Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

सावधान ! ‘फेसएप’ प्रयोग गर्नु खतरनाक छ

बिबिसी । अहिले सोसल मिडियामा एउटा एपको प्रयोग गरी आफुलाई बुढो देखाउने होडबाजी नै चलिरहेको छ । विश्वभर नै फेस एपले तहल्का मच्चाइरहेको छ । सोसल मिडियामा फेसएपका तस्वीर अन्धाधुन्ध पोष्ट भैरहेका छन् । यो एपले कुनैपनि व्यक्तिको तस्वीरलाई कृत्रिम तरिकाले बुढो मानिसको अनुहारको रुपमा बदलिदिन्छ ।

म बुढो हुँदा कस्तो हुँला ? भन्ने उत्सुकता सबै तन्नेरीहरुमा हुनु अस्वभाविक होइन । त्यसैले सोसल मिडियामा युवायुवती हरुले फेसएपले बुढो बनाएको आफ्नो अनुहार पोष्ट गरिरहेका छन् । तर तपाइँ आफ्नो बुढोपनाको तस्वीर पोष्ट गरिरहँदा जति रोमाञ्चित भैरहनुभएको छ त्यसले तपाइँलाई खतरामा पनि धकेलिरहेको हुन्छ । किनकी यो एप प्रयोग गर्दा साइबर सुरक्षामा खतरा पैदा हुने देखिएको छ ।

जब तपाइँ आफ्नो फोटोलाई बुढो बनाउनका लागि यो एप प्रयोग गर्नुहुन्छ तब तपाइँको सोसल मिडियाको जानकारी फेसएपको सर्भर सम्म पुग्दछ । फेसएपले प्रयोगकर्ताका तस्वीर छनोट गरी अपलोड गर्दछ । त्यसपछि आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरी उक्त फोटोको स्वरुपमा परिवर्तन गरिन्छ । त्यसमा सर्भरको प्रयोग हुन्छ र एपका माध्यमबाट नै प्रयोगकर्ताले फोटो खिच्नु पर्दछ ।

वास्तवमा फेस एपलाई तपाइँ केवल आफ्नो एउटा फोटो मात्र दिइरहनु भएको हुँदैन धेरै चिज सुम्पिनुभएको हुन्छ । तपाइँको फेसएपमा दिएको तस्वीर केवल तपाइको निजी प्रयोगमा मात्र सिमित रहनेछैन भविष्यमा सार्वजनिक रुपमा पनि प्रयोग हुन सक्नेछ ।

यो एप यति खतरनाक छ कि तपाइँले यो एप प्रयोग गरिरहेको मोबाइल फोनबाट तपाइँका विभिन्न सूचना प्राप्त गर्दछ र पछि ती सूचनालाई विज्ञापनमा प्रयोग गर्न सक्छ । यो एपले प्रयोगकर्ताहरुको आनीबानी तथा रुचीहरु बुझ्ने कोसिस गरिरहेको हुनसक्छ ता कि विज्ञापनमा प्रयोग गर्न सकियोस् । यसलाई मार्केटिङको हतियारका रुपमा पनि बुझिएको छ ।

यो एप एकपटक चलाइसकेपछि यसले प्रयोगकर्ताको फोनमा रहेका सबै तस्वीरहरुसम्म पहुँच राख्दछ कि भन्ने चिन्ता पनि व्यक्त गर्न थालिएको छ । एप खोल्ने बित्तिकै इन्टरनेटमा सबै तस्वीरहरु अपलोड हुन थालेको कतिपय प्रयोगकर्ताले गुनासो गरिरहेका छन् ।

फेसएपलाई लिएर अमेरिकी सिनेटमा पनि आवाज उठेको छ र सिनेटरहरुले यो एपमाथि छानविन गर्न माग गरेका छन् । सिनेटमा अल्पसंख्यक नेता चक शुमरले फेसएपमाथि छानविन गर्न माग गरेका हुन् । ट्वीटरमा पोष्ट गरिएको एक पत्रमा शुमरले लेखेका छन्, ‘यो निकै चिन्ताजनक छ । अमेरिकी नागरिकको निजी डाटा विदेशी शक्तिहरुले प्राप्त गरिरहेका छन् ।’

तर फेसएपले भने यस्ता आरोप अस्विकार गरेको छ । रुसको सेन्ट पिटर्सबर्गस्थित वायरलेस ल्याब कम्पनीले उक्त एप विकास गरेको हो । यो एपमार्फत लिइने तस्वीरहरु स्थायी रुपले संग्रहित नगरिने र प्रयोगकर्ताका व्यक्तिगत डाटाहरु कुनै पनि चोरी नगरिएको कम्पनीको भनाई छ । प्रयोगकर्ता आफैले छानेका तस्वीरमा एपमार्फत केवल एडिटिङ्ग मात्र गर्ने गरिएको जिकिर उसको छ ।

तर सिनेटर शुमरले चाहीँ एफबिआई र संघीय वाणिज्य आयोग मार्फत यो एपको जाँच गर्न माग गरेका छन् । उनी लेख्छन्, ‘म अमेरिकी नागरिकहरुका निजी डाटाको सुरक्षा तथा डाटा चोरीको आशंकालाई लिएर चिन्तित छु । यसको खतरा कस्तो हुन्छ भन्ने बारेमा धेरै मानिस अनभिज्ञ छन् ।’

सन् २०२० को अमेरिकी राष्ट्रपति चुनावलाई प्रभावित गर्न समेत यो एपको दुरुपयोग हुनसक्ने तर्फ डेमोक्रेटिक नेशनल कमिटीले चेतावनी दिएको परिप्रेक्ष्यमा शुमरले उक्त एपमाथि छानविनको माग गरेका हुन् । विज्ञहरुका अनुसार यो एपले साइबर सुरक्षामा कत्तिको खतरा पैदा गरेको छ भन्ने त अझै खुलेको छैन, तर यो एप प्रयोग नगर्नु नै फाइदाजनक हुन्छ ।

तथापि अहिले विश्वमा ८ करोड भन्दा धेरैले यो एप प्रयोग गरिसकेका छन् । यसअघि सन् २०१७ मा फेसएप निकै विवादमा आएको थियो । त्यतिबेला उक्त एपले प्रयोगकर्ताको नश्ललाई नै एडिट गर्ने फिचर राखेको थियो । निकै आलोचना भएसँगै कम्पनीले फेसएपबाट उक्त फिचर हटाउँदै माफी समेत मागेको थियो ।

तसर्थ विवादको मामिलामा फेसएप कुनै नयाँ एप होइन । ‘इथ्नीसिटी फिल्टर्स’ को विषयलाई लिएर दुई वर्षअघि यो विवादमा आएको थियो । त्यसमा प्रयोगकर्ताले आफ्नो वर्ण अर्थात् नश्ललाई अर्कै नश्लमा बदल्न सक्दथे ।

अमेरिकामा फेसएपका विषयमा विरोध भैरहेको भएपनि फ्रेन्च साइबर सुरक्षाका एकजना अनुसन्धानकर्ताले भने फेसएप साइबर सुरक्षाका लागि खतरनाक नरहेको र यसले केवल प्रयोगकर्ताले पेश गरेको तस्वीर मात्र प्रयोग गर्ने बताएका छन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies