Khabar Dabali Logo
  January 21, Tue

अफ्रिकन कप फुटबलको च्याम्पियन बन्न् सफल ‘अल्जेरिया’

एजेन्सी । अल्जेरिया अफ्रिकन कप अफ नेसन्सको च्याम्पियन बनेको छ । इजिप्टमा शुक्रबार राति भएको फाइनल खेलमा अल्जेरियाले सेनेगललाई १–० गोलले हरायो । अल्जेरियाले दोस्रो पटक अफ्रिकन कप अफ नेसन्सको उपाधि जितेको हो । यसअघि अल्जेरियाले सन् १९९० मा पहिलो पटक उपाधि उचालेको थियो ।

खेलको दोस्रो मिनेटमा अल्जेरियाले गरेको गोल नै निर्णायक बन्यो ‌। बागदाद बोउनेदजाको प्रहार सेनेगेलका सालिफ सानेलाई ठोकिँदै गोल भएको थियो । खेलको सुरुवातमै अग्रता लिएपछि रक्षात्मक देखिएको अल्जेरिया अन्तिमसम्म सेनेगललाई रोक्न सफल भयो ।

दोस्रो हाफमा आक्रामक देखिएको सेनेगलले केही राम्रा अवसर गुमाएको थियो । दोस्रो हाफमा रेफ्रीले सेनेगललाई पेनाल्टी दिएरपनि भिएआरको सहायतामा तत्काल निर्णय बदर गरेका थिए । त्यसपछि अन्तिम मिनेटसम्म गोल फर्काउन प्रयासरत सेनेसफल गोलरहित निराश बन्यो ।

सेमिफाइनलमा अल्जेरियाले नाइजेरियालाई २–१ गोलले हराउँदै फाइनलमा स्थान बनाएको थियो । सेनेगलले ट्युनिसियालाई अतिरिक्त समयमा आत्मघाती गोल सहयोगमा १–० गोलले पराजित गर्दै फाइनलमा पुगेको थियो ।

साउन ४ गते, २०७६ - ०९:५५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धादिङमा ट्रक पल्टिदा ६ को मृत्यु

काठमाडौ । धादिङको निलकण्ठ नगरपालिका वडानम्बर ८ मैदीभञ्जाङमा मिनि ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु...   

डाक्टरकाे लापरबाहीले सप्तऋषि अस्पतालमा तीन शिशुको मृत्युबारे यस्तो निष्कर्ष

लहान । लहान नगरपालिका–३ स्थित सप्तऋषि अस्पतालमा तीन शिशुको मृत्यु भएको घटनामा डाक्टर र अस्पताल पक्षको...   
कृषिको एक अर्ब अनुदान १० निजी कम्पनीको पोल्टामा

कृषिको एक अर्ब अनुदान १० निजी कम्पनीको पोल्टामा

काठमाडौँ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट १०–१० करोड अनुदान पाउनेमा किसान होइन, नेता...   
कोलकाता बन्दरगाहमा रोकिएको अवैध छाला फिर्ता ल्याएर  छानविन अघि बढाउने

कोलकाता बन्दरगाहमा रोकिएको अवैध छाला फिर्ता ल्याएर छानविन अघि बढाउने

काठमाडौं । झूटो विवरण पेश गरेर वीरगञ्जबाट छाला पठाइएको ७ महीनापछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले...   

विदेशिनेभन्दा स्वदेशिने रकम बढी

काठमाडौं । भ्रमणबापत नेपालबाट विदेशिने रकमको बढ्दो प्रवृत्ति बदलिएको छ । विगतमा हरेक वर्ष यस्तो रकम...   

उपत्यकाका सडकलाई तीन तहमा प्राथमिकीकरण गरी रुट प्रणाली

काठमाडौं । यातायात व्यवस्था विभागले उपत्यकाका सडकहरूलाई तीन तहमा प्राथमिकीकरण गरी रुट प्रणाली तयार...   

तेस्रोलिंगीको बलात्कारपछि हत्या

काठमाडौं । हेटौंडाकी तेस्रोलिंगी अजिता भुजेलको बलात्कारपछि हत्या भएको बताइएको छ ।आजको नेपाल समाचारपत्र...   

अब तोकिएको मापदण्डमा मात्रै प्रयोगात्मक परीक्षाको अङ्क

काठमाडौं । अबदेखि विद्यालय तहमा तोकिएको मापदण्डका आधारमा मात्र प्रयोगात्मक परीक्षाको अङ्क दिन पाइने...   

अन्नपूर्ण पदयात्रामा हिमपहिरोमा वेपत्ता सातको खोजीमा कठिनाइ

काठमाडौं । अन्नपूर्ण पदयात्राको क्रममा हिमपहिरोमा वेपत्ता भएका चार कोरियन र तीन नेपाली नागरिकलाई...   

रोनाल्डोले लगातार सातौँ लिग खेलमा गोल गरे

एजेन्सी । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले लगातार सातौँ लिग खेलमा गोल गरेपछि साबिक विजेता युभेन्टसले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top