Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

अब अधिकृतदेखि माथिका सबै कर्मचारीको कार्यसम्पादन मूल्यांकन हुने

काठमाडौं । केही संस्थान र आयोजना प्रमुखको मात्रै कार्यसम्पादन मूल्यांकन हुँदै आएकोमा सरकारले अब अधिकृतदेखि माथि सबै तहका कर्मचारीको कार्यसम्पादन गर्ने भएको छ । कर्मचारीको कार्यसम्पादन मूल्यांकन अंक उच्च देखिने, तर कार्यालयको भने कमजोर भएपछि सरकारले तल्लो तहसम्म नतिजामा आधारित कार्यसम्पादन प्रणाली लागू गरेको हो ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - सरकारको निर्णयअनुसार अब सबै मन्त्रालय, आयोग, प्राधिकरण, सचिवालय र कार्यालय तहसम्म कर्मचारीको कार्यसम्पादन मूल्यांकन हुनेछ । मुख्यसचिवले सचिवको, सचिवले सहसचिवको, सहसचिवले उपसचिवको, उपसचिवले अधिकृत र अधिकृतले त्यसभन्दा तल्लो तहका कर्मचारीको कार्यसम्पादन मूल्यांकन गर्नेछन् । अधिकृतदेखि माथिल्लो पदका कर्मचारीसँग कार्यसम्पादन करार सम्झौता नै हुनेछ । केही मन्त्रालयले १ साउनदेखि नै आफूअन्तर्गतका कर्मचारीसँग छुट्टाछुट्टै कार्यसम्पादन करार सम्झौता सुरु गरिसकेका छन् ।

‘आफ्नो कामप्रति जिम्मेवार बनाउन कार्यसम्पादन मूल्यांकनलाई विस्तार गरिएको हो,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शिशिरकुमार ढुंगानाले भने, ‘यसले कर्मचारीलाई नतिजाउन्मुख हुन र अनुशासनमा रहनमा सहयोग पुर्‍याउँछ ।’ लक्षित सेवाग्राहीले सेवा नपाए विभागीय प्रमुखले जिम्मेवारी लिनुपर्ने र ती कर्मचारीको कार्यसम्पादन मूल्यांकनमा कम अंक आउने सचिव ढुंगानाले बताए । कम अंक आउने कर्मचारीलाई बढुवालगायत सुविधामा घाटा हुनेछ । निर्धारित लक्ष्य पूरा गर्न प्रतिबद्ध बनाउन र अपेक्षित प्रगति नहुँदा कर्मचारीलाई जवाफदेही बनाउन कार्यसम्पादन मूल्यांकन गर्ने निर्णय गरेको ढुंगानाको भनाइ छ ।

निजामती सेवा नियमावली, २०५० मा निजामती सेवाका कर्मचारीको कार्यसम्पादन मूल्यांकन गर्नेसम्बन्धी व्यवस्था छ । निजामती ऐन र सुशासन ऐनमा पनि यससम्बन्धी व्यवस्था छ । सम्झौतामा उल्लिखित लक्ष्य र त्यसमा हासिल भएको प्रगति, कार्यालयको समग्र कार्यसम्पादनको स्तर तथा कार्यविवरणलाई आधार बनाई कार्यसम्पादन मूल्यांकन हुनेछ । कार्यसम्पादन सम्झौता नगरिएका, तर वार्षिक लक्ष्य तोकिएकाको हकमा कार्यरत् कर्मचारीको कार्यविवरण, चालू आर्थिक वर्षका लागि निर्धारित लक्ष्य र त्यसको प्रगतिसमेत तुलना गरी कार्यसम्पादन मूल्यांकन गर्ने निर्णयमा उल्लेख छ ।

कार्यसम्पादन मूल्यांकन गर्दा संगठनको समग्र कार्यसम्पादनको अवस्था, सेवा प्रवाहमा गरिएको सुधार, कुनै नवप्रवर्तनीय काम गरेको भए त्यसको प्रगतिलाई आधार मानिएको छ । त्यस्तै, पुँजीगत खर्चलगायत स्वीकृत वार्षिक कार्यक्रम कार्यान्वयनको अवस्था, भौतिक उपलब्धि, बेरुजु फस्र्योट र वित्तीय अनुशासन तथा गत वर्षको तुलनामा हासिल भएको प्रगतिलाई पनि आधारका रूपमा लिइएको छ ।

सरकारको उद्देश्यप्रति जवाफदेही बनाउँछ स् प्रेमकुमार राई, गृहसचिव
कार्यसम्पादन मूल्यांकन प्रणालीले सरकारका नीति तथा कार्यक्रम, बजेट, सम्बन्धित निकायका वार्षिक कार्यक्रम, निर्णयलगायतको प्रभावकारी कार्यान्वयनमा कर्मचारीलाई जवाफदेही बनाउँछ । केही देशमा त प्रधानमन्त्री र मन्त्रीबीचसमेत कार्यसम्पादन मूल्यांकनको प्रणाली छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies