Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

यसकारण प्यान नम्बर लिनेको सङ्ख्या ह्वात्तै बढ्यो

बनेपा । आन्तरिक राजश्व कार्यालय धुलिखेलबाट दुई महीनाको अवधिमा ६ हजार २८३ जनाले स्थायी लेखा नम्बर (प्यान) र भ्याट प्रमाणपत्र लिएका छन् ।

व्यक्तिगत रुपमा पारिश्रमिक आयआर्जन गर्ने तथा व्यावसायिक रुपमा गरिएका अर्थ उपार्जनका गतिविधिहरुको विवरण चुस्तदुरुस्त बनाउनका लागि सरकारले जेठ १५ गतेदेखि प्यान र भ्याट अनिवार्य गरेपछि प्रमाणपत्र लिनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो ।

“सरकारले सो व्यवस्था गरिएपश्चात् विशेषगरी व्यक्तिगत प्यान प्रमाणपत्र लिन आउनेको सङ्ख्या ह्वात्तै बढेको छ”, आन्तरिक राजश्व कार्यालय धुलिखेलका प्रमुख कर अधिकृत डमरुप्रसाद पराजुलीले भन्नुभयो, “अहिले दैनिक रुपमा तीन सयदेखि पाँच सयखसम्म सेवाग्राहीहरु व्यक्तिगत प्यान लिन मात्रै आउने गरेको छ ।”

सत्र–अठार जना कर्मचारी रहेको सो कार्यालयमा सेवाग्राहीको घुइँचो बढेसँगै खाजा खाने समयमा समेत समय मिलाएर सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको उननको भनाइ छ । “टाढा÷टाढाबाट आउने सेवाग्राहीहरुका लागि हामीले कार्यालय परिसरमा आएपछि बेलुका ६÷७ बजेसम्म बसेर भए पनि प्रमाणपत्र उपलब्ध गराउने गरेका छौँ”, उनले भने, “व्यक्तिगतसँगै व्यावसायिक र भ्याट प्रमाणपत्र लिन आउनेको सङ्ख्या पनि उल्लेख्य रहेको छ ।” माल वस्तु ओसारपसार गर्दा बिल र ढुवानी पेश गर्नुपर्ने व्यवस्थाले गर्दा झन् बढी व्यावसायिक प्यान लिनेको सङ्ख्या बढेको उनहाँले बताए।

व्यवसाय, रोजगारी वा कुनै आयआर्जन गरेपछि तपाईंले सरकारलाई कुनै न कुनै रूपमा कर बुझाउनैपर्छ । जानाजान वा अन्जानमा तपाईंले कर नबुझाए सरकारी कारबाही तथा जरिवानामा पर्न सक्नुहुन्छ । जसले तपाईंको व्यवसाय, रोजगारी वा आयआर्जनमा अप्ठ्यारो पार्न सक्छ । कर तिर्न योग्य हुनका लागि निश्चित नीति नियम तथा मापदण्ड छन् ।

के हो प्यान नम्बर ?

स्थायी लेखा नम्बर अर्थात प्यान प्रत्येक करदाताको पहिचानका लागि दिइने स्थायी संकेत अंक हो । यो ९ डिजिटको हुन्छ । कुनै व्यक्तिले व्यवसाय गर्ने स्थल वा व्यवसायको प्रकृति वा अन्य विवरण बदली गरे पनि करदाताको संकेत नम्बर भने स्थायी हुन्छ ।

यो कर तिर्ने प्रयोजनमा काम लाग्छ । यसबाहेक कुनै पनि आधिकारिक निकायलाई कर प्रयोजनका लागि आवश्यक परेका सूचना समेत यहाँ भण्डारण गरिएको हुन्छ ।

कसरी लिन सकिन्छ ?

