Khabar Dabali Logo
  January 21, Tue

मन्त्रिपरिषद्काे निर्णय : विद्यूत बस किन्न साझालाई ३ अर्ब

काठमाडौं । मन्त्रीपरिषद वैठकले विद्युतीय बस खरिद गर्न साझा यातायातलाई ३ अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ । बिहिबार नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रिपरिषदको निर्णय सुनाउँदै सरकारका प्रवक्ता एंव सूचना तथा सञ्चार प्रविधि गोकुल बास्कोटाले सो जानकारी गराएका हुन् ।

सरकारले उपलब्ध गराउने रकम सरकारको शेयरमा रहने गरि दिन लागिएको पनि बास्कोटाले जानकारी दिएका छन् ।

यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू : 
१. गैरकानुनी रूपमा नेपाल बसिरहेका पाँच जना श्रीलंकन नागरिकको दुई लाख पचास हजार रूपैयाँ जरिवाना र ३७ हजार तीन सय ८० अमेरिकी डलर भिसा शुल्क मिनाहा गरी निस्काशन गर्ने निर्णय गरिएको छ ।

२. नेपाल र जर्मनीका परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने सम्बन्धी आशयपत्रमा नेपाल सरकारका तर्फबाट समकक्षी मिलाई हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृति दिइएको छ ।

३. तीन सय थान नयाँ विद्युतीय बस खरिद गर्न भौतिक पूर्वाधार तथा यातायत मन्त्रालयमार्फत साझा यातायत सहकारी संस्था लिमिटेडलाई तीन अर्व रूपैयाँ नेपाल सरकारको शेयर लगानीका रूपमा उपलब्ध गराउने निर्णय गरिएको छ ।

४ . प्रदेशमा हस्तान्तरण भएका १४ वटा सडक डिभिजन कार्यालयलाई सडक विभागको कामसमेत निरन्तर गर्न लगाउने निर्णय गरिएको छ ।

५ . बुटिक विमानस्थल विकास सम्बन्धी कार्यविधि , २०७५ संशोधन गर्ने निर्णय गरिएको छ ।

६ . प्रत्येक प्रदेशका नगरपालिका प्रमुख र उपप्रमुखमध्येबाट कम्तीमा तीनजना महिलासहित सातजनालाई नगर विकास कोष सञ्चालक समितिको सदस्य पदमा मनोनयन गर्ने निर्णय गरिएको छ ।

७ . राष्ट्रिय आवास कम्पनी लिमिटेडको महाप्रवन्धक पदमा श्री नारायणप्रसाद बास्तोलालाई नियुक्त गरिएको छ ।

८ . नेपाल नागरिक उड्यन प्राधिकरणका कर्मचारीहरूको सेवाका शर्त र सुविधा सम्बन्धी ( अठारौं संशोधन नियमावली , २०७६ ) स्वीकृत गरिएको छ ।

साउन २ गते, २०७६ - १७:४५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसदमा अग्निको अग्निपरिक्षा, कस्ता छन् उनका चुनौति ?

संसदमा अग्निको अग्निपरिक्षा, कस्ता छन् उनका चुनौति ?

काठमाडौं । नेपालको राजनीतिमा नाटकिय परिवर्तन नभए माघ १२ गते अग्निप्रसाद सापकोटा प्रतिनिधिसभाको नयाँ...   

कांग्रेसले उपसभामुख पदका लागि ‘कटौरा’ थाप्नु हुँदैन् : धनराज गुरुङ्ग

काठमाडौं । यतिखेर उपसभामुख पद कुन पार्टीले पाउँछ भन्ने पनि चर्चा चलेको छ । सत्तारुढ दलले सभामुख बनाईरहँदा...   
सगरमाथा बेस क्याम्पमा अन्तराष्ट्रिय फेशन शो हुँदै, मोडल्सले–४० डिग्री सेल्सियमा आफ्नो प्रतिभा देखाउने

सगरमाथा बेस क्याम्पमा अन्तराष्ट्रिय फेशन शो हुँदै, मोडल्सले–४० डिग्री सेल्सियमा आफ्नो प्रतिभा देखाउने

काठमाडौं । पर्यावरण संरक्षण र जलवायु परिवर्तनको लागि मानिसहरुलाई जागरुक गराउने उद्देश्य राख्दै सगरमाथा...   
आरबीआईले ल्यायो पैसा पहिचान गर्ने एप, दृष्टिविहिनलाई सहज हुने

आरबीआईले ल्यायो पैसा पहिचान गर्ने एप, दृष्टिविहिनलाई सहज हुने

काठमाडौं । रिजर्ब बैंक अफ इण्डियाले दृष्टिविहिनहरुको लागि ‘मनी’(मोबाइल एडेड नोट आइडेंटिफायर) एप लञ्च...   
अमेरिकी दूतावासमा फेरि रकेट आक्रमण, एक महिनामा तेस्रो हमला

अमेरिकी दूतावासमा फेरि रकेट आक्रमण, एक महिनामा तेस्रो हमला

एजेन्सी। इराकको बग्दादस्थित अमेरिकी दूतावास नजिक फेरि रकेट आक्रमण भएको छ । सोमबार राति अबेर दुतावासको...   
दीपिकाको फिल्म ‘छपाक’ फ्लप, १० दिनमा मुश्किलले ३२ करोडको व्यापार

दीपिकाको फिल्म ‘छपाक’ फ्लप, १० दिनमा मुश्किलले ३२ करोडको व्यापार

काठमाडौं । चर्चित भारतिय अभिनेत्री दीपिका पादुकोणको फिल्म ‘छपाप’ले बक्स अफिसमा अत्यन्तै कमजोर प्रदर्शन...   
डुम्रे र विष्ट प्रकरणबारे नेकपाले जनायो आपत्ति, समाचार अफबाह भएको दाबी

डुम्रे र विष्ट प्रकरणबारे नेकपाले जनायो आपत्ति, समाचार अफबाह भएको दाबी

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आफ्नो पत्रकार संगठन जनपत्रकार संगठन, नेपालबारे...   

एमसीसी प्रकरणबारे महराले मुख खोले, सम्झौतामा डरलाग्दो रणनीति जोडिएको भनाई

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे नेपालमा अहिले निकै विवाद देखिएको छ ।...   
मिडिया काउन्सिल विधेयकमा दण्ड जरिवानासम्बन्धी प्रावधान हटाउने सहमति

मिडिया काउन्सिल विधेयकमा दण्ड जरिवानासम्बन्धी प्रावधान हटाउने सहमति

काठमाडाैं । नेपाल मिडिया काउन्सिल विधेयकमा प्रस्ताव गरिएको दण्ड जरिवानासम्बन्धी प्रावधान हटाउने...   

नेकपाको केन्द्रीय समिति बैठक माघ १५ देखि

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक आगामी माघ १५ गतेदेखि बस्ने...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top