Khabar Dabali Logo
  August 25, Sun

पर्यटनको विकासबाटै प्रदेशको समृद्धि सम्भव : मुख्यमन्त्री पोखरेल

रुपन्देही । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पर्यटन क्षेत्रको विकासबाटै प्रदेशको समृद्धि सम्भव भएको बताएका छन् ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रकाशन गरेको ‘पर्यटन गाइड’ पुस्तकको आज यहाँ विमोचन गर्दै उनले यो वर्ष पर्यटनलाई केन्द्रित गरेर पूर्वाधार निर्माणमा विशेष जोड दिने सरकारको योजना रहेको बताए । “प्रदेशका महत्वपूर्ण गन्तव्यसम्म पुग्नका लागि सडक पूर्वाधारमा लगानी गर्दैछौ”, उनले भने । प्रदेशका विभिन्न स्थानमा सांस्कृतिक डबली निर्माणका लागि काम शुरु भएको जानकारी गराउँदै उनले प्रदेशका सांस्कृतिक सम्पदालाई पर्या–पर्यटनसँग जोडेर विकास गर्ने जानकारी दिए ।

मुख्यमन्त्री पोखरेलले लुम्बिनीको बसाइँ अवधि लम्ब्याउन चक्रपथ निर्माण र रामग्राममा बुद्धकालीन सङ्ग्रहालय बनाउने योजना अगाडि सारेको बताए। प्रदेशको बजेट खर्चबारे कुरा गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेश लेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको बजेट विवरण अपूर्ण रहेको बताए ।

‘लेखा नियन्त्रक कार्यालयले प्रदेश सञ्चित कोषको रकम मात्रै निकालेर सार्वजनिक गर्यो तर सङ्घीय सञ्चित कोषको रकम त्यसमा सामेल छैन । खानेपानी, सिँचाइ र सडकको योजना सोझै केन्द्रीय कोषबाट प्राप्त गरेका थियौँ’, उनले भने । मुख्यमन्त्री पोखरेलले केन्द्रीय कोषबाट प्राप्त गरेको रकम सामेल गरी आर्थिक मन्त्रालयले केही दिनमै यथार्थ विवरण सार्वजनिक गर्ने बताए ।

प्रदेश लेखा नियन्त्रक कार्यालयले बिहीबार आर्थिक वर्ष ०७५÷०७६ मा ६३ प्रतिशत बजेट खर्च भएको तथ्याङ्क सार्वजनिक गरेको थियो । प्रदेश लेखा नियन्त्रक कार्यालयले गत वर्षको प्रारम्भिक विवरण सार्वजनिक गर्दै चालूतर्फ ७० प्रतिशत र पूँजीगततर्फ ५९ प्रतिशत खर्च भएको जनाएको थियो ।

साउन ३ गते, २०७६ - १४:५२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पहिरोमा श्रीमती र दुई छोरा गुमाएका राईलाई प्रदेश सरकारद्धारा छ लाख राहत

खोटाङ । पहिरोमा श्रीमती र दुई छोरा गुमाएका खोटेहाङ गाउँपालिका–२ वाप्लुखाका विष्णुकुमार राईलाई १ नम्बर...   
‘मानव बेचविखन तथा ओसारपसार नियन्त्रणमा ऐक्यबद्धता’

‘मानव बेचविखन तथा ओसारपसार नियन्त्रणमा ऐक्यबद्धता’

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचविखन तथा ओसारपसारविरुद्धको १३औँ...   

मानवाधिकार आयोगको टोली दक्षिण अफ्रिकातर्फ

काठमाडौँ । राष्ट्रिय मानवाधिकार आयोगको टोली दक्षिण अफ्रिकाको मानवअधिकारको अवस्थाबारे जानकारी लिनका...   

धरौटी तिर्न नसक्दा विप्लव कार्यकर्ता कारागार चलान

बैतडी । नेत्रविक्रम चन्द विप्लव समूहका एक कार्यकर्ता कारागार चलान भएका छन्। पुर्चौडी नगरपालिका–३...   
राष्ट्रपति भण्डारीद्वारा विधेयक प्रमाणीकरण

राष्ट्रपति भण्डारीद्वारा विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भूउपयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ प्रमाणीकरण...   

भारतीय नक्कली रुपैयाँसहित दुई जना पक्राउ

वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट भारतीय नक्कली नोटसहित २ जनालाई नियन्त्रणमा लिएको छ । पर्साको बहुदरमाई...   
‘वातावरण विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘वातावरण विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं । राष्ट्रियसभा बैठकले ‘वातावरण संरक्षण विधेयक, २०७६ विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले...   

बिप्लव समूहका जिल्ला इन्चार्ज पक्राउ

कास्की । नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज रुपेश भनिने कृष्ण वाग्लेलाई प्रहरीले पक्राउ गरेको...   

सिरहामा करेन्ट लागेर युवकको मृत्यु

सिरहा । करेन्ट लागेर सिरहाको बरियारपट्टि गाउँपालिका–४ सोहपुरमा आज एक युवकको मृत्यु भएको छ । मृत्यु...   
२५ डाक्टरले दिए सामूहिक राजीनामा

२५ डाक्टरले दिए सामूहिक राजीनामा

दाङ । दाङ जिल्ला स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका २५ जना डाक्टरहरुले सामूहिक राजीनामा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top