Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

लथालिंग पुस्तकालय

काठमाडौं । ‘पुस्तकालय ज्ञानको भण्डार हो ।’ जर्मन कवि गोथेको यो भनाइले ज्ञानका लागि पुस्तकालय महत्वपूर्ण रहेको स्पष्ट हुन्छ । ‘ज्ञान नै शक्ति हो’ र ‘शक्तिको मुहान ज्ञान हो’ जस्ता भनाइ अधिकांश दार्शनिकको पुस्तकमा पढ्न पाइन्छ । ‘वल्र्ड बुक इन्साइक्लोपिडिया’ ले संस्कृति र प्रविधिको विकासमा पुस्तकालयको भूमिका महत्वपूर्ण हुने उल्लेख गरेको छ ।

आजको अन्न्पुर्ण पोष्ट दैनिकमा खबर छ - नेपालमा पुस्तकालय खुल्ने क्रम तीव्र छ । निजी क्षेत्रबाट टोलटोलमा पुस्तकालय खुलेका छन् । कतिपय पुस्तकालयले पाठकको भोक मेटेका छन् भने कतिपय नाम मात्रैका छन् । कतिपय निजी पुस्तकालयमा सर्वसाधारणको पहुँच छैन । सर्वसाधारणको सहज पहुँचका लागि सरकारले काठमाडौंमा दर्जन बढी पुस्तकालय खोलेको छ । तर उचित संरक्षण र व्यवस्थापनमा चासो नदेखाउँदा अधिकांश पुस्तकालयको अवस्था दयनीय छ । राज्यको सम्पत्तिले खुलेका पुस्तकालयमा सर्वसाधारणको सहज पहुँच पुग्नै मुस्किल छ ।

२०७२ को भूकम्पले ढलेका राजधानीमा रहेका सार्वजनिक पुस्तकालयका संरचना अझै उठ्न सकेका छैनन् । भूकम्पले भत्किँदा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका पुराना पत्रिका तथा पुस्तक नष्ट हुने अवस्थामा छन् । पुस्तकालयप्रति राज्यको उदासीनताका कारण नाम चलेका अधिकांश पुस्तकालयको अवस्था कमजोर छ । सरकारी पुस्तकालयमा दक्ष जनशक्ति नहुँदा सेवा प्रवाह चुस्त छैन । कतिपय पुस्तकालय प्रमुखले सरकारले पुस्तकालयलाई महŒव नदिएको आरोप लगाउँछन् ।

त्रिवि केन्द्रीय पुस्तकालय, संघीय संसद् पुस्तकालय, सर्वोच्च अदालतको पुस्तकालयमा समेत द्विपक्षीय सम्झौता, इतिहास, कलासंस्कृतिका दस्तावेज छैनन् । राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले पाँच सदस्यीय कार्यदल बनाएर गरेको अध्ययनले सर्वसाधारण सहजै जान सक्ने पुस्तकालयसमेत अस्तव्यस्त रहेको निष्कर्ष निकालेको हो ।

सरकारको अधीनमा रहेको पुस्तकालयले बजेट अभावमा भएका दस्तावेजलाई पनि व्यवस्थित गर्न नसकेको पाइएको राष्ट्रिय महŒवका दस्तावेज अभिलेख व्यवस्थापनसम्बन्धी अध्ययन कार्यदलका संयोजक रामनारायण बिडारीले बताए । ‘नेपालको नक्सा, सन्धि–सम्झौता हाम्रा अमूल्य सम्पत्ति हुन् । यसको व्यवस्थापन गरिनुपर्छ’, उनले भने, ‘सरकारको अधीनमा रहेको पुस्तकालयमा यी दस्तावेज कसरी राख्ने भन्नेबारे सरकारका अंग मौन देखियो ।’

यी पुस्तकालयलाई व्यवस्थित गर्न आधुनिकीकरण गर्नुपर्ने कार्यदलको निष्कर्ष छ । ‘सरकारले आगामी आर्थिक वर्षमा पुस्तकालय र राष्ट्रिय महत्वपूर्ण दस्तावेज खोजी गरी व्यवस्थित गर्नुपर्छ । पुस्तकालयको पनि व्यवस्थित भवन बनाउन आवश्यक देखियो’, बिडारीले भने, ‘निजी पुस्तकालयलाई सरकारले आवश्यक सामग्रीसहित अनुदान दिनुपर्ने देखिन्छ ।’

त्रिवि केन्द्रीय पुस्तकालय स् अभावै–अभाव

नेपालको पुरानो विश्वविद्यालयको केन्द्रीय पुस्तकालय अभावै–अभावबीच चलिरहेको छ । कार्यदलको प्रतिवेदनअनुसार २०७२ को भूकम्पले पुस्तकालयमा क्षति पु¥याएको छ ।

‘भूकम्पले पुस्तकालयको तल्लो तला भासिएको छ । गारो भत्किएको छ । अहिले मान्छे बस्न पनि खतरापूर्ण छ’, प्रतिवेदनमा भनिएको छ, ‘भवन पुनर्निर्माणका लागि भारतीय दूतावासँग चरणचरणमा कुराकानी भए पनि कार्यान्वयन नभएको पाइयो ।’

कर्मचारी र बजेट अभावलाई पुस्तकालयले झेलिरहेको छ । पुस्तकालय सम्बन्धी ज्ञान भएका कर्मचारीको दरबन्दी नै कम रहेको प्रतिवेदनमा उल्लेख छ । त्रिविमै पुस्तकालय विज्ञान पढिरहेका विद्यार्थीलाई समेत रोस्टरमा राखेर सामान्य खाजानास्ता व्यवस्था गरेर काम लगाइरहेको पाइएको छ ।

विश्वविद्यालय अनुदान आयोगको सीमित बजेटबाट पुस्तकालय चल्नुपर्दा समस्या देखिएको छ । ‘अनुदान आयोगको बजेटले पुस्तकालय सुधार, भौतिक स्रोतसाधन व्यवस्था गर्न कठनाइ छ । पुस्तकालय सुधारका लागि सूचना प्रविधिमैत्री ई–लाईब्रेरीलाई मूर्त रूप दिन समस्या भएको छ’, प्रतिवेदनमा भनिएको छ, ‘पुस्तकालयबाटै विदेशमा रहेका पुस्तकका पाठ्यसामग्रीसमेत बजेट अभावले पढ्न सक्ने वातावरण बनाउन नसकिएको अवस्था देखियो ।’

सर्वोच्च अदालतको पुस्तकालय पनि उस्तै

भूकम्पपछि सर्वोच्च अदालतको पुस्तकालय पालमुनि पुगेको थियो । पालमुनि भएका दस्ताबेज अहिले अदालतको मुख्य भवनतर्फ सार्ने काम भइरहेको छ ।

सर्वोच्च अदालतको पुस्तकालय संवेदनशील हुने भएका कारण पुस्तकालय भवन पुनर्निर्माण गर्नुपर्ने कार्यदलको सुझाव छ । सर्वोच्चको पुस्तकालयमा कर्मचारी अभाव हुँदा सेवा दिन मुस्किल भएको प्रतिवेदनमा उल्लेख छ । पुस्तकालयमा पर्याप्त बजेट नहुँदा यसलाई सूचना प्रविधिमैत्री बनाउन नसकिएको बताइएको छ । ‘जनशक्तिसँगै बजेट पनि व्यवस्थापन गर्नुपर्ने देखिएको छ’, प्रतिवेदनमा भनिएको छ ।

पुस्तकालयसँग अन्तर सार्वजनिक निकायले सहकार्य नगर्दा पनि कठिनाइ भएको सर्वोच्चले कार्यदलसँग भनेको छ । सरकारी निकायले प्रकाशन गरेका निकायले प्रकाशित सामग्री नपठाउँदा समस्या भएको बताइएको छ । सर्वोच्चको पुस्तकालयले पाठकलाई सरकारी निकायका प्रकाशन उपलब्ध गराउन नसकेको प्रतिवेदनमा उल्लेख छ ।

संघीय संसद् पुस्तकालय : उपयुक्त ठाउँ छैन

प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र रहेको संघीय संसद् सचिवालयको पुस्तकालयमा पनि समस्यै–समस्या छ । उक्त पुस्तकालयमा ठाउँदेखि कर्मचारीसम्म अभाव छ । पुस्तकालयका लागि उपयुक्त ठाउँ नहुँदा प्रविधिमैत्री बनाउन नसकिएको समस्या त छँदैछ भएका पुस्तक पनि व्यवस्थापन गर्न सकिएको छैन ।

पुस्तकालयमा अनेकौं समस्या भएका कारण काम गर्न मुस्किल परेको पुस्तकालय शाखाले जनाएको छ । संघीय संसद्का ३३४ सांसद र संसद् सचिवालयका ३५० कर्मचारी गरी सात सय बढीले प्रयोग गर्ने उक्त पुस्तकालय सम्बन्धित निकायको बेवास्ताका कारण समस्या उब्जिएको हो । कम बजेट हुँदा पुस्तकालयलाई सोचेअनुरूप सञ्चालन गर्न नसकिएको दुःखेसो गर्छिन्, पुस्तकालय प्रमुख कमलादेवी शर्मा । ‘मुख्य त पुस्तकालय भएको ठाउँ सानो भयो । जति चाहिने हो त्यति छैन’, उनले भनिन्, ‘अर्को समस्या बजेट पनि कम छ । यसले गर्दा काम गर्न समस्या छ ।’

पुस्तकालयलाई कम प्राथमिकता दिइएको शाखाको निष्कर्ष छ । ‘लाइब्रेरीले कम प्राथमिकता पाउँदा हामीले राम्रो सेवा दिन सकेका छैनौं’, उनले भनिन्, ‘हामीले तालिम पनि पाउन सकेका छैनौं । यो प्रविधिक विषय हो त्यसकारण समयसमयमा अपडेट भइरहनुपर्छ ।’

पुस्तकालयमा अहिले दुई जना मात्रै कर्मचारी छन् । त्यसले सेवा दिन पनि समस्या छ । ‘प्रोफेसनल त म मात्रै हो, अर्का एक जना सेमिप्रोफेसनल हुनुुहुन्छ । अहिले एकजना नासु पनि पठाइएको छ’, शर्माले भनिन्, ‘जसोतसो चलाइरहेका छौं ।’ यो पुस्तकालयमा विभिन्न विधाका २० हजार पुस्तक, १९५९ भर्वेटिम छन् । पुस्तकालयका प्रमुखलाई आथिर्क अधिकार थोरै हुँदा पुस्तक खरिदमै समस्या परेको कार्यदलको निष्कर्ष छ । पुस्तकालय सुधारका लागि समिति गठन गरेर संसद् सचिवालयसँग समन्वय आवश्यक रहेको कार्यदलले औंल्याएको छ ।

केशर पुस्तकालय : लथालिंग भवन

प्रजातन्त्रसँगै स्थापित केशर पुस्तकालय भवन जीर्ण छ । २०२६ सालपछि सर्वसाधारणको पहुँचमा आएको पुस्तकालय भवन भूकम्पले भत्काउँदा पुस्तक तथा दस्तावेज लथालिंग अवस्थामा छन् । भवन पुनर्निर्माण र सबलीकरण नहुँदा टहरामै पुस्तक थन्किएका छन् ।

पुस्तकालयमा रहेका महŒवपूर्ण अभिलेख तथा ग्रन्थलाई बिग्रन नदिन तापक्रम मिलाउनुपर्ने आवश्यकता देखिएको कार्यदलको निचोड छ । यो पुस्तकालयका दस्तावेज टहरमा थन्क्याइएको छ ।

नारायणहिटीभित्रका पुस्तक सड्न थाले

नारायणहिटी दरबार संग्रहालयमा राजपरिवारले प्रयोग गरेका १८ हजार बढी ऐतिहासिक, प्राकृतिक, सामाजिक र सांस्कृतिक महŒवका पुस्तक छन् । ती पुस्तकहरू अहिले प्रयोगमा छैनन् ।

पुस्तक प्रयोगमा नआउँदा अव्यवस्थित रूपमा छरिएर रहेको छ । ‘पुराना ग्रन्थ तथा पुस्तक छरिएर रहेको हुनाले चिसोले सड्न थाले’, प्रतिवेदनमा भनिएको छ, ‘पुस्तक बिग्रन नदिन उचित संरक्षण आवश्यक छ ।’

दरबार संग्रहालयमा पुस्तकालयसँग सम्बन्धित अध्ययन गर्ने कर्मचारी नहुँदा पुस्तक व्यवस्थापनमा चुनौती देखिएको कार्यदलले जनाएको छ ।

०००

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies