एजेन्सी । सेक्स आनन्दका लागी हो । यसमा कसैको दुइ मत छैन । तर सेक्स त्यति मात्रैका लागी भने होइन । नियमित सेक्स गर्दा अझैँ राम्रो हुन्छ । के हुन् त ति कारण हरु ?
हृदयको स्वस्थतामा सुधारः एक अध्ययनका अनुसार हप्तामा दुइ दिन भन्दा बढी सेक्स गर्नाले पुरुषहरुलाइ हृदयघात हुने सम्भावना महिनामा एक चोटी भन्दा कम सेक्स गर्ने पुरुषको तुलनामा कम हुन्छ ।
रोग प्रतिरोधात्म क्षमतामा वृद्धीः नियमित सेक्सका कारण सरिरको रोग सँग लड्ने रोग प्रतिरोधात्मक क्षमता ९आइजिए० बढाउँछ । जस्ले गर्दा पुरुषको सरिरमा सजिलै आक्रमण गर्ने साना तिना रोगहरुबाट बच्न सकिन्छ ।
चिन्ता घटाउँछः कामको होस या घरको कुनै पनि चिन्ता ले निरन्तर सताइरहन्छ भने नियमित सेक्स ले चिन्तालाई घटाउन मद्दत गर्दछ । नियमित सेक्सले एकअर्का बिचको सम्बन्धलाई सुमधुर बनाउँछ र दिमागलाई हल्का बनाउँछ । जस्ले गर्दा मुड फ्रेस गराउन सहयोग पुग्दछ र खुसि बनाउँछ ।
दुखाइ कम गर्छः तपाई टाउको दुखाइको समस्याबाट पिडित हुनुहुन्छ भने चिन्ता नगर्नुस । अब तपाईको नियमित सेक्सले त्यो समस्यालाई नियन्त्रित गर्नेछ । सेक्स गर्नु पुर्व सरिरमा उत्पन्न हुने हर्मोन एक्टिभिटीका कारण टाउको दुखाइको महसुस लाई भुलाई दिन्छ । र नियमित सेक्सका कारणले गर्दा फेरि फेरि यो समस्या दोहोरिन पाउँदैन ।
लामो आयुः एकजना सँगको मात्रै नियमित सेक्सले सरिरमा डेहाइड्रोपियान्ड्रोस्ट्रोन नामक हर्मोन सक्रिय गराउँदछ । जस्ले सरिर भित्रको रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँदछ । यसले गर्दा मानिसको आयु लामो हुन सघाउँछ ।
रक्तसञ्चारमा वृद्धीः सेक्सको समयमा हुने मुटुको धडकनको तिब्र गतिका कारणले सरिरका विभिन्न अगँ र कोषहरुमा रगतलाई छिट्टो पुर्याउन मद्दत गर्दछ । जब पुरानो रगतको ठाउँमा नयाँ रगत जान्छ त्यसपछी मानिसले एक छिन थकान महसुस गर्दछ र त्यसपछी फ्रेस ।
मिठो निन्द्रा लगाउँछः सेक्स पछीको समय निकै थकानको समय हो । जब एकदमै थकान महसुस हुन्छ त्यसपछी मानिस चिन्ता मुक्त हुन्छ र मिठो निन्द्राको आगमन गराउँछ ।
सारिरिक तन्दुरुस्तीलाई जगाउँछः तपाई आफ्नो सरिरको फिट्नेसको लागी जिम जानुहुन्छ । त्यसले तपाइँको बडिको सेप त मिल्छ तर दिमागलाई भने फ्रेस राख्न सक्दैन । नियमित सेक्स गर्नु भयो भने दुइटै हातमा लड्डु हुनछ । दिमाग पनी फ्रेस, बडि स्टक्चर पनी आकर्षक । प्रत्येक दिन आधा घण्टा भन्दा बढि समय सेक्सका लागी दिएमा सरिरबाट ८० प्रतिशत भाग क्यालोरिको नष्ट भएर जान्छ ।
प्रतिकृया लेख्नुहोस्: