Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

किन महिलाले महिनावारीको रगत अनुहारमा दल्छन् ? यस्ताे छ बास्तविकता

एजेन्सी । लौरा महिनावारी हुँदाको रगत आफ्नो अनुहार र छातीमा पनि लगाउँछिन् । लौरा टेक्सिरा प्रत्येक महिना पृथ्वीसँग जोडिने एउटा संस्कार गर्छिन्।

२७ वर्षीया उनी आफ्नो महिनावारी हुँदाको रगत जम्मा गर्छिन् र आफ्नो अनुहारमा लगाउँछिन् ।
बाँकीलाई पानीमा मिसाउँछिन् र त्यो पानी बिरुवामा हाल्छिन् ।

सिडिङ द मुन भनिने यो प्रथा पूर्खादेखि चल्दै आएको परम्पराबाट प्रभावित छ। यो प्रथा अनुसार महिनावारी हुँदाको रगतलाई प्रजनन शक्तिको प्रतीक मानिन्छ।

महिलाहरू जो यो अभ्यास गर्छन् उनीहरूको मुन्स मनाउने आफ्नै तरिका छ। उनीहरू महिनावारीको चरण र चक्रको आआफ्नै तरिकाले अर्थ लगाउँछन्।

लौराले बिरुवामा पानी हाल्नका लागि आफ्नो मन्त्र भएको बीबीसीलाई बताइन् । म क्षमा चाहन्छु, मलाई माफ गर्नुस्, म माया गर्छु र म तपाईँप्रति कृतज्ञ छु, उनले दोहोर्‍याइन्।

मैले पानी हालेका बिरुवाहरूले राम्रो पोषण पाएको र राम्रोसँग हुर्किएको देखेकी छु, उनले भनिन्।

तर जब उनले महिनावारी हुँदाको रगत शरीरमा दल्छिन्, उनले भनिन् उनी आँखा बन्द गर्छिन् र आफू उर्जावान् भएको महसुस गरेर कृतज्ञ हुन्छिन्।

एकदमै शक्तिशाली
लागि यो चलन महिला सशक्तिकरणको विषयसँग पनि जोडिएको छ।

उनले भनिन्, \'महिनावारी हुँदाको रगतबारे समाजको धारणा एकदमै विभेदपूर्ण छ र महिनावारी हुँदा स्वयं महिलाले पनि त्यही महसुस गर्छन् भन्ने विषय लज्जाजनक हो।\'

\'सिडिङ द मुन\' भनिने यो प्रथा पुर्खादेखि चल्दै आएको परम्पराबाट प्रभावित छ, यो प्रथा अनुसार महिनावारी हुँदाको रगतलाई प्रजनन शक्तिको प्रतीक मानिन्छ ।

\'सिडिङ द मुन एकदमै साधारण र महिलालाई मनको शान्ति दिने एकदमै शक्तिशाली तरिका हो,\' सन् २०१८ मा \'वर्ल्ड सीड योर मून डेु कार्यक्रम सुरु गर्ने लेखिका, नर्तकी तथा साइकोथेरापिस्ट मोरेना कार्डोसोले भनिन् ।

गत वर्ष उक्त कार्यक्रममा दुई हजार व्यक्ति उपस्थित भएका थिए जसले महिनावारीको रगत मिसाइएको पानी बिरुवामा हालेका थिए।

उक्त कार्यक्रम गर्नुको उद्देश्यबारे मोरेनाले भनिन्, \'महिनावारीका बेला हुने रक्तस्राव लज्जाको विषय नभइ शक्ति र गौरवको कुरा भन्ने मानिसले बुझुन्।\' उक्त कार्यक्रम अब अगस्ट ४ तारिखमा हुँदैछ।

महिलाको आध्यात्मिक काम
मोरेनाका अनुसार उत्तर अमेरिका (मेक्सिकोसहित) र पेरुका आदिवासी संस्कृतिमाझ जमिनलाई उर्बर बनाउनका लागि महिनावारीको बेलाको रगत हाल्ने गरिन्छ।

यसलाई महिलाहरूको आध्यात्मिक कार्य र किशोरीहरू महिला हुने एउटा संस्कारको मार्गका रुपमा पनि हेरिन्छ।

गत वर्ष \'सिड दियर मुन्सू कार्यक्रममा दुई हजार महिलाहरू उपस्थित भएका थिए ।
तर अन्य समाजहरूमा भने महिनावारीको रगतलाई लिएर एकदमै नकारात्मक धारणा रहेको मानवशास्त्री ड्यानिला टोनेल्ली मनिकाले बताइन्।

उनले महिनावारीकै विषयमा ब्राजिलको युनिक्याम्प विश्वविद्यालयमा मानवशास्त्री भएर २० वर्ष काम गरेकी छन्।

महिनावारी हुँदाको रगतलाई काम नलाग्ने भनेर हेरिन्छ, उनले भनिन्, यसलाई दिसापिसाब जस्तै कसैले नदेख्ने गरी केवल बाथरुमभित्र फालिने वस्तुजस्तो गरी त्यही श्रेणीमा राखिन्छ।

सन् १९६० मा महिलाहरूको आन्दोलनले यी धारणाहरू परिवर्तन गर्ने प्रयास गरेको थियो।

त्यतिबेला महिलालाई उनीहरूको शरीरबारे खुलेर कुरा गर्न प्रोत्साहित गरिएको थियो।

त्यसपछि कलाकारहरूले महिनावारी हुँदाको रगतलाई लैङ्गिक र राजनीतिक अनि पर्यावरणबारे धारणा व्यक्त गर्न प्रतीकका रुपमा प्रयोग गरेका थिए।

एउटा विशाल गर्भाशय
बिरुवामा पानी हाल्ने कामले मेरो आँखा खोलिदियो। हाम्रो गर्भाशय जस्तै पृथ्वी पनि एउटा ठूलो गर्भाशय हो जसले अंकुरण गर्छ, इन्टरनेटबाट यो प्रथाबारे थाहा पाएकी रेनाटा रिबेइरोले भनिन्।

रेनाटाले बिरुवामा रगत मिसिएको पानी हाल्दा त्यसले पृथ्वीलाई एउटा ठूलो गर्भाशयको रुपमा हेर्ने आफ्नो दृष्टिकोणमै परिवर्तन ल्याएको बताइन् । हामीलाई पृथ्वीले जे दिएको छ त्यो उसलाई फिर्ता गर्नु मलाई लाग्छ जायज हो।

उनी नुहाउँदा महिनावारी हुँदाको रगत जम्मा गर्छिन् र तुलसी रोपेको भाँडोमा हाल्छिन्।

रेनाटाले पुदिना पनि रोपेकी छन् र त्यसमा चाहिँ त्यस्तो रगत मिसिएको पानी हाल्दिनन्। उनका अनुसार त्यो विरुवा लत्रिएको देखिन्छ। उनले ठट्टा गर्दै त्यो कुपोषित भएको बताइन्।

४३ वर्षीया उनको पहिलोपटक उनी किशोरी अवस्थामा प्रवेश गर्दा महिनावारी भएको थियो।

उनले त्यतिबेला सुनेकी थिइन् । अब तिमी महिला भयौ, तिम्रो प्रत्येक महिना महिनावारी हुन्छ तर त्यो कसैले थाहा पाउन आवश्यक छैन।

उनले त्यसलाई नियमित एउटा झर्को लाग्दो कुराका रुपमा हेरिन्। र पुरुषहरूको डाहा गरिन् जसले यो सबै झेल्नुपर्दैन। अहिले भने उनी आफ्नो महिनावारीलाई पवित्र कुराका रुपमा हेर्छिन्।

बर्जित
१४ देखि २१ वर्ष उमेर समूहका १५ सय महिलामा गरिएको एउटा विश्वव्यापी सर्वेक्षणले अझै कतिपय समाजमा यो विषय बर्जित छ भन्ने देखाउँछ।

जोनसन एण्ड जोनसनले ब्राजिलमा गरेको उक्त अध्ययनका अनुसार भारत, दक्षिण अफ्रिका, अर्जेन्टिना र द फिलिपिन्समा महिलाहरू स्यानीटरी सामाग्री किनेको, फालेको वा महिनावारीका बेला बसिरहेको ठाउँबाट उठ्न लज्जित महसुस गर्छन्।

