Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

सन्नि लियोनीको फोनले यि पूरुषलाई यस्तो हैरानी

एक भारतीय चलचित्रले आफ्नो फोन नम्बर प्रचार गरिदिएपछि लगातार आएको फोनले आफू हैरान भएको र थाकेको एक भारतीय पुरुषले बताएका छन्। अर्जुन पटियाला चलचित्रमा अभिनेत्री सन्नी लियोनीले आफूले अभिनय गरेको पात्रको फोन नम्बर भनी भनेको नम्बर २६ वर्षीय पुनीत अग्रवालको नम्बरसँग मिलेको छ।

अग्रवालले बीबीसीसँग कुरा गर्दै चलचित्र प्रदर्शनमा आएको जुलाई २६ तारिखदेखि आफूलाई दैनिक एक सयभन्दा बढी फोन आउन थालेको बताएका छन्। “म आजकाल सपना पनि देख्दिनँ,” उनले भने। “फोन बिहान चार बजेसम्म बज्छ।”

फोनकलले उनी यति हैरान भएका छन् कि चलचित्रबाट आफ्नो फोन नम्बर हटाउन उनले कानुनी कारबाही नै अगाडि बढाएका छन्। बलिउडमा जमेकी अमेरिकी भूतपूर्व पोर्न अभिनेत्री लियोनीले वयस्क चलचित्रहरूमा अभिनय गर्ने कारण उनलाई भारतमा सेक्स सिम्बोलका रूपमा हेरिन्छ।

त्यसैले भारत वा विदेशबाट पनि त्यो नम्बर साँच्चै नै लियोनीको हो भनी ठान्ने पुरुषहरूले अग्रवालको नम्बरमा फोन गर्नु अचम्मको कुरा नहुनसक्छ। तर अग्रवाल भने वाक्क भइसकेका छन्। “उनीहरूले [चलचित्रका निर्माताहरू] एकपटक फोन गरेर जाँच त गर्नुपर्थ्यो।”

चलचित्रका निर्देशक रोहित जगराज चौहानले यस विषयमा बोल्न चाहेनन्। चलचित्र देखाउन थालिएको हप्तौँसम्म पनि अग्रवालले शान्तिसँग काम गर्न वा सुत्न वा खान नपाएको गुनासो गरेका छन्। तर त्यो नम्बर छोड्नुपनि व्यवहारिक नभएको उनको भनाइ छ।

“यो मेरो व्यवसायसँग जोडिएको छ र धेरै पुराना साथीहरूसँग यही नम्बर छ।” चलचित्र प्रदर्शन गरिएको पहिलो दिन नै उनलाई पहिलो कल आएको थियो। फोन गर्ने व्यक्तिले उनले गलत नम्बरभन्दा विश्वासै गरेनन् र उनले फोन काट्नु पर्यो।

“पहिलो दुई, तीन वा दश कलसम्म पनि मलाई लागेको थियो कि कसैले मलाई जिस्काइरहेको छ।” तर कल आउने क्रम रोकिएन र सबैले एउटै कुरा सोधे: “के म सन्नी लियोनीसँग कुरा गर्न सक्छु?”

जब फोन गर्नेहरूले चलचित्रको कुरा गरे अनि उनले थाहा पाए। “त्यसपछि मैले चलचित्र हेरेँ र त्यहाँ साँच्चै मेरो नम्बर थियो।” उनले प्रहरीलाई भने तर फोन गर्नु अपराध नभएकोले प्रहरीले सहयोग गर्न नसक्ने बतायो। प्रहरीले नै अदालत जान सुझाव दिए।

अग्रवालले चलचित्रबाट आफ्नो नम्बर हटाउन माग गर्दै अदालतमा मुद्दा दायर गरेका छन्। “बिहान साढे आठ बजेसम्म केही हुँदैन त्यसपछि लगातार कल आउन थाल्छ,” उनी भन्छन्। धेरै जस्तो फोनकल चलचित्रका अभिनेता दिलजित दोसानजी लोकप्रीय रहेका पञ्जाब र हरियाणाबाट आउँछ तर उनले इटली, दुबई, पाकिस्तान, न्यूजील्याण्ड र अस्ट्रेलियाबाट समेत कल आउने बताए।

कल गर्नेमध्ये दुई जना बाहेक सबै पुरुष छन्। दुई महिलाले भने चलचित्रका कुनै अभिनेतासँग कुरा गर्न खोजे। अग्रवालले यो घटनाका कारण आफूलाई साथीहरूले दिल्लीको सन्नी लियोनी भनेर जिस्काउन थालेको र उनलाई देख्दा लियोनीका चलचित्रका गीत गाउन थालेको बताए। हैरान भएपछि उनले कललाई छोट्टाउने तरिका भेटेका छन्। “म लियोनी नुहाउन गएको र अहिले कुरा गर्न नसक्ने बताइदिन्छु।” -बीबीसीबाट

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies