Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

होटल तथा पर्यटन व्यवसायीको प्रथम अधिवेशन काभ्रेमा

काभ्रे । होटल तथा पर्यटन व्यवसायी सङ्घ प्रदेश नं ३ को प्रथम अधिवेशन काभे्रपलाञ्चोक जिल्लाको बनेपामा यही साउन ११ र १२ गते हुने भएको छ । छरिएर रहेका साना, मझौला तथा तारे होटल तथा पर्यटन व्यवसायीलाई एकै ठाउँमा आबद्ध गराउँदै पर्यटन विकासमा काम गर्ने उद्देश्यले स्थापना भएको सो सङ्घले सन् २०२० को नेपाल भ्रमण वर्षलाई टेवा पु¥याउने लक्ष्यका साथ सो अधिवेशन गर्न लागिएको सङ्घका प्रदेश संयोजक सन्तोष उप्रेतीले बताए ।

सन् २०२० मा २० लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले नेपाल भ्रमण वर्ष मनाउने तयारी गरिरहेको सन्दर्भमा सरकारको उक्त अभियानलाई टेवा पु¥याउन कटिबद्ध भएर लागिपरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारको अभियानसँगै व्यवसायी आफैँले पर्यटकीय स्थानअनुसारको कार्यक्रमसमेत सञ्चालन गर्दै आएका छौँ ।”

सङ्घले ‘व्यावसायिक एकता हाम्रो प्रतिबद्धता, पर्यटक प्रवद्र्धनमा निरन्तर सक्रियता’ भन्ने नाराका साथ विभिन्न पर्यटकीय क्षेत्रको सम्भाव्यता अध्ययन एवं अवलोकन गर्दै आएको जनाएको छ । वैदेशिक रोजगारीमा पलायन भएको युवावर्गलाई होटल तथा पर्यटन क्षेत्रमा स्वरोजगार र नेतृत्वदायी भूमिकामा ल्याउनुपर्नेमा जोड दिँदै होटल तथा पर्यटन क्षेत्रमा लगानी भित्र्याउने, सम्पदाको प्रचार÷प्रसार र संरक्षण तथा पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने लक्ष्य लिएको सङ्घले अधिवेशनमा १३ जिल्लाका होटल तथा पर्यटन व्यवसायीको सहभागिता रहने आयोजकले जनाएको छ ।

काभ्रे होटल तथा रेस्टुराँ व्यवसायी सङ्घको व्यवस्थापनमा हुने लागेको सो अधिवेशनमा प्रदेशभरिका ४५० भन्दाबढी व्यवसायीको सहभागिता रहने जनाइएको छ । यसअघि नुवाकोट जिल्लामा विसं २०७४ फागुन १४ र १५ गते होटल तथा रेस्टुराँ व्यवसायीको भेलाले सङ्घको तदर्थ समिति गठन गरेको थियो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies