Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

भारतीय राजदूतसँग माेहनबिक्रमकाे भेटबारे मसालले निकाल्याे यस्ताे विज्ञप्ति

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले आफ्ना महामन्त्री मोहनविक्रम सिंह र नेपालका लागि भारतीय राजदूत मञ्जीभसिंह पुरीसँग भेटवार्ता भएको भन्ने समाचारको खण्डन गरेको छ।

बुधबार महामन्त्री सिंह र राजदूत पुरीबीच भेट भएको तस्वीर सार्वजनिक भएपछि मसालले त्यसको खण्डन गरेको हो। मसालले विज्ञप्ति निकालेर प्युठानका कांग्रेस नेता गोविन्द पोखरेलका छोराको बिहेमा राजदूतसँग संयोगवश देखादेख भएको तर कुनै राजनीतिक भेटघाट नभएको भन्दै खण्डन गरेको हो।

बुधबार तस्वीर सार्वजनिक भएपछि सञ्चार माध्यमहरुले सिंह र पुरीको भेटबारे रहस्यमय भेट भएको समाचार सार्वजनिक गरेका थिए। बिहीबार मसालले समाचारको खण्डन गरेको हो। यस्तो छ नेकपा (मसाल) द्वारा जारी विज्ञप्तिको पूर्णपाठ।

कतिपय अनलाइन र पत्रपत्रिकाहरुले समेत नेकपा (मसाल) का महामन्त्री का. मोहन विक्रम सिंह र उहाँकी पत्नी का. दुर्गा पौडेल समेतको भारतीय राजदुतसित ललितपुरको एउटा पार्टी प्यालेसमा दुई घण्टासम्म गोप्य वार्ता भएको भनि समाचार प्रसारित गरेका छन्। का. मोहनविक्रम सिंह र का. दुर्गा पौडेल समेत प्यूठानका कांग्रेसका नेता र प्यूठानको प्रतिनिधिसभाको निर्वाचन क्षेत्रमा का. दुर्गा पौडेलका प्रतिद्वन्द्वी गोविन्द पोख्रेलको छोराको विवाहमा गएको बेलामा त्यहाँ भारतीय राजदुत पनि आएका थिए। कार्यक्रमपछि भर्‍याङतिर जाने बेलामा भर्‍याङको मुखमा का. मोहनविक्रम सिंह र का. दुर्गा पौडेल समेतको भारतीय राजदुतसँग देखाभेट भएको कुरा सत्य हो। त्यो बेला विवाहमा आएका अरु १५–२० जना मानिसहरु पनि थिए। तर, त्यो बेला परस्परमा परिचय गर्ने वा कुराकानी गर्ने समेत कुनै कार्य भएको थिएन।

उक्त सामान्य देखाभेटलाई आधार बनाएर कतिपय अनलाइन र पत्रपत्रिकाले दुई घण्टासम्म राजदुतसँग गोप्य कुराकानी भएको र का. दुर्गा पौडेललाई मन्त्री बनाइदिनका लागि का. मोहनविक्रम सिंहले राजदुतलाई अनुरोध गरेका समाचारहरु कपोलकल्पित र निराधार हुन्। ती अनलाइन वा पत्रपत्रिकाहरुमा उहाँ (का. मोहनविक्रम सिंह) ले पहिले प्रधानमन्त्री ओलीसँग पनि का. दुर्गा पौडेललाई मन्त्री बनाइदिन अनुरोध गरेको, तर ओलीले त्यो कुरा नमानेको भन्ने कुरा पनि उल्लेख गरिएको छ। तर, वास्तविकता यो हो कि ओली प्रधानमन्त्री भएपछि उहाँ (का. मोहनविक्रम) को कहिल्यै भेटघाट नै भएको छैन र मन्त्री बनाउनका लागि अनुरोध गर्ने कुरा त धेरै टाढाको कुरा भयो।

अनलाइन र पत्रिपत्रिकामा आएका उपरोक्त झुट्ठा समाचारहरुले तल्लोस्तरको पीत पत्रकारितालाई नै बताउँछ र हामीले त्यस प्रकारको पीत पत्रकारिताको तीब्र शब्दमा भत्र्सना गर्न चाहन्छौं।

२०७६ साउन २ गते

रामप्रकाश पुरी, प्रवक्ता

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies