Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

विदेश भ्रमणमा प्रधानमन्त्रीले सके झण्डै १० करोड, कुन मन्त्रिकाे खर्च कति जान्नुहाेस्

काठमाडौं । खर्चमा मितव्यवीताको नारा लिएको केपि शर्मा ओली नेतृत्वको सरकारले ११ महिनाको अवधिमा विदेश भ्रमण शिर्षकमा मात्रै झण्डै २४ करोड रुपैयाँ खर्चिएको छ । अर्थमन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार ०७५को असारदेखि ०७६ को जेठसम्म भ्रमणको नाममा २३ करोड ९ लाख ५५ हजार २ सय ४४ रुपैयाँ खर्च भएको हो ।

प्रधानमन्त्री स्वंयले विदेश भ्रमण शिर्षकमा झण्डै १० करोड रुपैयाँ राज्यकोषबाट खर्चिएका छन् । त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीको खर्च पनि अधिक छ । भण्डारीले ११ महिनाको अवधिमा गरेको विदेश भ्रमणमा मात्रै झण्डै ८ करोड रुपैयाँ खर्चिएकी छिन् ।

चार पटकको विदेश भ्रमणमा प्रधानमन्त्रीले गरे झण्डै १० करोड खर्च
प्रधानमन्त्री केपि शर्मा ओलीले गएको ११ महिनामा मात्रै विदेश भ्रमणका शिर्षकमा झण्डै १० करोड जति खर्चिएका छन् । उनको ११ महिनाको विदेश भ्रमण खर्च मात्रै ९ करोड ८३ लाख १७ हजार १ सय ८९ रुपैयाँ छ । प्रधानमन्त्री केपि शर्मा ओलीले अमेरिकामा भएको संयुक्त राष्ट्रसंघको ७३ औं महाशभा र कोस्टारिका भ्रमणमा मात्रै ४ करोड ३७ लाख ८० हजार ८० रुपैयाँ खर्चेका छन् ।

प्रधानमन्त्री ओलीले भियतनाम र कम्बोडिया भ्रमणको लागि २ करोड १२ लाख ८५ हजार २६ रुपैयाँ र जेनेभा भ्रमणका लागि एक करोड ८१ लाख ३५ हजार ७ सय २६ रुपैयाँ खर्चिएका छन् । चीन भ्रमणका क्रममा पनि एक करोड ५१ लाख १ हजार ४ सय ५७ रुपैयाँ खर्च भएको छ ।

राष्ट्रपतिको चीन भ्रमणमा मात्रै ३ करोड ९ लाख खर्च
११ महिनाको अवधिमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको विदेश भ्रमणमा झण्डै ८ करोड जति खर्च भएको सरकारी तथ्यांकले जनाएको छ । राष्ट्रपति भण्डारीले अमेरिका, चीन, पोल्याण्ड र कतारको भ्रमणका क्रममा ७ करोड ९३ लाख ३८ हजार ४ सय १७ रुपैया खर्चिएकी छिन् । राष्ट्रपति नेतृत्वको नेपाली प्रतिनिधिमण्डलका लागि चीन भ्रमणमा ३ करोड ९ लाख ५५ हजार ६ सय ३३ रुपैयाँ खर्च भएको छ ।

त्यस्तै अमेरिका भ्रमणका लागि एक करोड ६२ लाख १५ हजार ३ सय ४४ रुपैया, पोल्याण्ड भ्रमणका लागि २ करोड १ लाख ४२ हजार ६ सय ६५ रुपैया कतार भ्रमणका लागि एक करोड २० लाख २४ हजार ७ सय ७५ रुपैया खर्च भएको छ ।

कसले गरे कति पटक विदेश भ्रमण ?
प्रधानमन्त्री केपि शर्मा ओली ११ महिनाको अवधिमा ४ पटकजति विदेश भ्रमणमा निस्किएका थिए । ११ महिनाको अवधिमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव सबैभन्दा धेरै ५ पटक विदेश भ्रमणमा गएका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली ४ पटक र स्वास्थ्य मन्त्री उपेन्द्र यादव चार पटक विदेश भ्रमणमा निस्किएका छन् । अर्थमन्त्र युवराज खतिवडा ३ पटक विदेश भ्रमणका गएका थिए ।

कृषिमन्त्री वलदेव शर्मा एक पटक, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट एक पटक, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली चारपटक, वनमन्त्री शक्ति बस्नेत दुई पटक, खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा ३ पटक, सामान्य प्रशासनमन्त्री लालवावु पण्डित दुई पटक, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा दुई पटक, अहिले भूमि व्यवस्था तथा सहकारी मन्त्रीको रुपमा रहेकी पद्मा अर्याल एकपटकर रक्षामन्त्री इश्वर पोखरेलले दुईपटक विदेश भ्रमण गरेको अर्थ मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

कुन मन्त्रीको भ्रमण खर्च कति ?
११ महिनाको अवधिमा उद्योगमन्त्री मातृका यादव ५ पटक विदेश भ्रमण निस्किएका छन् । उनले दुबई, बहराईन, चीन र भारतको भ्रमण गरेका छन् । यादव २ पटक भारत भ्रमणमा निस्किएका थिए । यादवले गरेको विदेश भ्रमणका क्रममा २३ लाख ६७ हजार ७ सय ३९ रुपैयाँ खर्चिएका छन् ।

४ पटक विदेश भ्रमणमा निस्किएका परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीको भ्रमण खर्च अन्यको तुलनामा अधिक छ । मानवअधिकार परिषद्को बैठकमा जेनेभा जाँदा मात्रै ज्ञवालीले झण्डै ४५ लाख रुपैयाँ खर्चिएका थिए । ज्ञवाली दुईपटक अमेरिका र एक/एक पटक जेनेभा र भियनाको भ्रमणमा निस्किएका थिए । चार पटकको भ्रमणका क्रममा मन्त्री ज्ञवालीले एक करोड ३० लाख ८३ हजार ५ सय ९ रुपैयाँ खर्चिएका छन् ।

सञ्चारमन्त्री गोकुल बास्कोटाले दुईपटक युरोप भ्रमण गरेका छन् । उनले दुई पटकको भ्रमणको क्रममा २२ लाख ९ हजार ३ सय ६७ खर्चिएका छन् । कृषिमन्त्री चक्रपाणी खनालले इटाली र भारतको भ्रमणका क्रममा १४ लाख ३८ हजार ९ सय ५४ रुपैयाँ खर्चिएका छन् ।

स्वास्थ्य मन्त्री उपेन्द्र यादवले विदेश भ्रमणको क्रममा २२ लाख ७ हजार १ सय २० खर्चिएका छन् । उनले दुईपटक भारत र एक/एक पटक बेलायत, कजाकस्तान र स्विजरल्याण्डको भ्रमण गरेका थिए । दुबई र चीनको भ्रमण गरेका सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले ९ लाख रुपैयाँ खर्चिएका छन् ।

एक पटक मात्रै भ्रमणमा निस्किएका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्ती गोकर्ण विष्टले २५ लाख १७ हजार भ्रमण खर्च गरेका छन् उनि श्रम सम्मेलनको लागि जेनेभा गएका थिए । त्यस्तै जेनेभा सम्मेलन मै जाँदा महिला बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले १३ लाख ६३ हजार २ सय ७२ रुपैयाँ खर्चिएकी छिन् ।

११ महिनाको अवधिमा खेलकुद मन्त्री जगतबहादुर सुनार अमेरिका, भारत र श्रीलंकाको भ्रमणमा निस्किएका थिए । उनले भ्रमणको बेला राज्यकोषबाट १४ लाख ६६ हजार ७ सय ९६ रुपैयाँ खर्चिएका छन् । यसअघि स्वास्थ्य राज्यमन्त्री बनेकी पद्मा अर्यालले जेनेभा भ्रमणको क्रममा ७ लाख १७ हजार ६ सय ५६ रुपैयाँ खर्चिएकी थिइन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies