Khabar Dabali Logo
  January 18, Sat

चुम्बन गर्दा शरीरमा कस्तो प्रभाव हुन्छ ?

संसारको सबैभन्दा सुन्दर कुरा प्रेम, जसको परिकल्पनाले मात्र पनि आनन्दको अनुभुति गराउँछ । प्रेम बिनाको जीवनमा मानिस बाँच्न त बाँच्छ तर उसको जीवनको कुनै अर्थ रहँदैन । त्यसैले प्रेम जीवन जिउनका लागि अति महत्वपुर्ण छ । जब कोहि प्रेमको गहिराईमा डुब्न थाल्छ, त्यो गहिराईमा दुई प्रेमिहरु आफुमा हराउन थाल्छन् ।

प्रेमको चरम सिमामा पुगेपछि प्रेमिहरु आफुलाई एक(अर्कामा सुम्पिन्छन् । उनीहरु चुम्बनमा लिप्त हुन थाल्छन् । चुम्बनले तपाईंको प्रेम जीवनलाई आनन्दित बनाउने मात्र नभइ यसले तपाईंको स्वास्थलाई पनि फाइदा पुर्‍याउँछ । प्रेममा आनन्द प्राप्तिको लागि गरिने चुम्बनले तपाईंको स्वास्थलाई पनि फाईदा पुग्छ भन्ने कुराले तपाईंलाई चुम्बनप्रति अझ सकारात्मक प्रभाव पर्न सक्छ
के-के छन् त चुम्बनका फाइदाहरु ?

-चुम्बन गर्नाले ब्लड प्रेसर कम गर्न सहयोग गर्छ ।

-चुम्बनले टाउको दुखाइ कम गर्छ भन्ने मान्यता छ ।

-चुम्बनले महिलालाई पीरियड्सको समयमा हुने दुखाईमा पनि राहत प्राप्त हुुन्छ ।

-चुम्बनले दाँतमा हुने क्याबिटीबाट बचाउँछ । चुम्बन गर्दा मुख धेरै चल्ने हुँदा क्याविटी युक्त ब्याक्टेरियाहरु सफा हुन्छन् ।

-चुम्बनले सेराटोनिन, अक्सीटसिन, डोपामाइन जस्ता ह्याप्पी हार्मोनहरुलाई बढाउने भएकोले तपाईंले रिप्रmेस र आनन्द अनुभव गर्नुहुन्छ ।

-चुम्बनले अनुहारको मासंपेशीलाई टोन गरेर अनुहार चाउरी पर्नबाट बचाउँछ

चुम्बनसँग सम्बन्धित केहि रोचक तथ्यहरु

-केहि व्यक्ति चुम्बन गर्न डराउँछन्, जसलाई फिलेमाफोयिबा भनिन्छ । जसलाई यो फोबिया हुन्छ, त्यो व्यक्ति सेक्स गर्न पनि डराउँछ । त्यस्तो फोबिया कुनै पनि उमेरका व्यक्तिमा हुन सक्छ ।

-वैज्ञानिकहरुका अनुसार हामी आमाको कोखमा हुँदा नै चुम्बन गर्न सिकिसकेका हुन्छौ ।

-प्रशान्त महासागरका मौंगिया दीपका मानिसहरु कहिल्यै चुम्बन गर्दैनन् ।

-सुडानका मानिसहरु आत्मा हराउने डरका कारण चुम्बन गर्दैनन् ।

-चुम्बन गर्दा तपाईंको १४६ मांशपेशीले काम गर्छ ।

-ब्रिटिश अध्ययनका अनुसार साँचो प्रेम पाउनका लागि महिलाले आफ्नो प्रेमिलाई १५ पटक चुम्बन गर्छिन् भने पुरुषले १६ पटक चुम्बन गर्छन् ।

-चुम्बन गर्दा हाम्रो शरीरमा अफीम भन्दा २०० गुना धेरै प्रभाव पार्ने तत्व प्रसार हुन्छ ।

चुम्बन एउटा सस्ंकृति

रोयल ह्यान्ड किस धेरै देशहरुमा यस्तो प्रकारको चुम्बन औपचारिकता निभाउनका लागि गरिन्छ । पहिलो पटक भेट्दा होस् अथवा छुटिदा, यस प्रकारको चुम्बन गर्ने चलन रहि आएको छ । यस्तो किसिमको चुम्बनलाई शिष्टाचारको रुपमा लिने गरिन्छ ।

