Khabar Dabali Logo
  August 25, Sun

वृद्धभत्ता माग्न गएका जिवित व्यक्तिलाई गाउँपालिकाले मृत्युको प्रमाणपत्र थमाएपछि….

काठमाडौं । जिउँदो व्यक्तिलाई मृत्युको प्रमाणपत्र ! सुन्दा अनौठो लाग्न सक्छ । तर दैलेख भगवतीमाई गाउँपालिकामा यस्तै भएको छ । वृद्धभत्ता लिन पुगेका मनिराम खत्री र उनकी श्रीमती ज्योतिकला खत्रीलाई गाउँपालिकाले नै मृत्यु भइसकेको भन्दै प्रमाणपत्र थमाएको छ ।

आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ – कर्मचारीको लापरबाहीका कारण जीवित व्यक्तिलाई मृत्युको प्रमाणपत्र दिइएको हो। गत असार १० गते ती दम्पतीलाई गाउँपालिकाले मृत्यु दर्ताको प्रमाणपत्र थमाएको थियो । लेखपढ नगरेका खत्री दम्पतीले उक्त प्रमाणपत्र के को हो भन्ने पत्ता पाएनन् । तर जब आफ्नै मृत्युदर्ताको प्रमाणपत्र भएको थाहा पाए, तब उनीहरू छाँगाबाट खसेजस्तै भए ।

खत्री परिवार केही महिनाअघि बर्दिया बसाइँ सरेको थियो। बसाइ सराइँको प्रमाणपत्र नलिएका कारण उनीहरु वृद्धभत्ता बुझ्न दैलेख पुगेका थिए । गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर बुढाले मृत्युदर्ताको प्रमाणपत्रमा रुजु गरेका छन् ।

तर उनको अन्यत्रै सरुवा भइसकेको छ। ‘गत मंसिरमा हाम्रो परिवार बसाइँ सरी बाँसगढी आएको थियो,’ पीडितकी छोरी नानकला अधिकारीले भनिन्, ‘वृद्धभत्ता मिलाइदिन भनेर बाआमाले गाउँपालिकामा कागजात पेस गर्नुभएको थियो । तर बाआमा वृद्धभत्ता बुझ्न जाँदा त गाउँपालिकाले उल्टै दुवै जनाको मृत्यु भएको प्रमाणपत्र पो थमायो ।’

साउन ५ गते, २०७६ - ०८:०५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शीतल निवासमा  अध्यक्ष प्रचण्ड र  राष्ट्रपति भण्डारी बीच भेटवार्ता

शीतल निवासमा अध्यक्ष प्रचण्ड र राष्ट्रपति भण्डारी बीच भेटवार्ता

काठमाडौँ । राष्ट्रपति विद्यादेवि भण्डारी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल...   

भ्रमण वर्ष : न प्रचार न पूर्वाधार !

काठमाडौं । गण्डकी प्रदेश सरकारले पहिलो प्राथमिकतामा पर्यटनलाई राखेको छ । यसो त यो पर्यटकीय हब नै हो...   
पत्रकार पुडासैनी ‘आत्महत्या’ प्रकरणः ‘गलफ्रेन्ड’ भेट्न कोठा भाडामा

पत्रकार पुडासैनी ‘आत्महत्या’ प्रकरणः ‘गलफ्रेन्ड’ भेट्न कोठा भाडामा

काठमाडौं । चितवनको कंगारु होटलमा झुन्डिएको अवस्थामा मृत भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम...   

विराटनगर विमानस्थलको डीपीआर अस्वीकृत, व्यवसायी आन्दोलित

काठमाडौं । विराटनगर विमानस्थललाई क्षेत्रीय–अन्तर्राष्ट्रिय विमानस्थलमा स्तरोन्नति गर्न तयार पारिएको...   

कार्यालयमै नगई तलब र भत्ता बुझ्छन् स्थानीय कर्मचारी

काठमाडौं । स्थानीय तहमा कार्यरत कर्मचारीले कामै नगरी तलबभत्ता लिइरहेका छन् । सदरमुकामबाहिर टाढा...   
खुला तारमुक्त बनाइदैँ  काठमाडौँ उपत्यका

खुला तारमुक्त बनाइदैँ काठमाडौँ उपत्यका

काठमाडौं । सरकारले काठमाडौं उपत्यकालाई खुला तारमुक्त बनाउने गरी काम थालेको छ । काठमाडौं , ललितपुर...   

प्रधानमन्त्रीको उपचार एक महिनासम्म लम्बिने

काठमाडौं । सिंगापुरमा स्वाथ्यउपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सातपटक प्लाज्मा फेरेसिस...   

प्रधानमन्त्रीको उपचार एक महिनासम्म लम्बिने

काठमाडौं । सिंगापुरमा स्वाथ्यउपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सातपटक प्लाज्मा फेरेसिस...   

हदबन्दी छुटको भन्दै जग्गाको दुरुपयोग

काठमाडौं । हदबन्दी छुटका नाममा लिएको जग्गा दुरुपयोग भएको छ । नियाबगान, हाउजिङ, हाइड्रोपावर कम्पनी...   

डेंगु प्रकोप नियन्त्रण नै गर्न नसकिने भयो

काठमाडौं । धरानमा तीन महिना बितिसक्दा पनि डेंगु नियन्त्रण हुनुको सट्टा फैलन क्रम जारी छ । उदयपुर, पाँचथर...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top