Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

जब युवतीले अफिसबाट घर आउनेबित्तिकै शारिरिक सम्बन्धको माग गर्न थालेपछि....

जब कुनै पुरुषले महिलामाथि उनको मर्जीबिना शारिरिक सम्बन्ध स्थापित गर्छ भने त्यो करणी हो तर यदि महिलाले पुरुषलाई उनको मर्जी बिना यस्तो गर्न बाध्य बनाए के त्यो पनि करणी होइन र ?

इंगल्याण्ड र वेल्सको कानूनमा यो बलात्कार होइन तर यो घटनामाथि अध्ययन गर्ने एक लेखकले सायद यसलाई पनि करणीको संज्ञा दिनुपर्ने कुरामा जोड दिन्छिन् ।

लेंकास्टर युनिभर्सिटी ल स्कूलकी डाक्टर सियोभान वियरेले ब्रिटेनमा सन् २०१६–१७ का क्रममा जबरजस्ती करणी सम्बन्धमाथि पहिलो अनुसन्धान गरेकी छिन् । यसमा उनले २ सय बढी पुरुषको अनलाइन सर्वेक्षणमार्फत् सूचना संकलन गरिन् ।

उनले सन् २०१८ र जुलाई २०१९ बीच ३० पुरुषसँग व्यक्तिगत अन्तरवार्ता गरिन् । यो शोध हालै प्रकाशित भयो ।

यसमा जबरजस्ती करणी सम्बन्ध स्थापित भएको खण्डमा यसको परिणाम के हुन्छ र कानूनी कारवाही कस्तो हुन्छ भनेर विस्तृत चर्चा गरिएको छ ।

कुराकानी गरिएका सबैको नाम गोप्य राखिएको छ तर हामी तीमध्ये एकलाई जोनको नामले बोलाउँछौं ।

जोनका अनुसार केही गलत भइरहेको पहिलो पटक महसुस त्यतिबेला भयो जब उनका पार्टनरले आफूलाई नै हानी गर्न सुरु गरिन् ।

एक डरलाग्दो घटनापछि उनले पार्टनरलाई उपचारका लागि लगे जहाँ दम्पत्तिले यस पछाडिको मनोवैज्ञानिक कारणमाथि घण्टौं कुरा गरे ।

लगभग ६ महिनापछि उनकी पार्टनरले आफूलाई चोट पुर्‍याउनुको साटो जोनलाई नै निशाना बनाउन सुरु गरिन् ।

जबरजस्तीः
जोन भन्छिन्, ‘म लिभिङ रुममा बसेको थिएँ र उनी किचनबाट आइन् । त्यसपछि मेरो नाकमा बेस्सरी हानिन् र छिल्लिँदै हाँस्दै भागिन् । त्यो दिनदेखि दिनदिनै झगडा हुन सुरु भयो ।’

पछि उनले आफ्नो डाक्टरसँग मद्दत लिने कोसिस गरिन् । उनको केही काउन्सिलिङ पनि भएको थियो र उनलाई मनोवैज्ञानिक तरिकाले उपचार गर्न सल्लाह दिइएको थियो ।

जोन भन्छन्, ‘मेरी पार्टनर अफिसबाट घर आउनेबित्तिकै शारिरिक सम्बन्धको माग गर्न थालिन् । उनी हिंस्रक हुन थालिन् र स्थिती यहाँसम्म पुग्यो कि पार्टनर घर आउने कुरा सोचेरै म डराउन थालेँ ।’

एकदिन जोनको आँखा खुल्दा उनले आफ्नो दाहिने हात बेडको फ्रेमसँग हत्कडीले बाँधिएको पाए । यस्तो उनको पार्टनरले गरेकी थिइन् ।

त्यसपछि बेड नजिकै राखिएको स्टेरियो सिस्टमको लाउड स्पिकरले उनलाई टाउकोमा हान्न सुरु गरिन् र उनको अर्को हात नायलनको डोरीले बाँधिन् र उनलाई शारिरिक सम्बन्ध गर्न दबाब दिइन् ।

पीडा र डरका कारण जोनले उनको इच्छा पूरा गर्न असमर्थ थिए त्यसकारण उनकी पार्टनरले उनलाई पुनः पिट्न सुरु गरिन् र आँधा घण्टासम्म बाँधेर राखिन् । उक्त घटनापछि उनकी पार्टनरले यसबारे केही पनि कुरा गर्न मानिनन् ।

केही समयपछि उनी गर्भवती भइन् र केही दिनसम्म झगडामाथि विराम लाग्यो । तर बच्चा जन्मिएको केही समयपछि जब एक रात जोनको आँखा खुल्यो तब उनको हात बेडसँगै हत्कडीले बाँधिएको पाए ।
आमधारणाः

त्यसपछि उनले पार्टनरले आफूलाई जबरजस्ती भियाग्रा खुवाएको र उनको मुख बन्द गरिदिएको बताए ।

उनी भन्छन्, ‘म केही गर्न सक्दिनथेँ । त्यसपछि म नुहाउन गएँ र मलाई थाहा भएन कि म कतिबेर सम्म शवरमा थिएँ । त्यसपछि म कोठामा छिरे, उनको पहिलो प्रश्न थियो, ‘रातीको खानामा के छ रु’’

जब जोनले यसबारे मानिसहरुलाई बताउन सुरु गरे तब कसैलाई पनि उनको विश्वास लागेन ।

उनी भन्छन्, ‘मलाई मानिसहरुले किन घर नछोडेको त भन्न थाले । यो मेरो घर थियो जुन मैले आफ्नो बच्चाका लागि किनेको थिएँ र पैसा पनि मेरो नै थियो त्यसकारण म आर्थिक रुपले सम्बन्धमा बाँधिएको थिएँ । मानिसहरुलाई ममाथि अझै पनि विश्वास छैन किनभने मानिसहरु भन्छन् कि तिमीले किन उनलाई कुटेनौं ?’