जसले तपाईको विनम्रता दर्शाउँछ । युरोप, अमेरिकासँगै खाडी देशहरुमा पनि यस्तो चलन अति नै लोकप्रिय रहिआएको छ । यदि कुनै व्यक्ति तपाईसंग रिसाएको छ भने उसले तपाईंलाई आफ्नो हात चुम्न दिँदैन ।

एयर किस स् यस्तो प्रकारको चुम्बन यूरोपमा धेरै नै लोकप्रिय रहेको छ । यस्तो चुम्बनले आफ्नोपनको अनुभव गराउँछ । आफ्न्त, साथीभाईलाई हाइ अथवा बाइ गर्दा गालामा आफ्नो गाला जोडेर गरिने चुम्बन नै एयर किस हो । यस्तो चुम्बनको अर्थ तपाईलाई देखेर खुशी लाग्यो भन्ने हुन्छ ।

एञ्जल किस स् यस प्रकारको चुम्बनको प्रयोग जब कुनै ब्यक्तिलाई निद्राबाट उठाउनका परेमा, रुँदै गरेको व्यक्तिलाई फकाउन परेमा र कसैलाई विदाई गर्दा गरिने यो मयालु चुम्बनलाई एञ्जल किस भनिन्छ । यो चुम्बनको बिशेषता भनेका अगाडिको व्यक्तिलाई आँखामा बिस्तारै चुम्बन गर्नु हो ।

ब्राइड किस स् यस प्रकारको चुम्बनको प्रयोग विदेशमा विवाहको समारोहमा गरिन्छ । प्रायः हामी हलीउडका फिल्महरुमा यस प्रकारको चुम्बनको दृष्य देख्छौं । ।जीवनभरी माया प्रेम गर्ने वाचासहित यो चुम्बन गरिन्छ । अनलाइनखबर

साउन ३ गते, २०७६ - १६:१४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शिविर चलाएर नेकपाको सदस्यता नवीकरण

भद्रपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) झापा जिल्ला कमिटीले पार्टी एकीकरणपश्चात सदस्यको अभिलेख...   

चर्चामा प्रदेश नं ५ को राजधानी

रुपन्देही । प्रदेश नं ३ को राजधानी र नामाकरणको टुङ्गो लागेसँगै प्रदेश नं ५ को राजधानीको विषयले चर्चा...   

भरतपुरमा एक सय छ वर्षीय वृद्धको मोतियाविन्दुको शल्यक्रिया

चितवन । भरतपुर आँखा अस्पतालको बहिरङ्ग सेवामा आज बिहान भेटिएका एक वृद्ध निकै खुशी देखिन्थ्य । एक सय...   

धुलिखेल–बर्दिवास सडकमा कालोपत्र शुरु

काठमाडौ । धुलिखेल–सिन्धुली–बर्दिवास सडकअन्तर्गत विभिन्न खण्डमा कालोपत्र शुरु गरिएको छ । चालू आर्थिक...   

त्रिविद्वारा स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन

काठमाडौ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी...   

रोजगारी सिर्जना गर्ने उद्योगलाई करमा विशेष छुट

बागलुङ । बागलुङ नगरपालिकाले रोजगारी सिर्जना हुने गरी खोलिने सेवा तथा उत्पादनमूलक उद्योगमा कर छुट...   

कालिकोटमा विद्यालयको अनुगमन मोबाइलबाटै हुने

कालिकोट । कालिकोटको पचालझरना गाउँपालिकाले मोबाइल फोनबाट नै विद्यालयको अनुगमन प्रविधि सञ्चालनमा...   

विप्लव समुहका नेता चुडामणि ओलीसहित १६ जना कारागार चलान

बाजुरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको केन्द्रीय नेता चुडामणि ओलीसहित १६ कार्यकर्तालाई पुर्पक्षका...   
हुन्छ भन्नेले हुन्छ भन्नुहोस् …सिको गर्दै गाउँपालिका बैठक

हुन्छ भन्नेले हुन्छ भन्नुहोस् …सिको गर्दै गाउँपालिका बैठक

मुग्लिन। सङ्घीय संसद् बैठक सञ्चालनको शैलीमा चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले...   

शहीद स्मारक लिग : मछिन्द्र क्लब शीर्ष स्थानमा

काठमाडौ । शहीद स्मारक ‘ए’ डिभिजन लिगको छैटौँ चरणको खेल सकिन लाग्दा मछिन्द्र क्लब १३ अङ्कका साथ शीर्ष...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top