महिनावारीलाई लिएर अझै पनि कतिपय समाजमा गलत धारणा छ । युवा फिल्मनिर्माता रेका जेहताब्चीले निर्देशित गरेको एउटा सानो वृत्तचित्र पिरियड। वाक्यको अन्त्यू, मा भारतको हापुर क्षेत्रका स्थानीय महिलाले अन्य महिलालाई स्यानीटरी प्याड सहज रुपमा पाइयोस् भन्नका लागि गरिएको प्रयास देखाइएको छ।

यी मध्ये एकले महिनावारी हुँदाको रगत अपवित्र भएको बताएकी छन् भने अर्कीले स्यानीटरी प्याडको पहुँच कम हुँदा विद्यालय छोड्न बाध्य भएको स्वीकारेकी छन्।

बहिया संघीय विश्वविद्यालयकी ७१ वर्षीया सामाजिक मानवशास्त्री सेसिलिया सार्डेनवर्गले आफू पहिलोपटक महिनावारी हुँदाको समयमा त्यसबारे विरलै कुराकानी हुने गरेको सम्झिइन्।

महिनावारीबारे रहेका गलत बुझाइ हटाउनका लागि आजकाल महिनावारीबारे बोल्न नलजाउने महिलाहरू एकदमै महत्त्वपूर्ण भएको उनले बताइन्।

विवाद
तर सिडिङ द मुनको अभ्यास स्वीकार गर्न सबै तयार छैनन्। र लौराले गत जुनमा महिनावारी हुँदाको रगत अनुहार र छातीमा दलेर खिचेको सेल्फी पोष्ट गरेर कोलाहल मच्चाइन्।

मेरो जम्मा तीनसय फलोअरहरू थिए र मैले सोचेकी थिएँ त्यो पोष्ट गर्दा यो विषयबारे महिलालाई सघाउ पुग्नेछ, उनले भनिन्।

यो चलन मान्ने महिलाहरू भन्छन् महिनावारीलाई लज्जाको विषय नभइ गौरवको विषयको रुपमा हेर्नुपर्ने बताउँछन् । त्यसको चार दिनपछि इन्स्टाग्राममा उनको हाँसो उडाइयो।

ब्राजिलका एकजना विवादित हाँस्यकलाकार डनिलो जेन्टिलीले उक्त फोटोलाई १ करोड ७० लाख फलोअर भएको इन्स्टाग्राममा शेयर गरे।

उनले उक्त पोस्टमा लेखे, \'महिनावारी हुँदाको रगत सामान्य हो तर के असामान्य हो भने त्यसलाई आफ्नो अनुहारमा लगाउनु।\'

तर उनको ठट्टामिश्रित उक्त पोस्टमा २३ सय वटा प्रतिक्रिया आए जसमा नकारात्मक धेरै छन्।

लौराले यो विषयले समाजमा महिनावारीको विषय अझै पनि कति वर्जित छ भन्ने पुष्टि गरेको बताइन्।

उनले भनिन्, \'मानिसहरूले सोच्छन् कि यदि उनीहरूलाई केही सामान्य लागेन भने त्यो पक्कै पनि अवास्तविक हो। उनीहरूलाई लाग्छ कि घृणा फैलाउने शब्द प्रयोग गरेर कसैको चित्त दुखाइ उनीहरू मोबाइल फोनको पछाडि लुक्नसक्छन्।

\'यो मेरो रगतबाट निस्कने रगत हो र यसबारे के सामान्य हो र के होइन भन्ने निधो मैले गर्छु। मैले कसैको जीवनमा हस्तक्षेप गरेकी पनि छैन।\'

लौराले भनिन्, \'मानिसलाई नराम्रो गाली दिनु चाहिँ असामान्य हुनुपर्ने हो। म यस्तो गर्न त्यो दिन बन्द गर्छु जुन दिन मानिसहरूले महिनावारीको रगतलाई प्राकृतिक हो भनि हेर्न थाल्नेछन्।\'

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies