Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

चार हजार मेगावाट क्षमताको आयोजनाको अध्ययन सकिँदै

काठमाडाैं । सरकारले करीब चार हजार मेगावाट क्षमताका आयोजनाको अध्ययन कार्य अन्तिम चरणमा पुग्न लागेको जनाएको छ । तीमध्ये केही आयोजनाको अध्ययनको काम सकिन लागेको र केहीको भने वातावरणीय अध्ययन भइरहेको जनाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले विभिन्न ठूला सात आयोजनाको सम्भाव्यता तथा वातावरणीय अध्ययनको कामलाई तीव्र पारेको जनाएको छ । ती आयोजनाको क्षमता एक हजार ७५९ मेगावाट रहेको छ । सरकारले आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेकामा त्यसलाई परिपूर्ति गर्ने लक्ष्यसाथ अध्ययनको कामलाई गति दिएको हो ।

विद्युत् विकास विभागका अनुसार हाल अध्ययनमा रहेका जलाशययुक्त र बहुउद्देश्यीय आयोजनामा कन्काइ बहुउद्देश्यीय आयोजना रहेको छ । झापा र इलाम जिल्लाको सिमानामा आयोजना स्थल रहने सो परियोजनाको क्षमता ८४ मेगावाट रहेको छ । हाल सो आयोजनाको दोस्रो चरणको स्थलगत प्रतिवेदन प्राप्त भई राय सुझाव पठाइएको छ ।

यस्तै दाङ र सल्यान जिल्लाको सिमानमा पर्ने ९३ मेगावाट क्षमताको शारदा बबईको पनि अध्ययन जारी छ । सो आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन सम्पन्न भएको छ । विभागका अनुसार अध्ययनको क्रममा रहेको अर्को आयोजना हो दूधकोशी पाँच । सो आयोजनाको क्षमता १०२ मेगावाट रहेको छ । वातावरणीय प्रभाव मूल्याङ्कनको पुनरावलोकन भइरहेको सो आयोजना सोलुखुम्बुमा रहेको छ ।

दैलेखमा आयोजना स्थल रहेको कर्णली स्टेज १ को भने फूकोट कर्णाली आयोजनासँग दोहोरो पर्न गएका कारण हाल अध्ययन कार्य रोकिएको छ । आयोजनाको क्षमता १८४ मेगावाट रहेको छ ।

स्थलगत कार्य जारी रहेको अर्को नौमुरे जलाशयुक्त आयोजना हो । अर्घाखाँची र प्यूठानको सिमानामा निर्माण हुने सो आयोजनाबाट विद्युत् उत्पादनका अलावा सिँचाइ तथा माछापालना गर्ने समेत सरकारको लक्ष्य रहेको छ । कूल २४५ मेगावाट क्षमताको सो आयोजनालाई सरकारले उच्च प्राथमिकतामा राखेको छ ।

यस्तै अरुण चार आयोजना पनि प्रारम्भिक डिजाइनको काम भइरहेको छ । सो आयोजनाको क्षमता ३७२ मेगावाट रहेको छ । सङ्खुवासभामा रहेको सो आयोजनामा विभिन्न विदेशी लगानीकर्ताले समेत चासो देखाएका छन् । यस्तै कूल ६७९ मेगावाट क्षमताको तल्लो अरुणकोसमेत अध्ययन भइरहेको छ । सङ्खुवासभा र भोजपुर जिल्लाको सिमानामा निर्माण हुने सो आयोजनालाई पनि शीघ्र अध्ययन सम्पन्न गरेर निर्माणमा लैजाने योजनामा सरकार रहेको छ ।

यस्तै विभागका महानिर्देशक मधुप्रसाद भेटवालका अनुसार मझौला दश आयोजनाको पनि अध्ययन भइरहेको छ । ती आयोजनाको कूल क्षमता ३१३ मेगावाट रहेको छ । ती आयोजनामा ५६ मेगावाट क्षमताको अप्सुवा खोला, ५० मेगावाटको बेनी कालीगण्डकी, ४७ मेगावाटको दूधकोशी चार, ३२ मेगावाटको म्याग्दी खोला, ३० मेगावाटको सङ्खुवा एक, २७ मेगावाटको माथिल्लो खुदी, २५ मेगावाटको सङ्खुवाखोला, २० मेगावाटको तल्लो चमेलिया र ११ मेगावाटको कर्णाली चिसापानी र १५ मेगावाटको जावा खोला रहेका छन् ।

विभागका अनुसार साना सात जलविद्युत् आयोजनाको पनि अध्ययन जारी छ । ती आयोजनाको क्षमता ६३ मेगावाट रहेको छ । यस्तै अध्ययन सम्पन्न हुने चरणमा रहेका आयोजना १४ रहेका छन् । ती आयोजनाको कूल क्षमता तीन हजार ६०९ मेगावाट रहेको छ । विभागका अनुसार सुनकोशी दोस्रो एक हजार ११६ मेगावाट, सुनकोशी तेस्रो ५३६ मेगावाट अध्ययन सम्पन्न हुने चरणमा पुगेको छ ।

यस्तै सेती खोला छैटाँै २७६ मेगावाट, कवाडी खोला २० मेगावाट, जावा खोला १७ मेगावाट, न्याउरी गाड चार मेगावाट, रुपागाड नौ मेगावाट, पिुखवा खोला सात मेगावाट, तल्लो अप्सुवा ५६ मेगावाटलगायतका आयोजना छन् ।

विद्युत् विकासमा निजी क्षेत्रलाई सहजीकरण गर्दै आएको विभागले आयोजनाको अध्ययन तथा डिजाइनको कामलाई समेत छिटो सम्पन्न गर्न र निर्माण प्रक्रियालाई गति दिन प्रेरित गरेको बताउनुहुन्छ महानिर्देशक भेटवाल ।

हाल सरकारी र निजी क्षेत्रको लगानीमा कूल तीन हजार ५०० मेगावाट क्षमताका आयोजना निर्माणाधीन रहेका छन् । यस्तै विद्युत् खरीद बिक्री सम्झौता भएका तर वित्तीय व्यवस्थापन हुन नसकेका आयोजनाको सङ्ख्या पनि उल्लेख्य रहेको छ ।
–––

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies