Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

कांग्रेसमा कोइराला परिवारको सक्रियता

काठमाडौं । कांग्रेस र कोइराला परिवार परिपूरकजस्तै थियो सुशील कोइराला सभापति छँदासम्म। १३ औं महाधिवेशनको संघारमा सुशीलको निधन भएपछि कोइराला परिवार मूल नेतृत्वबाट बाहिरियो। उनीहरूले तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेललाई सभापतिमा समर्थन गरेका थिए। पौडेल समूहबाट महामन्त्रीमा डा। शशांक कोइराला निर्वाचित भए। डा। शेखर कोइराला र सुजाता कोइराला केन्द्रीय सदस्यमा विजयी भए।

आजको अन्न्पुर्ण पाेष्ट दैनिकमा खबर छ - १४ औं महाधिवेशनको चर्चा चलिरहँदा तीनै नेता पार्टीको मूल नेतृत्वमा आउन रणनीति बनाउन क्रियाशील छन्। महाधिवेशनलाई लक्ष्य गरी उनीहरूले दुई वर्षदेखि आफूहरू एकढिक्का भएको सन्देश दिन भ्याइरहेका छन्। कहिले ‘लन्च मिटिङ’ गर्छन् त कहिले एउटै मञ्चमा उभिन्छन्। जारी केन्द्रीय कार्यसमिति बैठकको एजेन्डामा महाधिवेशन पनि समेटिएपछि उनीहरूको सक्रियता झनै बढेको छ। शशांकले गत सोमबार आफ्नो निवासमा शेखर र सुजातासहित लन्च मिटिङ गरे।

०७४ साउन २ मा सामूहिक लन्च गरी उनीहरूले पार्टीभित्र कोइराला परिवारको विरासतलाई पुनर्ताजगी गर्न लागेको सन्देश दिए। जेपी कोइराला फाउन्डेसनका नाममा गतिविधि थप तीव्रता पाएको छ। विराटगरबाट वीरगन्जसम्म सामूहिक रूपमा मञ्चमा प्रकट मात्रै भएनन् बरु पार्टीको नेतृत्वसमेत दाबी गरे।

फाउन्डेनको ब्यानरमा सामूहिक रूपमा प्रकट भएकै समयमा कांग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई चुनौती महसुस गरे। स्थानीय नेता/कार्यकर्तासँग देउवाले अन्तक्र्रिया गरे। उनले वीरगन्जमा वंशवादको विरोध गरे। फाउन्डेसनको संगठन सातै प्रदेशका ७७ जिल्लामा विस्तार भएको छ। सबै तहका संरचनामा महाधिवेशन प्रतिनिधिले नेतृत्व गरिरहेका छन्। यो संगठन अन्य पाँच मुलुकमा विस्तार भएको छ।

फाउन्डेसनको ब्यानरमा लगातार कार्यक्रम हुन थालेपछि देउवानिकट केन्द्रीय सदस्यले अघिल्लो बैठकमा प्रश्न पनि गरेका थिए। २२ असारमा सुरु बैठकमा नेतृ सुजाताले ती सदस्यको जिज्ञासा मत्थर पार्दै भनिन्, ‘फाउन्डेसन पूर्णरूपमा गैरराजनीतिक संगठन हो। सभापतिसहित पार्टीका सार्थीहरूले यसमा आशंका गर्नुपर्ने कुनै कारण छैन। दलभित्र देखिएझैं गुटबन्दी कोइराला परिवारले गर्दैन।’ आफूहरूले पार्टी राम्रो होस् भन्ने विषयमा छलफल गर्ने गरेको उनले बताइन्। भनिन्, ‘हामी महाधिवेशन आएपछि मात्र नेतृत्वबारे दाबी गर्नेछौं। दलभित्र एजेन्डै प्रवेश भएपछि आन्तरिक छलफल नहुने भन्ने छैन। अहिले नै नेतृत्वका विषयमा निर्णय गर्दैनांै।’

उनले पार्टीमा कोहीलक्षित गुटबन्दी नगरेको अन्नपूर्णसँग बताइन्। समग्रमा आफूहरू पार्टीलाई कसरी सुदृढ बनाउन सकिन्छ भन्नेमा चिन्तन गरिरहेको उनले बताइन्। ‘जेपी फाउन्डेसनबाट कुनै पक्ष विचिलित हुनुपर्दैन’, उनले भनिन्, ‘यसले आफ्नो तरिकारले कार्यक्रम गरिरहेको छ। यो सामाजिक कार्यमा सक्रिय संस्था हो।’ सुजाताले पार्टी नेतृत्व र १४ औं महाधिवेशनबारे बोल्न चाहिनन्। शशांक निवासमा भएको लन्च मिटिङमा फाउन्डेसनको ३ नम्बर प्रदेश संयोजक रीता खनाललगायतको उपस्थिति थियो। खनाल महाधिवेशन प्रतिनिधि हुन्।

शेखरका स्वकीय सचिव दिनेश थपलियाले तीनै नेता केन्द्रीय कार्यसमितिमा रहेकाले भेटघाटमा पार्टीबारे छलफल हुनु स्वाभाविक भएको बताए। केन्द्रीय बैठक सुरु भएको र त्यसमा महाधिवेशनको एजेन्डा प्रस्तुत भएकाले पछिल्लो लन्च बैठकमा त्यसबारे छलफल भएको उनले स्वीकार गरे।

महामन्त्री शशांक पार्टी संस्थापक बीपी कोइरालाका कनिष्ठ पुत्र हुन्। सुजाता पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकी पुत्री हुन्। डा। शेखर कोइराला परिवारमा निरन्तर क्रियाशील केशव कोइरालाका छोरा हुन्। कांग्रेसमा कोइराला परिवारको विरासत फर्काउन पछिल्लो समय कोइराला परिवारका सदस्य शशांक, शेखर र सुजाता सक्रिय छन्। शशांकले गुटबन्दी अन्त्य गर्न जोड दिने गरेका छन्। शेखरले जिल्ला दौडाहामा सक्रिय रहँदै पार्टी सभापति देउवाको कडा आलोचकको पहिचान बनाएका छन्। सुजाता भने फाउन्डेसनको संगठन विस्तारमा छिन्। उनीहरूले सभापति देउवाबाहेक अन्य नेता एक हुन् भन्ने सन्देश फाउन्डेसनमार्फत दिन थालेका छन्। वरिष्ठ नेता पौडेलदेखि नेताहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसीलगायत पनि फाउन्डेसनको मञ्चमा देखिएका छन्।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies