Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

बाढीबाट ८१ लाखको बिरुवा नष्ट

गौशाला । अविरल वर्षाका कारण महोत्तरीमा आएको बाढीबाट रु ८१ लाख १४ हजार ८०० मूल्य बराबरको बिरुवा नष्ट भएको छ ।

डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख हेमन्तप्रसाद साहका अनुसार जिल्लामा बाढीले विभिन्न नर्सरीमा लगाइएका छ लाख ५२ हजार ९५० बिरुवा नष्ट भएको हो । रातु, विग्ही, मरहा, जङ्घा, अङ्कुशी नदीमा आएको बाढीले जलेश्वर नगरपालिका–९, बलवा, भङ्गहा नगरपालिका–४, जलेश्वर नगरपालिका–४ मा रहेका वन नर्सरीमा बिरुवा एकवर्षे, दुईवर्षे र बहुद्देश्य रूख तथा काष्ठ प्रजातिका उत्पादित बिरुवा हिलो, लेदो र माटोले क्षति पुर्याएको डिभिजन वन कार्यालयका प्रमुख साहले बताए ।

डिभिजन वन कार्यालयका अनुसार बलवा र जलेश्वर नपा–९ मा रहेका नर्सरीमा कैशिया सेमिया, लोल्डमोहर, ऋमला, सिरिस, साल, सतिसाल, कल्की, काइयो, महोगनी, अर्जुन, बाँस, जामुन, नीम, टिक प्रजातिका गरी ४० लाख मूल्य बराबरको दुई लाख सात हजार ५० नष्ट भएको हो ।

त्यस्तै सोही नर्सरीमा रहेका मसला, सतिसाल, गम्हारी, इपिल, सिसौ, सिरिस, कैसिया सेमिया, राजवृक्ष, साल, बेल, जामुन, सहिजन प्रजातिका गरी नौ लाख मूल्य बराबरको एक लाख एक हजार बिरुवा नष्ट भएका छन् ।

त्यस्तै डिभिजन प्रमुख साहका अनुसार सोही नर्सरीमा दुईवर्षे बिरुवाअन्तर्गत साल, गोल्डमोहर, रक्तचन्दन, महोगनी, कैसिया सेमिया, सतिसाल, बोतलब्रस, बाँस, बडहर, अर्जुन, जामुन, नीम, कदम, सतिसाल, टिक प्रजातिका गरी दुई लाख मूल्य बराबरको एक लाख ४०० बिरुवा डुबानमा परी नष्ट भएका छन् ।

त्यस्तै भङ्गहा नपा–४ मा रहेका नर्सरीमा इपिल, टाँकी, साल, खयर प्रजातिका गरी एक लाख ४४ हजार मूल्य बराबरका १६ हजार बिरुवा नष्ट भएका छन् । त्यस्तै सोही वडामा रहेका नर्सरीमा टाँकी, खमारी, साल, महोगनी, बबुर, केसियासेमिया, इपिल, सिमल, कराउनियालगायतका रूख र काष्ठ प्रजातिका बहुद्देश्य बिरुवा करीब सात लाख ७५ हजार ८०० मूल्य बराबरको ८६ हजार २०० बिरुवा डुबानमा परी नष्ट भएको हो ।

त्यस्तै बलवा र जलेश्वर नपा–४ मा रहेको नर्सरीमा टिक, अशोक, कटहर, कदमलगायतका दुई लाख ९५ हजार मूल्य बराबरको १४ हजार ५०० बिरुवा डुबानमा परी नष्ट भएको डिभिजन वन कार्यालय महोत्तरीले जनाएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies