Khabar Dabali Logo
  January 21, Tue

मेलम्ची खानेपानी उपत्यकामा आउन अझै डेढ वर्ष कुर्नुपर्ने

काठमाडौं । सिन्धुपाल्चोकस्थित मेलम्ची खोलाको पानी काठमाडौँ उपत्यकामा ल्याउने काम सुरु भएको तीन दसक नाघ्यो । काम सुरु भएको ३१ वर्ष हुँदा पनि मेलम्चीको पानी आएको छैन । काम फटाफट भएमा अझै डेढ वर्ष कुर्नुपर्ने देखिएको छ ।

आजको गोरखापत्र दैनिकमा खबर छ – गत जेठ ६ गते मन्त्रिपरिषद् बैठकले मेलम्ची खानेपानी आयोजनाको आवश्यक निर्माण कार्य गर्न मेलम्ची खानेपानी विकास समितिलाई निर्देशन दिएपछि आयोजनाले निर्माणको बाँकी काम गर्न गएको जेठ १७ गते बोलपत्र गरेको छ । सुरुङ निर्माणका लागि दुई र हेडबक्स निर्माणका लागि दुईवटा कम्पनीले बोलपत्र दर्ता गराएका थिए ।

तीमध्ये एउटा चिनियाँ कम्पनीको बोलपत्र छ । सबै बोलपत्रको प्राविधिक मूल्याङ्कन गरी स्वीकृतिका लागि एसियाली विकास बैङ्क (एडीबी)मा पठाइएको जानकारी समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले दिनुभयो । एडीबी आयोजनाको प्रमुख लगानीकर्ता हो ।

कार्यकारी निर्देशक कँडेल भन्छन्, “बोलपत्रको प्राविधिक मूल्याङ्कन गरी एडीबीमा पठाएका छौँ, दुई–तीन हप्तामा सम्झौता हुनसक्छ, आउने २०७७ असार मसान्तसम्म अधिकांश काम सक्ने योजना छ । ”

साउन ५ गते, २०७६ - ०८:३० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धादिङमा ट्रक पल्टिदा ६ को मृत्यु

काठमाडौ । धादिङको निलकण्ठ नगरपालिका वडानम्बर ८ मैदीभञ्जाङमा मिनि ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु...   

डाक्टरकाे लापरबाहीले सप्तऋषि अस्पतालमा तीन शिशुको मृत्युबारे यस्तो निष्कर्ष

लहान । लहान नगरपालिका–३ स्थित सप्तऋषि अस्पतालमा तीन शिशुको मृत्यु भएको घटनामा डाक्टर र अस्पताल पक्षको...   
कृषिको एक अर्ब अनुदान १० निजी कम्पनीको पोल्टामा

कृषिको एक अर्ब अनुदान १० निजी कम्पनीको पोल्टामा

काठमाडौँ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट १०–१० करोड अनुदान पाउनेमा किसान होइन, नेता...   
कोलकाता बन्दरगाहमा रोकिएको अवैध छाला फिर्ता ल्याएर  छानविन अघि बढाउने

कोलकाता बन्दरगाहमा रोकिएको अवैध छाला फिर्ता ल्याएर छानविन अघि बढाउने

काठमाडौं । झूटो विवरण पेश गरेर वीरगञ्जबाट छाला पठाइएको ७ महीनापछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले...   

विदेशिनेभन्दा स्वदेशिने रकम बढी

काठमाडौं । भ्रमणबापत नेपालबाट विदेशिने रकमको बढ्दो प्रवृत्ति बदलिएको छ । विगतमा हरेक वर्ष यस्तो रकम...   

उपत्यकाका सडकलाई तीन तहमा प्राथमिकीकरण गरी रुट प्रणाली

काठमाडौं । यातायात व्यवस्था विभागले उपत्यकाका सडकहरूलाई तीन तहमा प्राथमिकीकरण गरी रुट प्रणाली तयार...   

तेस्रोलिंगीको बलात्कारपछि हत्या

काठमाडौं । हेटौंडाकी तेस्रोलिंगी अजिता भुजेलको बलात्कारपछि हत्या भएको बताइएको छ ।आजको नेपाल समाचारपत्र...   

अब तोकिएको मापदण्डमा मात्रै प्रयोगात्मक परीक्षाको अङ्क

काठमाडौं । अबदेखि विद्यालय तहमा तोकिएको मापदण्डका आधारमा मात्र प्रयोगात्मक परीक्षाको अङ्क दिन पाइने...   

अन्नपूर्ण पदयात्रामा हिमपहिरोमा वेपत्ता सातको खोजीमा कठिनाइ

काठमाडौं । अन्नपूर्ण पदयात्राको क्रममा हिमपहिरोमा वेपत्ता भएका चार कोरियन र तीन नेपाली नागरिकलाई...   

रोनाल्डोले लगातार सातौँ लिग खेलमा गोल गरे

एजेन्सी । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले लगातार सातौँ लिग खेलमा गोल गरेपछि साबिक विजेता युभेन्टसले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top