Khabar Dabali Logo
  August 25, Sun

खोटाङ–काठमाडौँ सडक नौ दिनपछि पुनः सञ्चालन

खोटाङ । बाढीपहिराले अवरुद्ध मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङ–काठमाडौँ सडक नौ दिनपछि पुनःसञ्चालन भएको छ । लगातारको वर्षापछि विभिन्न ठाउँमा आएको बाढीपहिराले क्षति गरेपछि अवरुद्ध बनेको सडक मर्मत गरेर शुक्रबारदेखि पुनःसञ्चालन गरिएको हो ।

अविरल वर्षासँगै आएको बाढीपहिराले उक्त सडक खण्डको सयौँ स्थानमा अवरोध पु¥याएको थियो । नेपाली सेना, जनपद तथा सशस्त्र प्रहरी, स्थानीय सरकार तथा स्थानीयवासीले पहिरो हटाएपछि यातायात सञ्चालन गरिएको हो ।

पहिरो हटेसँगै आज बिहानदेखि खोटाङ र काठमाडौँबाट यातायातका सवारी साधन सञ्चालन भएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङले बताउनुभयो । “जयरामघाट नजिकको डौँठेखोला र उदयपुरको घुर्मीको पहिरोलाई पूर्णरुपमा हटाउन सकिएको छैन”, उहाँले भन्नुभयो, “आजै बेलुकासम्म पूर्णरुपमा पहिरो हटाइसक्ने सडक मर्मतमा खटिएका व्यक्तिले बताएका छन् ।” आंशिकरुपमा सडक सञ्चालन भएसँगै दिक्तेलमा राजधानी काठमाडौँ तथा तराईका जिल्ला जाने र आउने यात्रुको चहलपहल शुरु भएको छ । अवरुद्ध सडक खुलेसँगै बीच सडक खण्डमा फसेर अलपत्र अवस्थामा बसेका यात्रु आज बिहानदेखि आआफ्नो गन्तव्यतर्फ लागेका छन् ।

पहिराका कारण सडक अवरुद्ध भएसँगै जिल्लामा यातायातका सवारी साधन सञ्चालन नहुँदा काठमाडौँ तथा तराईका जिल्ला आवतजावत गर्न समस्या बनेको थियो । सडक अवरुद्ध भएपछि खोटाङ–काठमाडौँ दैनिक दुईपटकसम्म हेलिकप्टर चार्टर गरेर उपचार तथा व्यक्तिगत काममा लागि जानुपर्ने बाध्यता थियो ।

सडक अवरुद्ध भएपछि आकस्मिक कार्यका लागि यात्रुले रु दुई लाखदेखि रु दुई लाख २० हजार तिरेर हेलिकप्टर चार्टर गर्न बाध्य बनेका थिए । सडक अवरुद्धका कारण भोलि शनिबारदेखि जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सञ्चालन हुने लोकसेवा आयोगका परीक्षार्थीलाई सहभागी बन्न समस्या भएको थियो ।

हप्तादिनभन्दा बढी राजधानी काठमाडौँ तथा तराईसँगको सिधा यातायात अवरुद्ध हुँदा जिल्लामा दैनिक उपभोग्यवस्तु समेत अभाव शुरु भएको थियो । मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–हलेसी–जयरामघाट हुँदै काठमाडौँ जोड्ने सडक खुले पनि जिल्लाका अन्य सडक अझै अवरुद्ध छन् । अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेपनि कहिलेसम्म अवरुद्ध सडक खुल्ने भन्ने टुङ्गो छैन ।

जिल्लाका अधिकांश सडक स्काभेटर प्रयोग गरेर निर्माण गरिएकाले वर्षाद्को पानीले पहिरो गएको जनाइएको छ । जिल्लाका सबै स्थानीय तहमा आर्थिक वर्षको अन्त्यमा सम्पन्न गर्ने लक्ष्यका साथ ग्रामीण सडक निर्माण गरिएको थियो ।

लामो समयसम्मको खडेरीपछि परेको अविरल वर्षासँगै आएको बाढी तथा पहिराले जिल्लामा तीन जनाको ज्यान गएको छ भने अर्बौंको क्षति भएको छ ।

साउन ३ गते, २०७६ - १५:२८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनलाइन पत्रकारको छुरा हानी हत्या

मेक्सिको । मेक्सिकोको एउटा समाचार अनलाइनका प्रमुखकको छुरा प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ...   

शालिकराम पुडासैनी मृत्यु प्रकरणः प्रहरीले अनुसन्धान फाइल सरकारी वकिललाई बुझायो, अब अगाडिको प्रक्रिया के ?

चितवन । पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका टिभी कार्यक्रम...   

आज फेरि सुनको भाउले बनायो अर्को रेकर्ड: तोलाको कति पुग्यो ?

काठमाडौं । साताको पहिलो दिन अर्थात आइतबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । सुन आज तोलामा...   

रवि लामिछानेसहित तीनै जनालाई अदालतमा प्रस्तुत गरिँदै, आज होलान् त रिहा ?

चितवन । टेलिभिजन कार्यक्रमका प्रस्तोता रवि लामिछानेसहित तिनै जनालाई आज पुनः अदालतमा पेश गरिँदैछ ।...   

प्रधानमन्त्री ओलीलाई ‘प्लाज्मा फेरेसिस’ गरिँदै, के हो ‘प्लाज्मा फेरेसिस’ ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘प्लाज्मा फेरेसिस’ विधिबाट उपचार सुरु भएको छ। उपचारका...   

आज रवि लामिछानेविरुद्ध सरकारी वकिलले अभियोगपत्र दायर गर्दै

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा मुछिएका टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेविरुद्ध...   

आज यी स्थानहरुमा चट्याङ्गसहित भारी वर्षाको संभावना, सतर्क रहन आग्रह

काठमाडौं । शुक्रवार देशभर आंशिकदेखि सामान्य बदली रही देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना रहेको...   

आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा श्रीमान् पक्राउ

भक्तपुर । आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आफू बिरामी...   

सेनाले सहुलीयतपूर्ण किस्ताबन्दीमा घडेरी उपलब्ध गराउने नीति परिवर्तन गर्यो

काठमाडौं । नेपाली सेनाले सकल दर्जालाई सहुलीयतपूर्ण किस्ताबन्दीमा घडेरी उपलब्ध गराउने नीति परिवर्तन...   
अमेरिकी डलरको भाउ बढ्यो, कति छ अरु विदेशी मुद्राको विनिमयदर ?

अमेरिकी डलरको भाउ बढ्यो, कति छ अरु विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं। शुक्रबार अमेरिकी डलरको भाउ बढेर ११५ रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विदेशी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top