Khabar Dabali Logo
  January 21, Tue

यस्ता सम्पर्क सुत्र प्रयोग गरेर चन्द समूहलाई वार्तामा ल्याउन दौडधुप

काठमाडौँ । सत्तारूढ दल नेकपाका नेताहरू नेत्रविक्रम चन्द समूहलाई वार्तामा ल्याउन दौडधुपमा लागेका छन् । सरकारले औपचारिक वार्ता टोली बनाउनभन्दा विभिन्न सम्पर्क सूत्र प्रयोग गरेर छलफल थालेको चन्द समूहका एक स्थायी कमिटी सदस्यले बताए ।

आजको कान्तिपुरमा खबर छ – विशेषगरी प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालले आफूनिकट नेतालाई वार्ताका लागि पठाएका छन्’ ती सदस्यले भने ।

वार्ताका लागि औपचारिक पत्र नपठाई अनौपचारिक रूपमा मात्र कुरा गर्न खोजेको विषयलाई चन्द समूहले प्रलोभनमा पार्ने सरकारको रणनीतिका रूपमा लिएको छ । ‘वार्ता गर्नेभन्दा नेतालाई प्रलोभन पार्ने काम भइरहेको छ, सत्तापक्षका साथीहरूले विभिन्न प्रलोभन देखाइरहेका छन्,’ ती स्थायी कमिटी सदस्यले भने, ‘वार्ताको कुरा गरेर गलाउने रणनीति जस्तो देखिन्छ ।

नागरिक समाज, सञ्चारकर्मी, सर्वसाधारण र राजनीतिक दलले वार्ता बस्दा राम्रो हुन्छ भन्ने सुझाव दिएपछि चन्द समूहले सरकारले पत्र पठाए वार्ता बस्ने निर्णय गरेको थियो । यसअघि सरकारले चन्द समूहलाई वार्ताका लागि पत्र पठाएको भनेर हल्ला मात्र गरेको उनको आरोप छ । ‘पहिले पनि सरकारले पत्र पठायौं भनेर हल्ला गर्‍यो, हामी वार्ताविरोधी जस्तो देखियौं,’ चन्द समूहका ती नेताले भने, ‘ठीक छ, अब वार्तामा बसौं भनेर निर्णय गरियो । सरकारचाहिँ पत्र नपठाउने, पद दिने प्रलोभन देखाउन लागेको छ ।’

सरकारले औपचारिक रूपमा वार्तामा बोलाए त्यसका लागि कसरी जाने भन्ने सामान्य खाकासमेत चन्द समूहले बनाइसकेको ती नेताले जानकारी दिए । कसको नेतृत्वमा वार्ता टोली बनाइएको छ भन्नेचाहिँ उनले खुलाएनन् । ‘सरकारी पक्ष औपचारिक रूपमा आए मात्रै त्यो सार्वजनिक हुन्छ’ उनले भने ।

पछिल्लोपटक प्रधानमन्त्री केपी शर्माले ओलीले गृहसचिव प्रेम राईलाई नख्खु जेलमा रहेका चन्द समूहका स्थायी कमिटी सदस्य हेमन्तप्रकाश ओलीलाई भेट्न पठाएको ती सदस्यले जानकारी दिए । ‘राईजी प्रधानमन्त्रीको सन्देश बोकेर जानुभएको थियो तर यसरी व्यक्तिगत रूपमा भेटेर केही पनि हुँदैन,’ ती सदस्यले भने, ‘औपचारिक रूपमा आउनुपर्‍यो ।’

त्यसैगरी नेकपा महासचिव विष्णु पौडेल र सांसद सोमप्रसाद पाण्डेले पनि विभिन्न नेतालाई सम्पर्क गरेको उनको भनाइ छ । अर्का अध्यक्ष पुष्पकमल दाहालले चन्द समूहका पोलिटब्युरो सदस्य अनिल शर्मालाई भेटेको उनले बताए । ‘अध्यक्ष दाहाल चन्द समूहसँग वार्ता गर्ने पक्षमा छन्,’ उनले भने ।

नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले व्यक्तिगत रूपमा चन्द समूहलाई वार्तामा ल्याउन पहल गरिराखेको बताए । ‘मलाई कसैले खटाएको होइन, अब बन्दुक चलाएर हुँदैन, वार्तामा आउनुपर्छ, मैले चन्दजीहरूलाई पनि भन्दै आएको छु,’ उनले भने, ‘त्यसकारण दुवैतर्फबाट विश्वासको वातावरण बनाउनुपर्छ ।’ भोजपुर र सर्लाही घटनाले दुवै पक्षमा विश्वासको संकट पैदा भएको जनाउँदै उनले अब त्यसलाई सामान्यीकरण गर्दै वार्तामा बस्नुपर्ने बताए ।

पार्टी प्रतिबन्धपछि आफ्नो पार्टीका जिल्लास्तरका तीन नेतालाई सरकारले मुठभेडमा मारेको दाबी चन्द समूहले गरेको छ । जेठ १३ मा भोजपुरमा तीर्थ घिमिरे, असार १० मा सर्लाहीमा कुमार पौडेल र असार २५ मा ओखलढुंगा इन्चार्ज नीरकुमार राईको भोजपुरमा प्रहरीसँग मुठभेडमा मृत्यु भइसकेको छ ।

गृहमन्त्री रामबहादुर थापाका प्रमुख राजनीतिक सल्लाहकार सूर्य सुवेदीले चन्द समूहले विश्वसनीय वातावरण र स्पष्ट माग राख्नुपर्ने बताए । औपचारिक माग राखेपछि मात्रै सरकारले औपचारिक रूपमा वार्ता टोली गठन गर्न सक्ने उनको भनाइ छ । ‘उहाँहरू पनि औपचारिक रूपमा आउनुपर्‍यो नि, पत्र त प्राविधिक विषयवस्तु हो,’ उनले भने, ‘संविधान, कानुनअनुसार आए मात्र वार्ता हुन्छ । अहिले वार्ता टोली गठन गर्दैनौं, व्यक्तिगत रूपमा कसले कहाँ भेट्छ, त्यसले खास अर्थ राख्दैन ।’

यसअघि सरकारले वार्ता टोली गठन गर्दा चन्द समूह भागेको उनले बताए । ‘वार्ताको पक्षमा हामी जहिले पनि छौं,’ उनले भने ।

साउन ३ गते, २०७६ - १०:४० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

व्यक्तिगत जग्गा सम्याउदा प्रसारण लाइनको टावर जोखिममा

काठमाडौं । व्यक्तिगत व्यवसाय विस्तारका लागि जग्गा सम्याउदा सार्वजनिक सम्पत्तिमा हानीनोक्सानी पुगे...   

सभामुखमा अग्नि सापकोटाको मात्रै उम्मेदवारी, औपचारिक घोषणा माघ १२ गते

काठमाडौं । सभामुख पदका लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अग्निप्रसाद सापकोटाको मात्रै...   
अस्ट्रेलियामा भीषण आँधी, तीस हजार घरमा विद्युत लाइन अवरुद्ध

अस्ट्रेलियामा भीषण आँधी, तीस हजार घरमा विद्युत लाइन अवरुद्ध

सिड्नी । मंगलबारदेखि अस्ट्रेलियाको पूर्वी भागमा आएको भीषण आँधीबेहरीका कारण करिब ३० हजार घरमा विद्युत...   

झिनो अङ्कले बढ्यो नेप्से

काठमाडौं । धितोपत्र बजारमा नेप्से परिसूचक झिनो अङ्कले वृद्धि भएको छ । सोमबार २६ अङ्कले घटेको बजारमा...   

कर्जा प्रवाह १४ अर्बले बढ्यो

काठमाडौं । बैंकले गत पुस मसान्तसम्म कूल १२७ अर्ब निक्षेप र ११७ अर्ब प्रवाह गर्न सफल भएको छ । अघिल्लो...   

अर्थतन्त्र गौरव गर्न लायक बाटोमा छ : अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको अर्थतन्त्र सुदृढ, सरल र स्थायी मार्गमा अघि बढिरहेको...   

मेलम्चीको मुहानसम्मको सडक निर्माण शुरु

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुहानसम्मको सडक निर्माण अघि बढेको छ । जिरो किलोबाट २५ किमी सडकमध्ये...   

बालबालिकाको प्रशंसा गर्न कतै चुक्नुभयो कि ?

काठमाडौं । तपाईंले कहिल्यै बालमनोविज्ञानको बारेमा सोच्नुभएको छ ? उनीहरुको आनीबानी व्यवहारको विषयमा...   

डोटीको तीन गाउँपालिकामा १०८ छाउगोठ भत्काइयो

डोटी । प्रहरी तथा स्थानीयवासीको सहयोगमा यहाँका तीन गाउँपालिकामा १०८ छाउगोठ भत्काइएको छ । बडीकेदार,...   
आवासीय भवनमा भवनमा आगलागी, एघार जनाको मृत्यु

आवासीय भवनमा भवनमा आगलागी, एघार जनाको मृत्यु

मस्को । रुसको तोमस्क क्षेत्रको प्रिचुलुमाकी गाउँको एक आवासीय भवनमा भएको आगलागीमा परी कम्तीमा एघार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top