Khabar Dabali Logo
  December 8, Sun

टुटे फुटेको रुद्राक्ष किन लगाउनु हुन्न ? जान्नुहोस् रुद्राक्षको महत्व बारे

काठमाडौं । धार्मिक रुपमा रुद्राक्षलाई एकदमै महत्वपूर्ण वस्तुको रुपमा लिइन्छ । हिन्दु धर्ममा यसलाई पवित्र र शक्तिवद्धक वस्तु मानिन्छ । शिव भगवानले सबैभन्दा बढि मनपराउने वस्तुको रुद्राक्ष भएको कुरा हामीले धार्मिक कथाहरुमा पढ्न पाउँछौं । त्यसै कारण पनि मानिसहरु शिवजीको कृपा पाउनको लागि रुद्राक्षलाई पहिरिने गर्दछन् ।

धार्मिक शास्त्र अनुसार रुद्राक्षको उत्पत्ति शिवजीको आँसुबाट भएको थियो । धार्मिक शास्त्रमा उल्लेख भए अनुसार, एक समय शिवजी ध्यानमा बसेका थिए । ध्यानमा रहेको बेला शिवजीको आँखाबाट आँसु झर्यो । त्यहि आँसु नै रुद्राक्षको वृक्षमा परिणत भयो । त्यसैकारण रुद्राक्षलाई शिवजीको प्रतिकको रुपमा लिईन्छ ।

रुद्राक्ष एक मुखेदेखि १४ मुखेसम्म हुने गर्दछ । सबै रुद्राक्षको अलग–अलग महत्व रहेको छ । जान्नुहोस् रुद्राक्षसँग जोडिएको विशेष कुरा :

रुद्राक्ष लगाउँदा ध्यान दिनुपर्ने कुरा
जो मानिसले रुद्राक्ष लगाउने गर्दछ उ सधैँ गलत काम गर्नबाट जोगिनु पर्दछ । रुद्राक्ष लगाउने व्यक्तिले कहिल्यै पनि मासांहारी वस्तु खानु हुँदैन् । सबै प्रति सम्मान गर्नुपर्दछ । आफ्नो माता–पिताको सेवा गर्नुपर्दछ । नशाजन्य वस्तुको सेवन गर्नुहुँदैन् । यदि यी कुरामा ध्यान दिइएन भने रुद्राक्षबाट शुभ होइन् असुभ फल प्राप्त हुन्छ ।

कुन आकारको रुद्राक्ष उत्तम
रुद्राक्ष आकारमा ३ खालको हुन्छ । ठुलो, मध्यम र अति सानो । ठुलो रुद्राक्ष अण्डाकारको हुन्छ । जसलाई उत्तम मानिन्छ । मध्यम खालको रुद्राक्ष अमलाको गेडा जत्रो हुन्छ । मध्यम खालको रुद्राक्षबाट मध्यम खालकै फल प्राप्त हुन्छ । चनाको स्वरुपमा भएको रुद्राक्ष निम्न श्रेणीको मानिन्छ । जसबाट फल पनि त्यहि खालको नै प्राप्त हुन्छ ।

यस्तो रुद्राक्ष लगाउनु हुँदैन्
जुन रुद्राक्षलाई किराले खराब पारिदिएको छ । या टुटे–फुटेको छ । या पुरै गोलो छैन् । जसको माथि साना–साना दाना छैन् । त्यस्तो रुद्राक्ष लगाउँदा असुभ हुने हुन्छ ।

साउन १० गते, २०७६ - १८:१३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पक्राउ परे विप्लवका मेचिनगर ईन्चार्ज गिरी

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका मेचिनगर ईन्चार्ज यामकुमार गिरी पक्राउ परेका...   

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १५ जनाको मृत्यु

काठमाडौं । चितवन, काठमाडौं, कैलाली, बाँके, सप्तरी, झापा, बारा, सुनसरी र कैलालीमा भएका छुट्टाछुट्टै सवारी...   
दिल्लीको झोला उद्योगमा भीषण आगलागी, ४३ मजदुरको मृत्यु, दर्जनौं घाईते

दिल्लीको झोला उद्योगमा भीषण आगलागी, ४३ मजदुरको मृत्यु, दर्जनौं घाईते

काठमाडौं । भारतको राजधानी दिल्लीको रानी झाँसी रोडस्थित एक झोला उद्योगमा भीषण आगालागी भएको छ । आइतबार...   
जाडोमा वल्र्डलिंकले ल्यायो तात्तातो अफर, नेट जोड्दा हिटर फ्रि

जाडोमा वल्र्डलिंकले ल्यायो तात्तातो अफर, नेट जोड्दा हिटर फ्रि

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले यस वर्षको जाडो लाई लक्षित गर्दै तात्तातो हिटरनेट...   
रारा तालमा पनि टेलिकमकाे फोरजी सेवा

रारा तालमा पनि टेलिकमकाे फोरजी सेवा

काठमाडाैं । नेपालको सबैभन्दा ठूलो ताल तथा कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थलका रुपमा रहेको रारामा...   

अमेरिकामा यौन शोषण र बलात्कारको मुद्दा बढ्दो, एक वर्षमा ६ हजारभन्दा बढि मुद्दा दर्ता

काठमाडौं । अमेरिकामा पछिल्लो समय यौन शोषण तथा बलात्कारको मुद्दाहरुमा बढोत्तरी आएको छ । अन्तराष्ट्रिय...   
टाट पल्ट्यो भारतीय विमान कम्पनी एयर इण्डिया, बेच्ने तरखरमा मोदी सरकार

टाट पल्ट्यो भारतीय विमान कम्पनी एयर इण्डिया, बेच्ने तरखरमा मोदी सरकार

काठमाडौं । भारतको सरकारी एयरलाईन्स कम्पनी एयर इण्डिया धराशाही बन्दै गएको छ । बितेको आर्थिक वर्ष (२०१८/०१९)मा...   

अर्थमन्त्री खतिवडासहित १९ जनाकाे २ वर्षे कार्यकाल सकियाे, नयाँ निर्वाचनकाे तयारीमा आयोग

काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी निर्वाचनका लागि राजनीतिक दलसँग सोमबार छलफल गर्ने...   
फेरि घट्यो सुनको मूल्य, हेर्नुहोस् कति छ आज सुनको मुल्य ?

फेरि घट्यो सुनको मूल्य, हेर्नुहोस् कति छ आज सुनको मुल्य ?

काठमाडौं । निरन्तर रुपमा घटबढ हुँदै आएको सुनको मूल्य २ दिनदेखि यता घट्दै आएको छ । बिहीबार छापावाला...   
अस्पतालबाट डिस्चार्ज भए प्रधानमन्त्री

अस्पतालबाट डिस्चार्ज भए प्रधानमन्त्री

काठमाडौं । स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि प्रधानमन्त्री केपी शर्मा ओली आज अस्पतालबाट डिस्चार्ज...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top