व्यवसाय वा आय आर्जनमा संलग्न हुने व्यक्ति वा अग्रीम करकट्टी गर्ने व्यक्तिले स्थायी लेखा नम्बर लिनुपर्ने कानूनी प्रावधान छ । अहिले सरकारी कार्यालय, सार्वजनिक संघसंस्था, विद्यालय, विश्वविद्यालय, अस्पताल, गैरसरकारी संस्थालगायत निजी क्षेत्रका संघसंस्था एवम् उद्योग व्यवसायिक र्फमबाट कर्मचारीर कामदारको एकमुष्ट फाराम भराउन सकिने सुविधा दिइएको छ ।

अनलाइनबाट पनि दर्ता फाराम भर्न सकिन्छ । कार्यालयले स्थलगत रुपमा टोली खटाउन माग गरे विभागबाट सम्बन्धित कार्यस्थलमै कर्मचारी खटाएर प्यान नम्बर प्रदान गर्ने व्यवस्था सरकारले मिलाएको छ । व्यक्तिगत रुपमा नजिकको करदाता सेवा कार्यालय तथा आन्तरिक राजस्व कार्यालय पुगेर प्यान लिन सकिने व्यवस्था मिलाइएको छ । यसका लागि नागरिकताको फोटोकपि र फोटो आवश्यक हुन्छ ।

विदेशीलाई पनि अनिवार्य

नेपालमा काम गरिरहेका विदेशी नागरिकले समेत अनिवार्य स्थायी लेखा नम्बर लिनुपर्ने भएको छ ।

आन्तरिक राजस्व विभागका अनुसार व्यक्तिगत स्थायी लेखा नम्बरका लागि विदेशीले निज कार्यरत रहेको कार्यालयको सिफारिस र विदेशी भनी प्रभाणित गराउने कागजात अनिवार्य बुझाउनुपर्छ ।

“नेपालभित्र बसेर आम्दानी गर्ने सबै व्यक्तिका लागि अनिवार्य हो,’ प्रमुख कर अधिकृत पराजुलीले भनेयो, ‘त्यसका लागि दर्ता गर्ने क्रममै परिचय खुल्ने कागजातको व्यवस्था गरिएको छ ।’ विदेशीको हकमा राहदानी वा सम्बन्धित कूटनीतिक नियोगद्वारा जारी गरिएको प्रमाणपत्र दाखिला गर्नुपर्ने व्यवस्था छ ।

नेपालको अनौपचारिक क्षेत्रमा ठूलो संख्यामा भारतीय कामदार कार्यरत छन् । तर, कति संख्यामा छन् भन्ने खुलेको छैन । उनीहरुलाई अन्य देशका नागरिकलाई जस्तो श्रम स्वीकृति चाहिँदैन । प्यान नम्बर लिन पनि उनीहरुलाई श्रम स्वीकृति आवश्यक पर्दैन ।

व्यवसाय, रोजगारी वा अन्य कुनै आर्जन गर्ने प्रत्येक व्यक्ति, फर्म र संस्थाले अनिवार्य रुपमा कर कार्यालयमा दर्ता भई स्थायी लेखा नंम्बर ९प्यान० लिनुपर्छ । व्यवसाय दर्ता गरिसकेपछि कर कार्यालयबाट स्थायी लेखा नम्बर लिनुपर्दछ । स्थायी लेखा नम्बर लिएका व्यक्ति तथा संस्थाले आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र आन्तरिक राजस्व कार्यालयमा कर विवरण बुझाउनुपर्दछ ।

कति जनाले लिए प्यान रु
अन्तःशुल्कको नवीकरण र भ्याटको अन्तःशुल्कको प्रमाणपत्र नवीकरण साउन महीनाभित्रमा नै गर्ने भएकाले पनि सेवाग्राहीको थप घुइँचो बढेको कार्यालयले जनाएको छ । उहाँका अनुसार जेठ १५ देखि साउन २२ गतेसम्ममा पाँच हजार १८४ जनाले व्यक्तिगत प्यान प्रमाणपत्र लिइसकेको छ ।

त्यस्तै व्यावसायिक प्यान लिएको सङ्ख्या एक हजार २२ र भ्याट प्रमाणपत्र लिनेको सङ्ख्या ७७ रहेको रहेको प्रमुख कर अधिकृत पराजुलीले बताउनुभयो । काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको कार्यालयबाट काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र दोलखा जिल्ला गरी चार वटा जिल्लालाई सेवा प्रदान गर्दै आएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies