Khabar Dabali Logo
  January 21, Tue

प्यान दर्ता तत्काल सम्भव छैन : महासंघ

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले तत्काल प्यान दर्ता गरी बैंकमार्फत तलब भुक्तानी गर्ने व्यवस्था लागू गर्ने अवस्था नरहेको भन्दै थप समय उपलब्ध गराउन आग्रह गरेको छ। २०७६र७७ देखि निजी क्षेत्रमा काम गर्ने सबै कर्मचारी र मजदुरलाई अनिवार्य ९प्यान दर्ता गरी बैंकमार्फत तलब भुक्तानी गर्ने व्यवस्था लघु, घरेलु तथा साना उद्योगमा तत्काल लागू गर्ने अवस्था नरहेको महासंघले जनाएको छ।

आजकोे अन्नपुर्ण पोष्ट दैनकिमा खबर छ – साथै सामजिक सुरक्षा कोषको व्यवस्था पनि पहिले ठूला र मझौला उद्योगमा लागू गरी त्यसको व्यावहारिक अनुभवबाट मात्र क्रमशः लघु, घरेलु तथा साना उद्योगमा लागू गर्न श्रम मन्त्रालय र निजी क्षेत्रबीच मौखिक सहमति भएको पुष्ठभुमिमा यस्ता उद्योगमा काम गर्ने कर्मचारी र मजदुरलाई प्यान दर्ता गर्ने प्रयोजनको तयारीका लागि ६ महिना अवधि उपलब्ध गराउन महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले आग्रह गरे।

आन्तरिक ढुवानीमा गरेको कामतर्फ २०७६र७७ देखि लागू गर्न खोजिएको मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली ९भीसीटीएस० र ढुवानीमा मूल्य अभिवृद्धि कर लगाउने व्यवस्थाले लघु, घरेलु तथा साना उद्योगका कच्चापदार्थ र उत्पादनको ढुवानी ओसार र पोसारमा प्रतिकुल प्रभाव पारी त्यसको उत्पादन प्रणालीलाई नै तहसनहस पार्ने हुँदा मुलुककै आपूर्ति व्यवस्था, वैदेशिक निर्यात व्यापार र रोजगारीमा नकारात्मक प्रभाव पर्नेतर्फ महासंघले सरकारको ध्यानाकर्षण गराएको छ।

भीसीटीएसका लागि मोबाइल एप र अनलाइन पोस्टिङ गर्ने जनशक्तिलाई सक्षम बनाउन र भरपर्दो इन्टरनेट सेवा उपलब्ध गराउन समय लाग्ने हुँदा ढुवानीमा मूल्य अभिवृद्धि कर कार्यान्वयनका तयारीका लागि कम्तीमा १ वर्षको समय उपलब्ध गराउन महासंघको आग्रह छ।

मैदा, चिनीलगायत खाद्य पदार्थमा लगाइएको मूल्य अभिवृद्धि करले स्वदेशी खाद्य वस्तुको मूल्य वृद्धि हुन गई साधारण जनताको जनजीवनमा प्रतिकुल प्रभाव पर्ने हुँदा बाढीपहिरो र प्राकृतिक विपत्तीको यस परिस्थितिमा यसलाई स्थगित गर्न महासंघले आग्रह गरेको छ।

साउन ३ गते, २०७६ - ०६:३८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धादिङमा ट्रक पल्टिदा ६ को मृत्यु

काठमाडौ । धादिङको निलकण्ठ नगरपालिका वडानम्बर ८ मैदीभञ्जाङमा मिनि ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु...   

डाक्टरकाे लापरबाहीले सप्तऋषि अस्पतालमा तीन शिशुको मृत्युबारे यस्तो निष्कर्ष

लहान । लहान नगरपालिका–३ स्थित सप्तऋषि अस्पतालमा तीन शिशुको मृत्यु भएको घटनामा डाक्टर र अस्पताल पक्षको...   
कृषिको एक अर्ब अनुदान १० निजी कम्पनीको पोल्टामा

कृषिको एक अर्ब अनुदान १० निजी कम्पनीको पोल्टामा

काठमाडौँ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट १०–१० करोड अनुदान पाउनेमा किसान होइन, नेता...   
कोलकाता बन्दरगाहमा रोकिएको अवैध छाला फिर्ता ल्याएर  छानविन अघि बढाउने

कोलकाता बन्दरगाहमा रोकिएको अवैध छाला फिर्ता ल्याएर छानविन अघि बढाउने

काठमाडौं । झूटो विवरण पेश गरेर वीरगञ्जबाट छाला पठाइएको ७ महीनापछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले...   

विदेशिनेभन्दा स्वदेशिने रकम बढी

काठमाडौं । भ्रमणबापत नेपालबाट विदेशिने रकमको बढ्दो प्रवृत्ति बदलिएको छ । विगतमा हरेक वर्ष यस्तो रकम...   

उपत्यकाका सडकलाई तीन तहमा प्राथमिकीकरण गरी रुट प्रणाली

काठमाडौं । यातायात व्यवस्था विभागले उपत्यकाका सडकहरूलाई तीन तहमा प्राथमिकीकरण गरी रुट प्रणाली तयार...   

तेस्रोलिंगीको बलात्कारपछि हत्या

काठमाडौं । हेटौंडाकी तेस्रोलिंगी अजिता भुजेलको बलात्कारपछि हत्या भएको बताइएको छ ।आजको नेपाल समाचारपत्र...   

अब तोकिएको मापदण्डमा मात्रै प्रयोगात्मक परीक्षाको अङ्क

काठमाडौं । अबदेखि विद्यालय तहमा तोकिएको मापदण्डका आधारमा मात्र प्रयोगात्मक परीक्षाको अङ्क दिन पाइने...   

अन्नपूर्ण पदयात्रामा हिमपहिरोमा वेपत्ता सातको खोजीमा कठिनाइ

काठमाडौं । अन्नपूर्ण पदयात्राको क्रममा हिमपहिरोमा वेपत्ता भएका चार कोरियन र तीन नेपाली नागरिकलाई...   

रोनाल्डोले लगातार सातौँ लिग खेलमा गोल गरे

एजेन्सी । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले लगातार सातौँ लिग खेलमा गोल गरेपछि साबिक विजेता युभेन्टसले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top