ्चे सडकखण्डमा आज बिहान ८ बजे भएको सवारी दुर्घटनाका कारण रसुवागढी क्षेत्रको...   

यी ११ उद्योग कारवाहीमा

हेटाैडा । तोकिएको समयमा नापतौल यन्त्र जाँच र नवीकरण नगराउने पर्सा जिल्लाका ११ उद्योगलाई कारवाही गरिएको...   

एशिया कप क्रिकेट: नेपालको पहिलो प्रतिद्वन्द्वी श्रीलङ्का

काठमाडौँ । यसै महीना श्रीलङ्कामा आयोजना हुने एसिसी यू–१९ (उन्नाइस वर्षमुनि) एशिया कप क्रिकेटमा नेपालले...   
ट्रान्सफर्मर भित्रको तार चोरी

ट्रान्सफर्मर भित्रको तार चोरी

सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिकास्थित गुटबजारमा बिजुलीको ट्रान्सफर्मर भित्रको तार चोरी...   
तलबको १० प्रतिशत रकम आमाबुबाको खातामा

तलबको १० प्रतिशत रकम आमाबुबाको खातामा

कावासोती । नवलपरासी पूर्वको देवचुली नगरपालिकाले तलबको दश प्रतिशत रकम आफ्ना आमाबुबाको खातामा जम्मा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top