डा। वियरेले केही अन्य पुरुषसँग पनि अन्तरवार्ता गरिन् । उनीहरु माथि पनि जे जति भयो त्यो जोनसँग मिल्दोजुल्दो थियो । उनको अनुसन्धानको यो निष्कर्ष थियो कि यस्ता अपराध धेरैजसो महिला पार्टनर वा पूर्व पार्टनरमाथि हुन्छ र यो धेरैजसो घरेलु हिंसामा हुन्छ ।

एक अन्य पुरुषले भने, ‘हामी यसबारे कुरा गर्न डराउँछौं र लज्जित हुन्छौं । जब हामी यसबारे कुरा गर्छौं तब हामीलाई विश्वास गरिँदैन किनभने हामी पुरुष हौं ।’

अनुसन्धानको नतिजाः

यस्ता अनुभवको रिपोर्ट गर्न पुरुषलाई धेरैजसो लज्जाको महसुस हुन्छ । उनीहरु शोषणबारे उल्लेख नगरिकनै घरेलु हिंसाको रिर्पाट गर्छन् ।

यसले पुरुषहरुको दिमागमा गम्भीर असर पुर्याउन सक्छ, आत्महत्याको विचार आउन सक्छ र शारिरिक सम्बन्ध क्षमतामा ह्रास आउँछ ।

केही पुरुषले पटक–पटक पीडित भएको कुरा गरे । केही वाल्यकालमा यौन शोषणबाट पीडित थिए, कतिले विभिन्न तरिकाले हिंसा सहन गरे ।

यस्ता पुरुषमा पुलिस, न्यायिक प्रणाली र कानूनका विषयमा विभिन्न नकारात्मक धारणा थियो ।
वियरेको शोधमा एक मिथ यो पनि सार्वजनिक भएको छ कि पुरुषसँग जबरजस्ती करणी असम्भव छ किनभने पुरुष महिलाको तुलनामा शारीरिक रुपमा बलियो हुन्छन् ।

दोस्रो यो हो कि पुरुष महिलासँग सबै शारिरिक सम्बन्ध अवसरलाई सकारात्मक मान्छन् ।

तेस्रो मिथ यो हो कि यदि पुरुषमा उत्तेजना हुन्छ भने यसको अर्थ यो हो कि उनीहरुलाई पक्कै पनि शारिरिक सम्बन्ध चाहिन्छ । वियरे भन्छन्, ‘वास्तवमा उत्तेजना विशुद्ध एक शारीरिक प्रतिक्रिया हो ।’

उनी भन्छिन्, ‘यदि पुरुष डराएका छन्, क्रोधित र भयभीत आदि छन् भने उनीहरु उत्तेजित हुन सक्छन् र भइरहन सक्छन् । यस्तो शोध पनि छन् जसले देखाउँछन् कि महिलामाथि करणी हुँदा उनीहरु पनि एक्टिभ हुनसक्छन् किनभने उनीहरुको शरीर शारीरिक रुपले प्रतिक्रिया दिन्छ । यो पुरुष र महिला दुबै पीडितका लागि एक मुद्दा हो जसमाथि पर्याप्त चर्चा गरिएको छैन । यसबारे स्पष्ट प्रमाण छ ।’

वियरेको सन् २०१७ को अध्ययनमा सहभागीमध्ये कतिले अत्यधिक नशामा भएका कारण पनि सेक्सको अनुभव बारे बताए जबकी उनीहरुमाथि जे भइरहेको थियो त्यो रोक्न उनीहरु असमर्थ थिए ।’
कानूनी मान्यताः

कुराकानीका क्रममा एकले बताए अनुसार एक महिलासँग रातभरी क्लबमा पार्टी गरेपछि जब उनी घर फर्किरहेका थिए तब उनलाई औषधी दिइयो र जबरजस्ती करणी गर्नका लागि बाध्य बनाइयो ।

अर्का एक व्यक्तिले आफू एक छात्र भएका बेला समय क्याम्पमा उनलाई शारिरिक सम्बन्धका लागि बाध्य गरिएको बताए ।

वियरेका अनुसार ताजा अध्ययनमा आधिकांश सहभागीले आफ्नो जबरजस्ती शारिरिक सम्बन्धको अनुभवलाई ‘ करणी’ को संज्ञा दिएका छन् । यसलाई इंग्ल्याण्ड र वेल्सको कानूनमा बलात्कारको रुपमा नलिएकोमा उनीहरु दुःखी छन् । एजेन्सी

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies